झन्डै पाँच लाखको क्रियाशील सदस्यता अद्यावधिक, सिङ्गापुरको विकास मोडलबारे विमर्श
नेपाल । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक कार्य तीव्र पारेको छ । महामन्त्री प्रदीप पौडेलका अनुसार आइतबारसम्ममा झन्डै पाँच लाखले क्रियाशील सदस्यता अद्यावधिक गरेका हुन् ।
उहाँले २०८२ पुस १० गतेभित्र केन्द्रीय डिजिटल प्रणालीमा प्रविष्ट भएकामध्ये पाँच लाखभन्दा बढीले विवरण अद्यावधिक गरेको र जेठ २८ गतेसम्म अद्यावधिक कार्य जारी रहने बताउनुभयो । उहाँले १५ औँ महाधिवेशनलाई लक्षित गरी भइरहेको अद्यावधिक कार्यमा पुराना सदस्यको नवीकरण र नयाँ सदस्यको प्रविष्ट दुवै समावेश गरिएको बताउनुभयो ।
यता, नेपाली कांग्रेसमा सिङ्गापुरको विकास मोडलबारे विमर्श गरिएको छ । सानेपामा भएको ग्रिन टेबलमा सिङ्गापुरका प्रतिष्ठित आर्थिक एवं सार्वजनिक नीति विश्लेषक लियोङ सी हियानले सिङ्गापुरले आर्थिक रूपान्तरण, सुशासन, नवप्रवर्तन, सार्वजनिक सेवा प्रवाह तथा जनकल्याणका क्षेत्रमा हासिल गरेका सफल अभ्यासबारे विस्तृत प्रस...








