कोलोराडोमा सर्वोच्च शिखर सगरमाथा आरोही शेर्पाहरु सम्मानित (फोटो फिचरसहित)
-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । शेर्पा दिवसको उपलक्ष्यमा कोलोराडोमा एक समारोह बिच विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने शेर्पाहरु सम्मानित भएका छन् ।
शेर्पा संघ कोलोराडो र गैर आवासीय नेपाली संघ अमेरिका कोलोराडो च्याप्टरको संयूक्त आयोजना संम्पन्न कार्यक्रममा उनीहरूलाइ सम्मानित गरिएको हो ।
सन् २०२२ जनवरी ५ मा, कोलोराडो राज्यका गभर्नर जरेड पोलिसले एउटा ऐतिहासिक घोषणा गर्दै, हरेक बर्षको जनवरी ५ को दिनलाई कोलोराडोमा शेर्पा दिवसको रूपमा आधिकारिक मान्यता दिएका थिए । यस बिशेष घोषणा कोलोराडो राज्यमा बसोबास गर्ने सगरमाथा र अन्य हिमाल आरोही शेर्पा समुदायको उल्लेखनीय योगदान, उनीहरूको दृढता, साहस, र प्रेरणादायी भूमिकालाई विश्वव्यापी रूपमा सम्मान गर्ने उद्देश्यले गरिएको थियो । यसै ऐतिहासिक उपलब्धिलाई स्मरण गर्दै शेर्पा संघ कोलोराडो र गैर आवासीय नेपाली संघ अमेरिकाको कोलोराडो च्याप्टरले एक विशे...