२८ श्रावण २०८३, बिहीबार

फोटो फिचर

कोलोराडोका दिदीबहिनीहरूले साँस्कृतिक कार्यक्रमसंगै सामुहिकरुपमा खाए तिजको दर

कोलोराडोका दिदीबहिनीहरूले साँस्कृतिक कार्यक्रमसंगै सामुहिकरुपमा खाए तिजको दर

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । महिला दिदीबहिनीहरुको महान चाड तिज नजिकिदै गर्दा कोलोराडो निवासी दिदीबहिनीहरुले बिभिन्न साँस्कृतिक कार्यक्रम गरी शुभकामना आदान प्रदान गर्दै सामुहिक तिजको दर खाएका छन् । प्रवासमा रहेका महिला दिदी बहिनिहरुलाई एक्लो भएको महसुस हुन नदिन र सबै दिदी बहिनी एकै ठाउमा जम्मा भई सुख दुख साटासाट गर्दै माईतीको झल्को मेटाउन कोलोराडो सिष्टर्स ग्रुप दिदी बहिनी समुहले आयोजना गरेको सामुहिक दरखाने कार्यक्रमा उपस्थित भइ शुभकामना आदान प्रदान गर्दै सामुहिक दर खाएका हुन् । कोलोराडो वेष्टमिनिष्टर सिटी स्थित Ultra Lounge मा शनिबार सांझ ५ बजे देखी राती १० बजे सम्म संचालन भएको तिजको दरखाने कार्यक्रममा संघ संस्थाका प्रतिनिधी बुद्धीजिवी, अभियान्ता, गन्यमान्य, समाजसेवी, ब्यवसायी संचारकर्मि तथा नेपालीभाषी बुबाआमा , दिदीबहिनी दाजुभाईहरुको बाक्लो उपस्थिती रहेको थियो । प्रवासमा हाम्रो...
कोलोराडोमा विभिन्न कार्यक्रमसंगै समर पिकनिक सम्पन्न (फोटो फिचरसहित)

कोलोराडोमा विभिन्न कार्यक्रमसंगै समर पिकनिक सम्पन्न (फोटो फिचरसहित)

-नातिबाबु भट्ट (अमेरीका, कोलोराडो) । कोलोराडोमा रहेका नेपालीभाषीहरु बिच भेटघाट र एक आपसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले आयोजना गरिएको समर पिकनिक विभिन्न कार्यक्रमसंगै आइतबार सम्पन्न भयो । रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजनामा नर्थग्लेन स्थित रमणीय पार्कमा आइतबार दिउसो ३ बजे देखी ८ बजेसम्म आयोजित पीकनिक कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, बुद्धीजिवी, समाजसेवी, साना बाल बालिका, कलाकार, व्यवसायी ,पत्रकार, गन्यमान्य तथा नेपालीभाषी बाआमा, दाजुभाइ, दिदीबहिनीहरुको उपस्थिती रहेको थियो । त्यस्तैगरी पिकनिक कार्यक्रमलाई थप मनोरञ्जनका साथै सबैलाई सकृय सहभागिता गराउन बाल बालिकाहरका लागी कोक फेन्टा स्प्राइड खेल, सहभागी सबैकालागी कुइच, बिंगो, राफल चिट्टा लगाएतका बिभिन्न खेल खेलाइको थियो । खेलकुद प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने बिजयी प्रतियोगीहरुलाई आयोजक संस्थाका अध...
कोलोराडोमा नेपाली जनसम्पर्क समितिद्धारा समर पिकनिक सम्पन्न (फोटो फिचरसहित)

कोलोराडोमा नेपाली जनसम्पर्क समितिद्धारा समर पिकनिक सम्पन्न (फोटो फिचरसहित)

-नातिबाबु भट्ट (कोलोराडो) । कोलोराडोमा रहेका नेपालीभाषीहरु बिच भेटघाट , एक आफसमा समन्वय तथा सद्भाब बढाउने उद्धेश्यले नेपाली जनसम्पर्क समिती कोलोराडो च्याप्टरद्धारा आयोजना गरिएको समर पिकनिक शनिवार सम्पन्न भयो । कोलोराडोको ब्रुमफिल स्थित कम्यूनिटी पार्कमा सम्पन्न पिकनिक कार्यक्रममा बिभिन्न संघ संस्थाका पदाधिकारी, बुद्धिजिवी, गन्यमान्य, कलाकार, व्यवसायी, तथा नेपालीभाषी बुबाआमा, दाजुभाइ, दिदी बहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाली जनसम्पर्क समिती अमेरिकाका केन्द्रिय सदस्य कुमारजंग कार्कि पूर्व उपाध्यक्ष धर्मराज श्रेष्ठ, पूर्व केन्द्रिय सदस्य गोबिन्द लम्साल, नेपाली घरका अध्यक्ष गंगा चौलागाइ, रकी माउन्टेण्ड फ्रेन्स अफ नेपालका अध्यक्ष हरि गुरुङ लगायत कोलोराडोमा सकृय बिभिन्न संघ संस्था पदाधिकारी तथा पूर्व पदाधिकारी, आयोजक संस्थाका पदाधिकारी लगायतका महानुभावहरुको सहभागीता रहेक...
तमु प्ये ल्हु अमेरिकाको अध्यक्षमा सन्तोष गुरूङ, १२औं  बार्षिक उत्सव तथा चौथो अधिवेशन सम्पन्न

तमु प्ये ल्हु अमेरिकाको अध्यक्षमा सन्तोष गुरूङ, १२औं बार्षिक उत्सव तथा चौथो अधिवेशन सम्पन्न

-नातिबाब भट्ट (कोलोराडो, अमेरीका) । तमु प्ये ल्हु अमेरिकाको अध्यक्षमा सन्तोष गुरूङ चयन भएका छन् । संस्थाले सर्वसम्मत तरिकाबाट ११ सदस्सिय नयाँ कार्यसमिती चयन , तमु स्मारिका प्रकाशन गर्दै १२औ बार्षिक उत्सव तथा चौथो अधिवेशन भब्यताका साथ सम्पन्न गरेको हो । अमेरिकाको लागी नेपालीका कार्यवाहाक राजदुत शरदराज आरनको प्रमुख आतिथ्य तथा बोल्डर सहरका मेयर आरोन ब्रकेट, माइकल डफर्टी जिल्ला सरकारी वकिल (District Attorney) जेन काउस सुपेरियर, कोलोराडो नगर परिषद् सदस्य, नारायण श्रेष्ठ अध्यक्ष, हेल्पिङ ह्यान्ड्स हेल्थ एन्ड एजुकेसन नेपाल, चन्द्र गुरुङ अध्यक्ष, एनआरएनए कोलोराडो च्याप्टर, आरसी पन्त महासचिव, एनआरएनए एनसीसी अमेरिका, प्रकाश पौडेल युवा उपाध्यक्ष, एनआरएनए एनसीसी अमेरिका, डा.गोपाल तामाङको बिशेष आतिथ्यमा सम्पन्न भएको हो । मातृभुमी नेपाल तथा कर्मभुमी अमेरीकाको राष्ट्रिय गान बजाएर तथा कार्यक्रमका प्रमुख...
नेपाली घरका नवनिर्वाचित पदाधिकारीहरूको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

नेपाली घरका नवनिर्वाचित पदाधिकारीहरूको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

-नातिबाब भट्ट (कोलोराडो, अमेरीका) । कोलोराडोस्थित नेपालीभाषी समुदायको साझा आस्था, पहिचान र गौरवको केन्द्र नेपाली घर (Nepal America Sociocultural Exchange Society) मा नवनिर्वाचीत पदाधिकारीहरूलाइ पद हस्तान्तरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। मातृभूमि नेपाल र कर्मभूमि अमेरिकाको राष्ट्रीयगान पछि अगाडी बढेको कार्यक्रममा निर्वाचन समितिका सदस्य भुषणलाल श्रेष्ठले निर्विरोध निर्वाचित पदाधिकारीहरुको नाम घोषणा गरी प्रमाण पत्र प्रदान गरेका थिए । कार्यक्रममा निवर्तमान अध्यक्ष बसन्त लम्सालले नवनिर्वाचित अध्यक्ष गंगा चौलागाईंलाई संस्थाको नेतृत्व तथा सम्पूर्ण जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । कार्यक्रममा विभिन्न सामाजिक, सांस्कृतिक तथा पेशागत संघ–संस्थाका अध्यक्ष, प्रतिनिधि र समुदायका अग्रज व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले नेपाली घरलाई ऋणमुक्त ब...
कोलोराडोमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस भव्यरूपमा सम्पन्न (फोटो फिचरसहित)

कोलोराडोमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस भव्यरूपमा सम्पन्न (फोटो फिचरसहित)

-नातिबाबु (कोलोराडो, अमेरीका) । अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२६ शुभ अवसरमा कोलोराडोमा एक औपचारिक कार्यक्रम आयोजना गरी भब्य रूपमा मनाइएको छ । नेपालका महावाणिज्यदूत सुरेश अधिकारीको प्रमुख आतिथ्यमा शेर्पा संघ कोलोराडो र डलासस्थित नेपालको महावाणिज्यदूतावासको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२६ भव्य रूपमा मनाइएको भएको हो । वेस्टमिन्स्टर स्थित नेपाली साँस्कृतिक केन्द्र घरको एभरेष्ट हलमा आयोजित कार्यक्रममा नेपाली समुदाय, स्थानीय जनप्रतिनिधि, विशिष्ट अतिथि, हिमाल आरोही, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नेपाल र संयुक्त राज्य अमेरिकाको राष्ट्रिय गानबाट प्रारम्भ गरिएको कार्यक्रमको सञ्चालन पासाङ शेर्पाले गरेका थिए । उनले सगरमाथा केवल विश्वको सर्वोच्च शिखर मात्र नभई नेपालको राष्ट्रिय गौरव, साहस, एकता, आशा तथा नेपाली पहिचानको प्रतीक...
नौ बुँदे घोषणापत्र जारी गर्दै कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न (फोटो फिचरसहित)

नौ बुँदे घोषणापत्र जारी गर्दै कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न (फोटो फिचरसहित)

९ जना महिला साहित्यकारलाई अनेसास नवरत्न साहित्य सम्मान -नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नौ बुँदे घोषणापत्र जारी गर्दै अमेरिकाको कोलोराडोमा आयोजित तीन दिने नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको मुख्य आयोजना र अनेसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोको वेष्टमिनिस्टरस्थित होटल ड्ररीमा शनिबारदेखि सुरु भएको तीन दिने वृह्त अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सोमबार ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको हो । घोषणापत्रमा विश्व साहित्यमा नेपाली साहित्यको प्रवर्द्धन लगायतका गतिविधि समेटेर वार्षिक रुपमा जर्नल प्रकाशित गर्ने, युवा लेखकलाई प्रोत्साहनका लागि अनेसास लेखवृत्ति प्रदान गर्ने, प्रकासोन्मुख पाण्डुलिपी सम्पादनका लागि विज्ञ लेखक उपलब्ध गराउने, बालबालिकालाई लेखनमा प्रोत्साहन...
कोलोराडोको बोल्डर सहरमा २३औँ नेपाल डे परेड बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न

कोलोराडोको बोल्डर सहरमा २३औँ नेपाल डे परेड बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका ) । अमेरिकाको कोलोराडोमा २३ औँ संस्करणको नेपाल डे परेड २०२६ भव्य रुपमा सम्पन्न भएको छ । सन् २००४ देखि कोलोराडोको बोल्डर सहरमा आयोजना हुँदै आएको ‘नेपाल डे परेड’को २३ औँ संस्करण शनिबार भव्य रुपमा सम्पन्न भएको हो । रक्की माउन्टेन फ्रेण्ड्स अफ नेपाल आरएमएफएन को मुख्य आयोजनामा भएको नेपाल डे परेडमा सहभागीहरुले नेपाल र अमेरिकाको झण्डा फहराउँदै नेपाली पोशाकसहित विभिन्न जातजातीका भेषभुषामा मौलिक नेपाली बाजा बजाएर बोल्डर सहर परिक्रमा गरेका संस्थाका युवा संयोजक तथा कार्यक्रम सञ्चालक विष्णु विवेकले जानकारी दिएका छन् । एनआरएनए अमेरिका र हेल्पिङ ह्यान्ड्स हेल्थ एण्ड एजुकेसन संस्थाले सहयोग गरेको कार्यक्रममा बोल्डर सहरका मेयर आरोन ब्रकेट, संस्थापक नारायण श्रेष्ठ, आरएमएफएनका अध्यक्ष आकृति राई, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बोर्ड अफ ट्रस्टी सभापति पदम विश्वकर्मा ...
कोलोराडोमा नयांवर्ष विशेष शुभकामना सांस्कृतिक सांझ भव्यताका साथ सम्पन्न (फोटो फिचरसहित)

कोलोराडोमा नयांवर्ष विशेष शुभकामना सांस्कृतिक सांझ भव्यताका साथ सम्पन्न (फोटो फिचरसहित)

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडो निवासी नेपालीभाषी समुदायले लोकगायक धर्मेन्द्र सेवान को उपस्थितीमा एक भब्य शुभकामना सांस्कृतिक सांझ कार्यक्रमको आयोजनागरी नयांबर्ष २०८३ को शुभकामना आदान प्रदान गरेका छन् । नेपालीहरुको साझा संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालले आयोजना गरेको शुभकामना सांझमा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् । कार्यक्रममा कोलोराडोमा बसोबास गर्ने नेपालीभाषीहरुको बाक्लो उपस्थिती रहेको थियो । शनिवार सांझ नेपाली सास्कृतिक केन्द्र नेपाली घरमा सम्पन्न भएको कार्यक्रममा सहभागी हुन कतीपय नेपालीहरु दौरा सुरुवाल, ढाका टोपी, गुन्यू चोली लगाएर आएका थिए भने, केही आफ्नो जातीय भेष भूषा झल्कने पहिरहन लगाएर आएका थिए । नेपाल र अमेरीकाको राष्ट्रिय गान गाएर सुरूगरिएको शुभकामना सांझको पहिलो सत्र प्रमुख अतिथि एवं संस्थाका पूर्वअध्यक्ष बिनोद त्रिपाठी तथा का...
कोलोराडोमा नेपाली घरद्वारा दाता सम्मान कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)

कोलोराडोमा नेपाली घरद्वारा दाता सम्मान कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडो स्थित नेपाली समुदायको साझा संस्था “नेपाली घर” ले एक समारोह बिच भव्यताकासाथ दाता सम्मान(Donor Appreciation Program) कार्यक्रम सम्पन्न गरेको छ । नेपाली घर समुदायकै भर भन्ने अभियान लिएर अगाडी बढिरहेको संस्थाले दीर्घकालीन विकास तथा विविध गतिविधिमा महत्वपूर्ण योगदान पुर्‍याउने सम्पूर्ण दाताहरूप्रति कृतज्ञता प्रकट गर्ने उद्देश्यले दाता सम्मान कार्यक्रम सम्पन्न गरेको हो । नेपाली घरले विगतदेखि नै समुदायमा सामाजिक, सांस्कृतिक तथा शैक्षिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ । यस यात्रामा दाताहरूको अमूल्य योगदान रहेको संस्थाले उल्लेख गरेको छ । यही योगदानप्रति सम्मान व्यक्त गर्दै, आगामी दिनहरूमा अझ सशक्त सहकार्यको आधार निर्माण गर्ने लक्ष्यसहित सम्मान कार्यक्रम आयोजना गरिएको बताइएको छ । नेपाली साँस्कृतिक केन्द्र नेपाली घरमा शनिवार सम्पन्न कार्यक्रम नेपाल र अ...