३० भाद्र २०८३, मंगलवार

अन्तर्वार्ता/विचार

रामराजाप्रसाद सिंह : राजनीति र स्वाभिमानको पाठदेखि गणतन्त्रको जनअपेक्षासम्म

रामराजाप्रसाद सिंह : राजनीति र स्वाभिमानको पाठदेखि गणतन्त्रको जनअपेक्षासम्म

-प्रेमचन्द्र झा- गणतन्त्रका प्रणेता तथा जनतान्त्रिक आन्दोलनका अग्रणी नेता रामराजाप्रसाद सिंहको १४औँ पुण्यतिथि केवल एउटा राजनीतिक व्यक्तित्वलाई सम्झने औपचारिक अवसर होइन। यो नेपालको राजनीतिक यात्रालाई पछाडि फर्केर हेर्ने, गणतन्त्रका लागि गरिएको संघर्षको अर्थ खोज्ने र आजको गणतान्त्रिक व्यवस्थाले जनतालाई के दियो तथा अझै के दिन बाँकी छ भन्ने प्रश्न गर्ने महत्वपूर्ण अवसर पनि हो। रामराजाप्रसाद सिंहको राजनीतिक जीवन त्याग, साहस, विद्रोह, स्वाभिमान र वैचारिक अडानको इतिहास हो। राजतन्त्र बलियो रहेको समयमा गणतन्त्रको कल्पना गर्नु आफैंमा असाधारण राजनीतिक साहस थियो। त्यसका लागि जेल, निर्वासन र मृत्युदण्डसम्मको जोखिम उठाउनु सामान्य राजनीतिक निर्णय थिएन। उहाँको राजनीतिक यात्राको मूल विशेषता सत्ता प्राप्तिको लालसा भन्दा राजनीतिक उद्देश्यप्रतिको निष्ठा थियो। आज उहाँको पुण्यतिथिमा सबैभन्दा महत्वपूर्ण प्रश्...
तीजदेखि ऋषिपञ्चमीसम्म स् परम्परा, चेतना र परिवर्तनको यात्रा

तीजदेखि ऋषिपञ्चमीसम्म स् परम्परा, चेतना र परिवर्तनको यात्रा

–क्षितिज विक्रम खनाल– नेपाली समाजमा हरितालिका तीज केवल एउटा धार्मिक पर्व मात्र होइन, यो नारी जीवनको आध्यात्मिक, सामाजिक र सांस्कृतिक आयामसँग गहिरो रूपमा जोडिएको जीवन्त परम्परा हो । तीज आउँदा रातो पहिरन, पूजा, व्रत, गीत, नाचगान, माइतीको सम्झना र भेटघाटले नेपाली समाजमा छुट्टै उत्साह ल्याउँछ । तर तीजको वास्तविक अर्थ बाहिरी प्रदर्शन र रमझममा मात्र सीमित छैन । यो महिलाहरूले आफ्ना भावना व्यक्त गर्ने, सुख–दुःख साटासाट गर्ने, पारिवारिक सम्बन्धलाई आत्मीय बनाउने र आफ्नो आत्मबल तथा पहिचानलाई अनुभूति गर्ने अवसर पनि हो । त्यसैले तीजलाई केवल एउटा पर्वका रूपमा होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको हाम्रो सामाजिक स्मृति, सांस्कृतिक पहिचान र जीवनदर्शनका रूपमा बुझ्नु आवश्यक छ । हरितालिका तीजको पौराणिक कथा देवी पार्वतीको तपस्या, दृढ संकल्प र भगवान शिवप्रतिको अटल समर्पणसँग जोडिएको छ । पौराणिक परम्पराअनुस...
त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ !

त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ !

-अच्युतकृष्ण शरण- आज बाको मुख हेर्ने दिन .... धेरै सन्तानले आज बाबुको अनुहार हेर्लान्, मिठाई खुवाउलान्, नयाँ कपडा फेरिदेलान् र खुट्टा ढोगेर आशीर्वाद लेलान् । सामाजिक सञ्जालमा बाबुसँगको मुस्कुराउँदो तस्बिर पोस्ट गर्दै प्रेम, सम्मान र कृतज्ञताका शब्दहरू पनि पोखिएलान् । तर, यो पर्व मनाउँदै गर्दा आज हामीले आफैसँग एउटा असहज र गम्भीर प्रश्नको जवाफ माग्नुपर्ने समय आएको छ । हामीले बाको अनुहार मात्र हेरिरहेका छौँ ? कि उहाँको जीवन पनि पढिरहेका छौँ ? के हामीले उहाँका आँखामा कहिल्यै श्रद्धा र भावपुर्वक ध्यान दिएर हेरेका छौँ ? त्यहाँ हामीलाई पढाउन, बढाउन, हुर्काउन र हाम्रा सपना पूरा गराउन आफ्ना कयौँ सपना र इच्छाको तिलाञ्जली दिँदै बिताएका दशकौँको संघर्ष लुकेको छ । हाम्रो भविष्यका लागि उहाँले बगाएको रगत र पसिना, सहनुभएको अभाव र भोग्नुभएको पीडा छ । के हामीले कहिल्यै यसको महसुस गरेका छौँ ...
नेपालको जेनजी आन्दोलन र यसको दूरगामी प्रभाव

नेपालको जेनजी आन्दोलन र यसको दूरगामी प्रभाव

-टीका पौडेल (इरी, कोलोराडो)- नेपालको जेनजी आन्दोलनलाई केवल सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध भएको युवाको प्रदर्शनका रूपमा बुझ्नु अपूर्ण हुन्छ। यो आन्दोलन लामो समयदेखि नेपाली समाजमा बढ्दै आएको राजनीतिक निराशा, भ्रष्टाचार, बेरोजगारी, अवसरको असमानता, राजनीतिक संरक्षणवाद र पुरानो नेतृत्वप्रतिको अविश्वासको सामूहिक अभिव्यक्ति थियो। सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्कालीन चिंगारी बने पनि त्यसले भित्रभित्रै सञ्चित असन्तुष्टिलाई सडकमा ल्याइदियो। आन्दोलन देशभर फैलिँदै गएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भयो। यस आन्दोलनको पहिलो महत्वपूर्ण पक्ष राजनीतिक पुस्तान्तरणको संकेत हो। लामो समयदेखि नेपालको राजनीति केही स्थापित नेताहरू र परम्परागत राजनीतिक दलको वरिपरि घुम्दै आएको थियो। तर जेनजी पुस्ताले आफूलाई केवल मतदाता होइन, राज्य सञ्चालन र राजनीतिक निर्णय प्...
मेरो त बोली नै मिठो छ, सुगर भएर त हैन?

मेरो त बोली नै मिठो छ, सुगर भएर त हैन?

-आर सि पन्त (कोलोराडो, अमेरिका)- एकदिन डाक्टरको किल्निकमा A1C चेकगरेपछि “तिम्रो त सुगर घटेको छैन त यो ३ महिनामा?” भन्दा मेरो मुखबाट फ्याट जवाफ निस्किहाल्यो र भनिपनि हाले पनि - “ त्यै भएर रहेछ सबैले मेरो बोली मिठो छ भनेका डाक्टर” ! २/४ सेकेन्ड एकएर्कालाई हेर्दै हासियो पनि तर त्यो हासो भित्र लुकेका अरू धेरै नै पिडाहरू त थिदै थिए। जब म कहिलेकॉहि भेटघाट पार्टि तिर जाँदा, केही कुराकानी सुन्छु "कोक त पानीभन्दा सस्तो छ यार, बियर त जुसभन्दा नि सस्तो! पानी किन खाने त बेकारमा?" यसो सुनेर मलाई लाग्छ, लौ यता पनि मेरो १५ बर्ष अधिको सोचाई भएको मान्छे भेटियो! सबैको दिमागमा जस्तै मेरो दिमाग पनि तुरुन्तै यो त सरकारकै योजना त हैन ? जनतालाई पानीबाट टाढा राखेर, कोकाकोला र बियरमा लठ्याएर, अन्तिममा सबैलाई सुगरको बिल पठाउने ? यो त पुरै "टु-स्टेप बिजनेस मोडेल" रहेछ नि! औषधि कम्पनी, बिमा कम्पनी र सरकारको मास्टर ...
नेपालका लाखौँ सन्तान विदेशमा छन्, तर किन उनीहरूलाई ‘पराइ’ ठानिन्छ ?

नेपालका लाखौँ सन्तान विदेशमा छन्, तर किन उनीहरूलाई ‘पराइ’ ठानिन्छ ?

-आर सि पन्त (महासचिव, गैरआवासिय नेपाली संघ अमेरिका) - म सन् २००६ मा नेपालको (६२/६३) को राजनीतिक उथलपुथल वा जनआन्दोलन पछि अमेरिका आएँ । म नेपाल छोड्ने पहिलो व्यक्ति थिइनँ, र निश्चित रूपमा अन्तिम पनि हुने छैन । म भन्दा अगाडि हजारौँ नेपालीले शिक्षा, सुरक्षा, अवसर र राम्रो भविष्यको खोजीमा देश छोडेका थिए । म पछि पनि हजारौँ त्यसरी नै जानेछन् । हामी नेपाल छोड्दा केवल सपना बोकेर आउँदैनौँ, हामीसँग एउटा यस्तो कुरा पनि हुन्छ, जुन देखिँदैन, भन्न सकिदैन, आफू जन्मिएको देशको पहिचान । तर राम्रो अवसर र राम्रो जीवन बनाउने यात्रामा हिँड्दै गर्दा आज कहिलेकाहीँ म आफ्नै भविष्यबारे सोच्न थालेको छु । म नेपाली भएर जन्मिएँ । यो मेरो रोजाइ थिएन । यो मेरो सुरुवात थियो । तर यदि मैले अर्को देशको नागरिकता लिएँ, आफ्नो जीवनको अधिकांश समय अर्को देशमा बिताएँ र त्यही समाज निर्माणमा दशकौँ योगदान गरेँ भने के म एक दिन आफ्नै ज...
११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन-आरोहण २०२६ (ग्वाङझाउ घोषणापत्र)

११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन-आरोहण २०२६ (ग्वाङझाउ घोषणापत्र)

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन “आरोहण २०२६ – Rising Together, Leading Forward” चीनको ग्वाङझाउमा १४ देखि १६ अगस्ट २०२६ सम्म सम्पन्न भयो। सम्मेलनको उद्घघाटन समारोहमा प्रतिनिधिसभाका विपक्षी दलका नेता तथा नेपाली कांग्रेसका संसदीय दलका नेता माननीय भीष्मराज आङ्देम्बे प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। विशेष अतिथिका रूपमा माननीय बासना थापा, (नेपाली कांग्रेस प्रमुख सचेतक) माननीय ऐनबहादुर महर, (नेकपा (एमाले) प्रमुख सचेतक) माननीय युवराज दुलाल, (नेपाली कम्युनिष्ट पार्टी प्रमुख सचेतक) माननीय आरेन राई, (श्रम संस्कृति पार्टी प्रमुख सचेतक) माननीय खुश्बू ओली, (राष्ट्रिय प्रजातन्त्र पार्टी प्रमुख सचेतक) माननीय मनिष झा, (राष्ट्रिय स्वतन्त्र पार्टी) माननीय जगदीश खरेल, (सांसद तथा पूर्वमन्त्री) माननीय सोम शर्मा, (राष्ट्रिय स्वतन्त्र पार्टी) माननीय खगेन्द्र सुन...
१७औँ एनआरएनए युरोप क्षेत्रीय सम्मेलन-संकल्प २०२६ (डब्लिन घोषणापत्र)

१७औँ एनआरएनए युरोप क्षेत्रीय सम्मेलन-संकल्प २०२६ (डब्लिन घोषणापत्र)

डब्लिन घोषणापत्र–२०२६ १७औँ एनआरएनए युरोप क्षेत्रीय सम्मेलन –संकल्प १०–११ अगस्ट २०२६ “पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता” United by Identity, Driven by Investment, Committed to Prosperity गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन १०–११ अगस्ट २०२६ मा आयरल्याण्डको राजधानी डब्लिनमा “पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता” भन्ने मूल नाराका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता तथा प्रतिनिधिसभा सदस्य माननीय गणेश पराजुलीको प्रमुख आतिथ्यमा सफलतापूर्वक सम्पन्न भयो। नेपाल सरकारका तर्फबाट माननीय परराष्ट्रमन्त्री शिशिर खनाल र एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो तथा भर्चुअल माध्यमबाट सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो। सम्मेलनमा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडी, परराष्ट्र मन्त्रालयअन्त...
देशको समृद्धि नाराले होइन, नागरिकको अनुहारमा देखिने मुस्कानले मापन हुन्छ

देशको समृद्धि नाराले होइन, नागरिकको अनुहारमा देखिने मुस्कानले मापन हुन्छ

-प्रेमचन्द्र झा- देशको अवस्था केवल आर्थिक वृद्धिदर, विदेशी मुद्रा सञ्चिति वा बजेट खर्चको प्रतिशतले मात्र मापन हुँदैन। कुनै पनि राष्ट्रको वास्तविक अवस्था त्यहाँका नागरिकले आफ्नो दैनिक जीवनमा भोगिरहेका कठिनाइले निर्धारण गर्छ। जब एउटा बिरामी उपचारका लागि अस्पताल पुग्दा औषधिभन्दा पहिले घण्टौँ लाइनमा उभिन बाध्य हुन्छ, एउटा युवाले पासपोर्ट बनाउन दिनौँसम्म पालो कुर्नुपर्छ, एउटा गृहिणी ग्यासको अभावमा चिन्तित हुन्छिन्, किसानले मल नपाएर खेत बाँझै राख्नुपर्छ, सिँचाइ नपाएर बाली सुक्छ, बत्ती पटक–पटक जाने समस्याले उद्योगदेखि घरपरिवारसम्म प्रभावित हुन्छन्, सुकुम्बासी आफ्नो बसोबासको भविष्यबारे अन्योलमा बाँचिरहेका हुन्छन्, विद्यालय शिक्षा दिनप्रतिदिन महँगो बन्दै जान्छ र प्रत्येक महिनाको विद्युत् महसुलले परिवारको बजेट हल्लाइदिन्छ भने त्यस्तो अवस्थालाई सामान्य भन्न सकिँदैन। यही यथार्थ नेपाली जनताले वर्षौँद...
धैर्यता र संयमता अपनाउन प्रधानमन्त्री शाहको अपिल

धैर्यता र संयमता अपनाउन प्रधानमन्त्री शाहको अपिल

नेपाल । साउन १४ गते प्रधानमन्त्री वालेन्द्र शाहले देशवासीका सम्बोधन गर्नुभएको छ । कोशी प्रदेशको सुनसरीसहित मधेशमा भइरहेका पछिल्ला घटनाक्रम, देशको शान्ति–सुरक्षाको स्थिति तथा समसामयिक विषयवस्तुका बारेमा प्रधानमन्त्री शाहले सम्बोधन गर्नुभएको हो । प्रधानमन्त्री शाहको सम्बोधनको पूर्णपाठः आदरणीय बुबाआमा, दिदीबहिनी तथा दाजुभाइहरू, म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईंहरूसामु उपस्थित भएको छु। १) केही दिनअघि सुनसरीको देवानगन्ज, सिरहा लगायत स्थानमा भएका दुःखद घटना र त्यसपछि केही जिल्लाहरूमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ। यस दुःखद घटनामा परी निधन हुनुभएका हाम्रा नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, शोकसन्तप्त परिवारजनहरूमा नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु। २)...