३ आश्विन २०८३, शनिबार

कोलोराडो विशेष/अमेरिका

कोलोराडोस्थित रिभाइभ मेडिकल वेलनेस अब आफ्नै भवनमा

कोलोराडोस्थित रिभाइभ मेडिकल वेलनेस अब आफ्नै भवनमा

कोलोराडो । रिभाइभ मेडिकल वेलनेस (www.revivemedicalwellness.net) आफ्नै भवनमा सञ्चालनमा आएको छ । रिजेनेरेटिभ तथा एस्थेटिक मेडिसिन विशेषज्ञ डा. शारदा काफ्ले त्रिपाठीले सन् २०२४ फेब्रुअरी २ मा कोलोराडोको नर्थग्लेनमा भाडाको घरमा सञ्चालनमा ल्याएको रिभाईभ मेडिकल वेलनेस मंगलवारदेखि आफ्नै भवनमा सञ्चालनमा आएको चीफ फाईन्सियल अफिसर विकाश त्रिपाठी बताउनु भयो । डा. त्रिपाठी, वेलनेसका चीफ फाईन्सियल अफिसर विकाश त्रिपाठी, नर्थग्लेनकी काउन्सिल सदस्य क्याथरिन गोफ, आर्थिक विकास निर्देशक एलिसन मोडिङ, आर्थिक विकास संयोजक क्रिस्टी ‘सीसी’ चेम्बर्स र आर्थिक विकास विशेषज्ञ मारिसा फिलिप्सलगायत विशिष्ट अतिथिहरूले संयुक्त रूपमा क्लिनिकको उद्घाटन गर्नु भएका् हो । समारोहमा डा. त्रिपाठीले स्वास्थ्यप्रति समयमै सचेत हुनुपर्नेमा जोड दिँदै उनले अस्वस्थ भएपछि मात्र उपचार खोज्नुभन्दा नियमित स्वास्थ्य परीक्षण र सुरुदेखि नै आ...
तीजलाई मानवीय सेवामा जोड्दै कोलोराडोबाट टुकी इभेन्ट्सले पठायो १३ लाख रुपैयाँ राहत

तीजलाई मानवीय सेवामा जोड्दै कोलोराडोबाट टुकी इभेन्ट्सले पठायो १३ लाख रुपैयाँ राहत

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट ठूलो मानवीय र भौतिक क्षति भएपछि अमेरिकाको कोलोराडोमा रहेको टुकी इभेन्ट्सले यस वर्षको तीज कार्यक्रमलाई मनोरञ्जनसँगै मानवीय सेवामा जोड्दै राहत संकलन अभियान चलाइ १३ लाख रूपयाँ नेपाल पठाएको छ । हरेक वर्ष नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजका अवसरमा कार्यक्रम आयोजना गर्दै आएको टुकी इभेन्ट्सले यसपटक भने नेपालमा आएको विपत्तिलाई मध्यनजर गर्दै कार्यक्रमबाट प्राप्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । १८ वर्षभन्दा माथिका महिला दिदीबहीनीहरूका लागि लक्षित गरी सेप्टेम्बर ५ मा वेस्टमिन्स्टरस्थित अल्ट्रा लाउन्जमा आयोजना गरिएको ‘टुकी तीज–४ फर नेपाल’ कार्यक्रममा टिकट बिक्री तथा विभिन्न प्रायोजकबाट प्राप्त सहयोगसहित करिब १३ लाख नेपाली रुपैयाँ राहत कोषमा जम्मा गरिएको बताइएको छ । नेपालम...
विश्वशान्तिको कामना गर्दै कोलोराडोमा किरात समाजद्वारा त्रिदिवसीय अष्टहवन सेवा आयोजित

विश्वशान्तिको कामना गर्दै कोलोराडोमा किरात समाजद्वारा त्रिदिवसीय अष्टहवन सेवा आयोजित

-हेम गिरी (कोलोराडो, अमेरिका) । विश्वमा बढ्दै गइरहेको अशान्ति र संकटको निवारण गरी मानव एकता, आपसी सद्भाव र ब्रह्माण्डका सम्पूर्ण जीवित प्राणीहरूको कल्याणको पवित्र उद्देश्यका साथ अमेरिकाको कोलोराडोमा एक विशेष धार्मिक अनुष्ठानको आयोजना गरिएको छ । किरात संस्कृति समाज कोलोराडो (Kirat Cultural Society of Colorado) को मुख्य आयोजनामा त्रिदिवसीय अष्टहवन (येत्लाधुङ सेमी) सेवा कोलोराडोको अरोरा शहरमा भव्य रूपमा सञ्चालन भएको हो । सेप्टेम्बर ११ शुक्रबारदेखि सुरु भएको सो विशेष पूजा अनुष्ठान सेप्टेम्बर १३ आइतबारका दिन विशेष धार्मिक विधि विधानका साथ सफलतापूर्वक समापन हुने आयोजक समितिका उपाध्यक्ष मणि खालिङले जानकारी दिएका छन् । कोलोराडोमा बसोबास गर्ने नेपाली भाषी किरात धर्मावलम्बीहरूको वृहत एवं उत्साहजनक उपस्थिति रहेको यस सेवामा हरेक दिनको पूजा समापनपश्चात् माङशिवाखाहुन र साम्दाङगेन वारूमसाबाहरूद्वारा म...
कोलोराडोस्थित नेपाली साँस्कृतिक केन्द्रमा इन्द्रजात्रा कार्यक्रम हुँदै

कोलोराडोस्थित नेपाली साँस्कृतिक केन्द्रमा इन्द्रजात्रा कार्यक्रम हुँदै

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । नेपाल मण्डलका आदिवासी नेवा: समुदायको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको महान् पर्व इन्द्रजात्रा (येँया पुन्ही) अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइने भएको छ। कोलोराडो नेवा: खलः (Colorado Newah Khalah) को आयोजनामा आगामी सेप्टेम्बर २७ तारीक आइतबार वेस्टमिन्स्टर स्थित नेपाली साँस्कृतिक केन्द्र नेपाली घरमा पाँचौँ संस्करणको इन्द्रजात्रा आयोजना हुन लागेको हो। कार्यक्रममा नेवा: समुदायको मौलिक परम्पराअनुसार कुमारी जात्रा, लाखे नाच, पुलुकिसि, सांस्कृतिक झाँकी, नेवा: संगीत, सामयबजी (नेवा: परिकार) तथा मण्डला संगीत समुहको साँगितिक प्रस्तुति लगायत विभिन्न सांस्कृतिक प्रस्तुति रहने बताइएको छ । इन्द्रजात्रा केवल एउटा उत्सव मात्र नभई “हाम्रो इतिहास, पहिचान र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको अमूल्य सम्पदा” हो । विविध संस्कृतिबीच नेपाली र नेवा: समुदायको म...
कोलोराडोमा सामुहिक तीज पुजा आयोजना गरिंदै

कोलोराडोमा सामुहिक तीज पुजा आयोजना गरिंदै

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा कोलोराडोमा विशेष सामुहिक तीज पूजा आयोजना हुने भएको छ। नेपाली घर तथा दिदीबहिनी समूह (Sisters Group Colorado) को संयुक्त आयोजनामा हुने उक्त कार्यक्रम सोमबार, सेप्टेम्बर १४ का दिन दुई समुहमा सञ्चालन हुनेछ। हरितालिका तीज नेपाली हिन्दू महिलाहरूको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो। भगवान् शिव र माता पार्वतीको श्रद्धा, भक्ति र समर्पणसँग जोडिएको यस पर्वमा महिलाहरूले आफ्नो परिवारको सुख, शान्ति, समृद्धि तथा दाम्पत्य जीवनको मंगलमय कामनासहित व्रत तथा पूजा गर्ने परम्परा रहि आएको छ। पछिल्लो समय तीज धार्मिक आस्थासँगै महिलाहरुबीचको भेटघाट, आत्मीयता, पारिवारिक सम्बन्ध, सामाजिक एकता र सांस्कृतिक अभिव्यक्तिको पर्वका रूपमा समेत विकसित हुँदै आएको छ। प्रवासमा आफ्नो धर्म, संस्कृति, परम्परा, मूल्य–मान्यता र मौलिक न...
कोलोराडोबाट नेपालका बाढी प्रभावितका लागि संकलित सहयोगको विवरण सार्वजनिक गर्न NRNA को आग्रह

कोलोराडोबाट नेपालका बाढी प्रभावितका लागि संकलित सहयोगको विवरण सार्वजनिक गर्न NRNA को आग्रह

कोलोराडो । प्रेस विज्ञप्ति नेपालका बाढी तथा विपद् प्रभावितहरूका लागि संकलीत तथा सहयोग प्रदान गरिएको सम्बन्धमा मिति: ६ सेप्टेम्बर २०२६ कोलोराडो, अमेरिका नेपालमा भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढी, त्यससँगै भएका पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण भएको जनधनको ठूलो क्षतिप्रति NRNA NCC Colorado Chapter गहिरो दुःख व्यक्त गर्दै प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति हार्दिक समवेदना एवं ऐक्यबद्धता प्रकट गर्दछ। नेपाल सरकार, विश्वभर रहेका नेपाली समुदाय, विभिन्न व्यक्ति, व्यवसाय तथा संघसंस्थाहरूले विपद् प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्दै आएका छन्। साथै, नेपाल सरकारले विपद् प्रभावितहरूका लागि सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत सहयोगको आह्वान गरेको छ। यसै क्रममा, कोलोराडोमा रहेका विभिन्न व्यक्ति, ...
बाढीपीडितका लागि BDA Colorado को भर्चुअल रक्तदान अभियान, कसरी सहभागी हुने ?

बाढीपीडितका लागि BDA Colorado को भर्चुअल रक्तदान अभियान, कसरी सहभागी हुने ?

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । नेपालमा हाल भइरहेको बाढी तथा विपद्का कारण प्रभावित नेपालीप्रति ऐक्यबद्धता जनाउँदै ब्लड डोनर्स अफ अमेरिका (BDA) Colorado ले विशेष Virtual Blood Drive सञ्चालन गरेको छ। सेप्टेम्बर १ देखि २१ तारिखसम्म सञ्चालन हुने यस अभियानमार्फत अमेरिकाका विभिन्न स्थानमा रहेका नेपाली तथा अन्य इच्छुक रक्तदातालाई रक्तदानमा सहभागी हुन आह्वान गरिएको छ। नेपालमा विपद्को कठिन अवस्था रहेको बेला टाढा रहेर पनि मानवीय सेवामार्फत सहयोग गर्ने उद्देश्यले अभियान आयोजना गरिएको BDA Colorado का अध्यक्ष नवराज मरासेनीले बताएका छन्। उनका अनुसार रक्तदान केवल रगत दिने कार्य मात्र नभई पीडामा रहेका मानिसप्रतिको मानवीय संवेदना, सहकार्य र ऐक्यबद्धता व्यक्त गर्ने महत्वपूर्ण माध्यम हो। कसरी सहभागी हुने? यो Virtual Blood Drive भएकाले रक्तदाताले अभियानको लिंकमार्फत Vitalant मा आफ्नो नजिकको रक्तदान क...
कोलोराडोमा सडक दुर्घटनामा परी विजय पाण्डेको निधन, सहयोग जुटाउन गोफण्ड मी शुरू

कोलोराडोमा सडक दुर्घटनामा परी विजय पाण्डेको निधन, सहयोग जुटाउन गोफण्ड मी शुरू

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । अमेरिकाको कोलोराडोमा भएको एक सडक दुर्घटनामा १८ वर्षीय नेपाली मुलका युवक विजय पाण्डेको असामहिक निधन भएको छ। शुन्दर भविश्य निर्माणको सपना बोकेर अमेरीका आएका पाण्डे ७ महिना नपुग्दै सडक दुर्घटनामा परी ज्यान गुमाएका हुन्। जुन देशमा सुन्दर भविष्य बनाउने सपना बोकेर आए त्यहीँ उनको जीवनको यात्रा ७ महिनामै समाप्त भएको छ । नेपालको स्याङ्जा जिल्ला विर्गा निवासी बाबु गणेशप्रसाद पाण्डे र आमा संगीता पाण्डेको जेठा छोरा विजय पाण्डेको यसरी दु:खद निधन हुदा परिवारमा ठुलोबज्रपात परेको छ । उनका परिवारजन मध्ये १७ बर्षिय भाई मात्र यहॉ रहेको बुबा आमा नेपालमै रहेको समाजसेवी नन्दलाल न्यौपानेले बताएका छन् । प्राप्त विवरणअनुसार अगस्ट २९ गते राति करिब १:३० बजे कामबाट कोठातर्फ फर्कने क्रममा पाण्डेलाई टेस्ला गाडीले ठक्कर दिएको र दुर्घटनापछि घटनास्थलमै उनको मृत्यु भएको प्रहरील...
प्राकृतिक विपदमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै कोलोराडोमा दीप प्रज्वलन

प्राकृतिक विपदमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै कोलोराडोमा दीप प्रज्वलन

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । मातृभुमी नेपालमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपदमा दिवंगत आत्माको चिर शान्तिको कामना, बेपत्ता व्यक्तिहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दिप प्रज्वलन तथा गुरूहरूद्वारा शान्ति पाठ गर्ने कार्यक्रम सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ कोलोराडो च्याप्टरको अगुवाइमा तथा कोलोराडोमा रहेका सम्पूर्ण नेपाली समुदाय, संघसंस्था तथा शुभेच्छुक महानुभावहरूको सहकार्य र सशभागीतामा नेपाली संस्कृतिक केन्द्र नेपाली घरमा र ग्लोबल भुटानीज कम्युनिटी कोलोराडोको आयोजनामा लिस्बन पार्क डेनभरमा गुरूहरूद्वारा शान्ति पाठ, दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । विनाशकारी बाढी तथा प्राकृतिक विपदमा दिवंगत हुनुहुनेहरूको संझनामा एक मिनेट मौन धारण गर्दै शुरू गरिएको कार्यक्रममा गैरआवासीय नेपाली संघ कोलोराडो च्याप्टरका अध्यक्ष चन्द्र गुरूड...
कोलोराडोमा Estate Planning सम्बन्धी विशेष कार्यशाला सम्पन्न

कोलोराडोमा Estate Planning सम्बन्धी विशेष कार्यशाला सम्पन्न

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । नेपाली समुदायमा सम्पत्ति संरक्षण, पारिवारिक सुरक्षा तथा भावी पुस्तामा सम्पत्तिको व्यवस्थित हस्तान्तरणबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाली घरको आयोजनामा Estate Planning Workshop सफलतापूर्वक सम्पन्न भएको छ। करिब ५० जनाको सहभागितामा Trust, Will, Power of Attorney, Guardianship र सम्पत्ति हस्तान्तरणबारे विशेषज्ञद्वारा कोलोराडोको नेपाली समुदायलाइ पहिलोपटक जानकारी गराइएको हो । कार्यक्रममा सहभागीहरूले Trust, Will, Power of Attorney, Guardianship Documents, HIPAA Documents लगायत Estate Planning सँग सम्बन्धित विभिन्न कानुनी तथा वित्तीय विषयमा जानकारी प्राप्त गरेका थिए। कार्यक्रमको सुरुवात नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा एक मिनेट मौनधारण गरेर गरिएको थियो। सहभागीहरूले विपत्तिमा ज्यान गुमाएका सम...