६ भाद्र २०८३, शनिबार

नेपाली विद्यार्थीका लागि कलेज तयारी तथा नेतृत्व विकाससम्बन्धी विशेष वेबिनार हुने

कोलोराडोखबर संवाददाता , August 22nd, 2026

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । अमेरिकामा रहेका नेपाली हाईस्कुल तहका विद्यार्थीलाई लक्षित गर्दै कलेज तयारी, नेतृत्व विकास तथा भविष्यको सफलतासम्बन्धी विशेष वेबिनार आयोजना हुने भएको छ।

अमेरिकन सोसाइटी अफ नेपलिज इन्जिनियर्स (ASNEngr) ले नेपलिज युथ अफ अमेरिका (NYA) सँगको समन्वयमा आगामी अगस्ट २३, २०२६, आइतबार उक्त वेबिनार आयोजना गर्न लागेको हो। ASNEngr ले विद्यार्थी तथा युवाका लागि कलेज तयारी र शैक्षिक अवसर सम्बन्धी कार्यक्रमलाई आफ्नो शैक्षिक तथा मार्गदर्शन गतिविधिको एक हिस्साका रूपमा अघि बढाउँदै आएको छ।

“College Readiness • Leadership • Future Success” शीर्षकमा आयोजना हुने कार्यक्रममा हाईस्कुल तहका नेपाली विद्यार्थीलाई अमेरिकी कलेज शिक्षा तथा भविष्यको करियर यात्राका लागि आवश्यक तयारीबारे व्यावहारिक जानकारी दिइने आयोजकले जनाएको छ।

कार्यक्रममा कलेज आवेदन प्रक्रिया, छात्रवृत्ति, विद्यार्थीको रुचि तथा क्षमता पहिचान, नेतृत्व विकास, सामाजिक सेवा, समुदायमा सहभागिता तथा अभिभावकको मार्गदर्शन लगायतका विषयमा छलफल हुनेछ।

विशेषगरी विद्यार्थीहरूले आफ्नो रुचि र क्षमता पहिचान गरी उपयुक्त शैक्षिक बाटो कसरी रोज्ने, कलेज आवेदनका क्रममा आफ्नो अनुभव र क्षमता कसरी प्रस्तुत गर्ने तथा छात्रवृत्तिका अवसर कसरी खोज्ने भन्ने विषयमा उपयोगी जानकारी प्राप्त गर्ने अपेक्षा गरिएको छ।

त्यस्तै, विद्यार्थीले विद्यालय तहदेखि नै विभिन्न अतिरिक्त क्रियाकलाप, सामाजिक सेवा र सामुदायिक गतिविधिमा सहभागी भएर नेतृत्व क्षमता विकास गर्न सक्ने विषयमा पनि कार्यक्रममा मार्गदर्शन गरिनेछ। अभिभावकहरूले आफ्ना छोराछोरीको कलेज यात्रा र भविष्य निर्माणमा कसरी प्रभावकारी सहयोग गर्न सक्छन् भन्ने विषयलाई समेत कार्यक्रममा प्राथमिकता दिइएको छ।

वेबिनारमा किशोर गिरी, आभास अर्याल र आशिष ढकाल वक्ताका रूपमा सहभागी हुनेछन्।

आयोजकका अनुसार विद्यार्थीको भविष्य निर्माणमा प्रारम्भिक तयारी र सही मार्गदर्शनको महत्वपूर्ण भूमिका हुने भएकाले अमेरिकामा रहेका नेपाली अभिभावक तथा हाईस्कुल तहका विद्यार्थीलाई कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ। ASNEngr ले अमेरिकामा रहेका नेपाली विद्यार्थीका लागि छात्रवृत्ति तथा अन्य शैक्षिक अवसर समेत प्रवर्द्धन गर्दै आएको अमेरीकन सोसाइटी अफ नेपलिज इन्जिनियर्सका नवनिर्वाचित अध्यक्ष आनन्द पौडेल बताएका छन् । कार्यक्रम बारे थप जानाकारी चाहिएमा तलको लिंक खोलेर हेर्नुहुन समेत पौडेलले सबैलाइ अनुरोध गरेका छन् ।

कार्यक्रम विवरण
मिति: आइतबार, अगस्ट २३, २०२६
समय: बिहान १०:०० देखि ११:०० बजेसम्म (ET)
माध्यम: Microsoft Teams
Meeting ID: 217 150 027 487 713
Passcode: 53KX3Jc2

https://teams.microsoft.com/meet/217150027487713?p=kMxUb8ku1Kdf4xUMLh

https://teams.microsoft.com/meet/217150027487713?p=kMxUb8ku1Kdf4xUMLh

विद्यार्थी तथा अभिभावक दुवैका लागि उपयोगी हुने अपेक्षा गरिएको उक्त एकघण्टे वेबिनारमा सहभागी भई आफ्ना जिज्ञासा राख्न तथा कलेज र भविष्यको करियर यात्राका विषयमा आवश्यक जानकारी लिन आयोजकले सबैलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्