६ माघ २०८२, मंगलवार

भाषा/साहित्य

चूडामणि नेपाल ‘अकिञ्चन’को लघुकथासंग्रह ‘धुँवाको रङ’ सार्वजनिक

चूडामणि नेपाल ‘अकिञ्चन’को लघुकथासंग्रह ‘धुँवाको रङ’ सार्वजनिक

नेपाल । पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रममा साहित्यकार चूडामणि नेपाल ‘अकिञ्चन’को लघुकथासंग्रह ‘धुँवाको रङ’ सार्वजनिक गरिएको छ । सोमबार विराटनगरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजुकुमार थपलिया लगायतले कृति सार्वजनिक गरे । उक्त अवसरमा प्रमुख अतिथिसहित साहित्यकारहरू विवश पोखरेल, कविराज न्यौपाने, बलराम पोखरेल, भूषण ढुंगेल, हरि कट्टेल, दिङलाली कान्छो, गोकुल अधिकारी र कृतिकार अकिञ्चनले आफ्नो धारणा राखे । कार्यक्रममा साहित्यकारहरू सीमा आभास, रोशन पराजुली, मीनकुमार नवोदित, विष्णु भण्डारी र गायत्री चापागाईले विमोचित कृतिबाट लघुकथा वाचन गरेको कवि गोकुल अधिकारीले जनाएका छन् ।...
पद्म प्रभात प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा

पद्म प्रभात प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा

नेपाल । विगत चार दशकदेखि भाषा, साहित्य, कला, संस्कृति तथा धर्म–दर्शनको श्रीवृद्धिमा सक्रिय रहनुभएका साहित्यकार तथा संस्कृतिविद पद्मराज जोशी ‘प्रभात’ को नाममा स्थापित पद्म प्रभात प्रतिष्ठान २०७९ ले यस वर्ष २०८२ का लागि विभिन्न पुरस्कारहरूको घोषणा गरेको छ। प्रतिष्ठानको माघ ३ गते धनगढीमा बसेको बैठकको निर्णयअनुसार १ लाख ११ हजार १११ रुपियाँ राशीको पद्म प्रभात प्राज्ञिक पुरस्कार २०८२ भारत उत्तराखण्ड राज्यको अल्मोडा निवासी साहित्यकार, इतिहासकार, पुरातत्वविद् तथा संस्कृतिविद् प्राडा महेश्वरप्रसाद जोशीलाई प्रदान गरिने भएको छ। डा। जोशीले सन् १९६५ देखि प्राचीन इतिहास, संस्कृति र पुरातत्व विषयमा निरन्तर अनुसन्धान गर्दै मध्यहिमालय (गढवाल, कुमाउ र डोटी) क्षेत्रको इतिहास, पुरातत्व र संस्कृतिमा १०० भन्दा बढी शोधपत्र प्रकाशित गर्नुभएको छ । नेपाल–भारत हिमाली भू–भागको पाषाणकालीन प्रागइतिहास, भाषा उद्भव तथ...
सुवास सुनारद्वारा लिखित ‘सोच र सफलता’ लोकार्पण

सुवास सुनारद्वारा लिखित ‘सोच र सफलता’ लोकार्पण

नेपाल । नेपाल सरकारका कृषि विकास अधिकृत सुवास सुनारद्वारा लिखित ‘सोच र सफलता’ नामक पुस्तकको एक विशेष समारोहबिच शनिबार लोकार्पण गरिएको छ । तनहुँको व्यास नगरपालिका–१, भादगाउँ निवासी लेखक सुनारको उक्त कृतिको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो । पुस्तक लोकार्पण गर्दै न्यौपानेले समाज परिवर्तन र व्यक्तिको प्रगतिका लागि सकारात्मक सोच अपरिहार्य रहेको बताउनु भयो । उहाँले निजामती तथा क्याम्पस प्राध्यापन सेवामा रहेर पनि साहित्य र चिन्तनको क्षेत्रमा समय निकाल्नु प्रशंसनीय कार्य भएको उल्लेख गर्नु भयो । कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमन्त्री डोवाटे विकले सामाजिक रूपान्तरणका लागि यस्ता बौद्धिक खुराकले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो । त्यस्तै, व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले पुस्तकले युवा पुस्तालाई प्रेरणा दिने बताउनु भयो । प...
कविता: समय-रथ

कविता: समय-रथ

-सुदीपभद्र खनाल- जडभरत धेरै छन् युगका काखमा जब महाभारत नै हुन्छ बढ्दैछन् धूर्त कौरव काटिन्छ अँगुठो अर्को मारिन्छ कर्ण काबिल महायुद्द विना यौटा रोकिन्न अब खल्बल भए धेरै जरासन्ध धृत अन्ध नराधम नभए भङ्ग यो चाला नभए भङ्ग यो क्रम स्वयम् हार्नेछ साम्राज्य कूट षड्यन्त्र यो बुझ हे युवा राष्ट्रका नीम्ति पूर्ण जागृत भै उठ जिन्दगी युद्द हो यौटा लड्नै पर्छ पलापला खेपेर शकुनी शल्य घात अनेक अर्गला नविर्स बन्दकी राखी विवेक बाँच्नु मृत्यु हो लोकको हितका निम्ति लड्नू महान् सुकृत्य हो नबनी स्वार्थको बन्दी नभनी के म पाउँछु त्यागको भावले सच्चा भन राष्ट्र बनाउँछु जगाऊ जनमा आशा निभाऊ रोग भोकको गरीबी दाग फालेर मुहार फेर देशको हुँदैन शान्ति यो युद्द नभए अनिवार्य छ विना शान्ति कहाँ हुन्छ निर्माण मूल कार्य छ यो धर्म युद्द हो जाग पक्र कर्तव्यको पथ हे कर्म वीर हो आऊ हाँक यो पलको रथ गर...
गीत: कहिले हामीलाई दोबाटोमा ल्याएर छोड्यौ…

गीत: कहिले हामीलाई दोबाटोमा ल्याएर छोड्यौ…

-आर.आर. चौलागाईं- कहिले हामीलाई दोबाटोमा ल्याएर छोड्यौ कहिले हामीलाई भीरमा ल्याएर छोड्यौ । लक्ष्य भेट्न हामीलाई गाह्रो भयो कुहिरो छल्न हामीलाई गाह्रो भयो कहिले हामीलाई जङ्गलमा ल्याएर छोड्यौ कहिले हामीलाई खोलामा ल्याएर छोड्यौ । तिमी आफैँ अलमलमा रहेछौ तिमी आफैँ रनभुल्लमा रहेछौ कहिले हामीलाई आगोमा ल्याएर छोड्यौ कहिले हामीलाई हिउँमा ल्याएर छोड्यौ । -हेटौंडा, मकवानपुर ।...
कविताः नारी

कविताः नारी

-आरसी रिजाल- अनौठो नै लाग्छ मलाई यो समाजको चाल आधी आकाश उठाउनेको सुन्नुस् हजुर हाल नारीलाई अबुझ भन्दै शास्त्रकारले तोके महाभारत , रामायणले मज्जैसँग ठोके सत्य भन्छु -- रामो राम सीता त्याग्ने मर्यादापुरुष बने राम। बालबिवाह,बहुबिवाहा, अन्यायका गाथा बोक्सीको आरोपमा नारी ठोक्छिन माथा कहिले पिता,कहिले पति,कहिले छोराको खट्नपट्न भित्र बस्ने चलन गराको सत्य भन्छु-- रामो राम दाइजो कमको निहुँमा शरीरभरि डाम। नारीलाई फुर्सद दिन्नन गर्नसम्म हाइ वृद्धदेखि बालसम्मको सुसारे र धाई लाजैलाग्छ यो समाजले असहाय मान्यो मातृत्वको माहानतालाई कमजोरी पो ठान्यो सत्य भन्छु -- रामो राम कुखुराको डाँकोदेखि गर्छन् तिनले काम । सेमिनारको नाममा यहाँ धेरै भए खर्च समाजको मानसिकता अब फेर्नु पर्छ खोस नारी अधिकार नमानेर धक शिक्षा अनि सम्पत्तिमा बराबरी हक सत्य भन्छु -- रामो राम आँट्यौ भने गर्नसक्छौं हामी यति ...
बालकविता: जाडो पनि कति हो

बालकविता: जाडो पनि कति हो

- रमेशचन्द्र घिमिरे- बाक्लो हुस्सु कुहिरो उडिरा´छ फुस् फुस् जाडो पनि कति हो, उस्, उस्, उस् ! “सहरबाट गलबन्दी ल्याइदिएनन् मामाले यौटा स्वीटर किन्नलाई’नि कन्जुस गरिन् आमाले” केटाकेटी आपसमा, कुरा गर्छन् खासखुस् जाडो पनि कति हो, उस्, उस्, उस् ! “बाले दे’को जड्यौरी, थोत्रा लुगा हापिन्छ नयाँ लुगा नपाइन्जेल बरु आगै तापिन्छ सल्काइन्छ झिँगल्टा, घसेटा र झ्यासझुस्” जाडो पनि कति हो, उस्, उस्, उस् ! “कठ्याङ्ग्रिँदा ठण्डीमा पढ्न मन ला’छैन आँत कामेर थरर्र बोल्न पनि भा’छैन” माघले फेरि रुवाउने भो कट्यो बल्ल पुस् जाडो पनि कति हो, उस्, उस्, उस् ! - भोर्लेटार, लमजुङ...
पार्वती पुडासैनीको कवितासंग्रह ‘छेपारो समय’ सार्वजनिक

पार्वती पुडासैनीको कवितासंग्रह ‘छेपारो समय’ सार्वजनिक

नेपाल । कवि पार्वती पुडासैनीको कवितासंग्रह ‘छेपारो समय’ हालै सार्वजनिक गरिएको छ । विगत ३० वर्षदेखि नेपाली साहित्यका कविता, कथा, निबन्धलगायत विधामा उनले कलम चलाउँदै आएकी छन् । भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित उनको कृतिमा ७५ कविता समेटिएको छ । कृतिभित्रका कवितामा मानवीय मूल्य–मान्यतामा देखिएको विचलन, राजनीतिक गतिहीनता, मानवीय संवेदनाको ह्रास, स्वार्थका कारण सत्यताको पहिचालगायत विषयवस्तु प्रस्तुत छ । साहित्यकार डा. हेम भण्डारीले कविताकृतिबारे भनेका छन्, “कवि पार्वती पुडासैनीका कविता कोमल अनुभूतिका सरस अभिव्यक्तिमा अघि बढेका छन् । उनी मनका कविता लिएर प्रस्तुत भएकी छिन् । शब्दहरूको सजावट, लयको संयोजन र कविताको अस्तित्व निर्माणलगायत पक्षमा उनको सचेतना मजबुत भएको छ ।” साहित्यकार डा. दामोदर पुडासैनीले छोटो संरचनामा व्यापक अर्थ दिन सक्ने क्षमता पार्वतीका कवितामा रहेको उल्लेख गरेका छन् ।...
अनुसन्धानकर्ता बद्रीप्रसाद ढकालका दुई समालोचनात्मक कृति सार्वजनिक

अनुसन्धानकर्ता बद्रीप्रसाद ढकालका दुई समालोचनात्मक कृति सार्वजनिक

नेपाल । साहित्यकार तथा अनुसन्धानकर्ता बद्रीप्रसाद ढकालद्वारा लिखित दुई समालोचनात्मक कृति ‘आधुनिक नेपाली कथामा मिथक’ र ‘साहित्यमा संस्कृति’ एकसाथ सार्वजनिक गरिएको छ । आइतबार बागबजारमा प्राडा सुरेन्द्र केसी, डा शैलेन्दुप्रकाश नेपाल, केशव पराजुली, ढकाल लगायतले कृतिको सडक विमोचन गरे । विमोचन उप्रान्त डा। केसी र डा। नेपालले दुई राम्रा पुस्तक आएको बताए । सार्वजनिक दुवै कृति अनुसन्धान विमर्श नेपालले प्रकाशनमा ल्याएको हो ।...
तामाङ भाषालाई गुगल अनुवादमा लैजाने तयारी

तामाङ भाषालाई गुगल अनुवादमा लैजाने तयारी

नेपाल । तामाङ भाषालाई गुगल अनुवादमा लैजाने तयारीसहित समुदायस्तरमा सुझाव सङ्कलन कार्य सुरु भएको छ । तामाङ राष्ट्रिय पुस्तकालयका अध्यक्ष भाषाविद् अमृत योन्जन तामाङले नेपालमा बसोबास गर्ने करिब १४ लाख आदिवासी तामाङ समुदायले बोल्ने तामाङ भाषालाई गुगल अनुवाद सेवामा समावेश गर्ने लक्ष्यसहित थप काम भइरहेको जानकारी दिनुभएको छ । काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा तामाङ राष्ट्रिय पुस्तकालयले तामाङ भाषालाई गुगल अनुवाद सेवामा समावेश गराउने तयारी गरिरहेको र हाल टिएमटी डट आइएलपिआरएल डट इडियु डट एनपी वेबसाइटमार्फत समुदायस्तरमा पुगेर सुझाव सङ्कलन गर्ने काम भइरहेको बताउनुभयो । अध्यक्ष योन्जनले गुगलमा अनुवादको प्रयोजनले एक लाख तामाङ शब्द राख्ने लक्ष्यमध्ये करिब २३ हजार शब्द गुगलमा राख्न सफल भएको र सो वेबसाइटमार्फत प्रयोगकर्ताले शब्द अनुवादका लागि उपयुक्त हुने शब्द छनोट गर्न र सुझाव दिने सेवा उपलब्ध गराइ...