
कबिताः झोले
-सुदीपभद्र खनाल-
झोला बोक्नेलाई झोले भन्ने र मान्ने हो भने
झोले म पनि हूँ
फरक यत्ति हो
मैले बोकेको झोलामा
तिम्रो झोलामा जस्तो खोला छैन
पहेँलो धातु
किलोका किलो होइन
एकतोला
अझ एक लाल पनि छैन
हुनत मेरो झोला
घेरा फाटेको टोपी र
नौ ठाउँमा च्यातिएको धोती लगाउने
आम जनताको झोला हो
बिसे नगर्ची
र बिराज बखेतीहरूको झोला हो
योगमाया र यज्ञबहादुर थापाहरूको झोला हो
तिम्रो जस्तो टेबुलमुनिबाट बग्ने खोलामा
भेटिने ठुला माछाहरू रमाउने झोला होइन
देशकै विरूद्दमा
आफ्नै स्वार्थ सिद्दीहेतु
परायाको गोप्य विषय वस्तु बोक्ने झोला होइन
देश डुबाएर आफू सप्रने
घोटाला, ठेक्कापट्टा र गोप्य लेनदेनको
फेहरिस्त लुकाउने
कुनै बिचौलियाको झोला होइन
हुनत मेरो झोला पनि झोलानै हो
तर मेरो झोला
ठुलठुला हाकिम र चियाबगान बेच्नेहरूले
घुस खाएको पैसा ओसार्ने
चिल्लो विदेशी सुट्केशजस्तो झोला होइन
सरकारी जमीन हड...