३ आश्विन २०८३, शनिबार

खेलकुद

एलिना रिबाकिनाले जितिन् अमेरिकी ओपन च्याम्पियन, पाइन् ५५ लाख अमेरिकी डलर पुरस्कार पुरस्कार

एलिना रिबाकिनाले जितिन् अमेरिकी ओपन च्याम्पियन, पाइन् ५५ लाख अमेरिकी डलर पुरस्कार पुरस्कार

अमेरिका । एलिना रिबाकिनाले आइतबार एरिना साबालेन्कालाई तीन सेटमा ६–४, ५–७, ६–२ ले हराएर वर्षको अन्तिम ग्रान्डस्लाम अमेरिकी ओपनको महिला एकल उपाधि जित्नुभएको छ । अमेरिकी ओपन जितेपछि रिबाकिनाले ५५ लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्नुभयो । साबालेन्काले २८ लाख अमेरकी डलरमा चित्त बुझाउनुभयो । रिबाकिनाको यो पहलो अमेरिकी ओपन उपाधि हो । यद्यपि उहाँको यो तेस्रो ग्रान्डस्लाम उपाधि हो । यसै वर्ष साबालेन्कालाई फाइनलमा निराश बनाएर रिबाकिनाले वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन जित्नुभएको थियो । रुसमा जन्मे पनि काजखस्तानको प्रतिनिधत्व गर्दै खेल्ने रिबाकिनाले आफ्नो पहिलो ग्रान्डस्लम सन् २०२२ मा विम्बल्डनमा हात पार्नुभएको थियो । अब रिबाकिनालाई क्यारियर ग्रान्डस्लाम पूरा गर्न क्लेकोर्टमा खेलिने फ्रेञ्च ओपन जित्नमात्र बाँकी छ ।...
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन, एसिया कपका लागि छनोट

यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन, एसिया कपका लागि छनोट

नेपाल । नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ। शनिबार मलेसियाको क्वालालम्पुरमा भएको फाइनलमा यूएईलाई ४५ रनले हराउँदै नेपालले उपाधि जितेको हो। उपाधिसँगै नेपालले एसिया कपमा स्थान पक्का गरेको छ। प्रिमियर कपको विजेता टोली एसिया कपका लागि छनोट हुने प्रावधान छ। नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई २६८ रनमा अलआउट भयो। यूएईका राहुल चोप्राले शतक बनाए पनि टोलीलाई जिताउन सकेनन्। उनले ११५ रन बनाए। त्यस्तै शोयब खानले ५२, तानिस सुरीले ४२, हरप्रित सिंहले ३३ र खुजैमा तनवीरले १५ रन बनाए। नेपालका करण केसीले ३ तथा ललित राजवंशीले २ विकेट लिए। सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र गुल्सन झाले एक–एक विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनाएको थियो। नेपालका लागि आसिफ शेखले शतक बनाए। उनले १०६ बलमा ८ चौका र ४ छक्कासहित १०४ रन बन...
नेपाल एसिसी प्रिमियर कपको फाइनलमा प्रवेश

नेपाल एसिसी प्रिमियर कपको फाइनलमा प्रवेश

नेपाल । सामान्य स्कोर रक्षा गर्दै नेपाल एसिसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । मलेसियाको बायुमास क्रिकेट ओभलमा बिहीबार भएको सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४७ रनमा अलआउट भएको थियो। कमजोर ब्याटिङपछि नेपालको एसिया कप खेल्ने सपना अधुरै रहने सम्भावना देखिएको थियो । तर नेपाली स्पिनरहरूले उत्कृष्ट बलिङ गरेपछि ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो र नेपालले एसिया कप खेल्ने सम्भावना कायम राखेको छ । अब नेपाल एसिया कपमा दोस्रो पटक सहभागी हुन एक जित मात्र टाढा छ। एसिया कप छनोट प्रतियोगिताका रूपमा रहेको यस प्रतियोगिताको उपाधि विजेताले एसिया कप खेल्ने प्रावधान छ। सन् २०२३ मा एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल पहिलो पटक एसिया कपमा सहभागी भएको थियो । अब नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बिच हुने फाइनलको व...
नेपाल हङकङसँग १५ रनले पराजित

नेपाल हङकङसँग १५ रनले पराजित

नेपाल । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ। जितको लागि हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा सवै विकेट गुमाउदै २४६ रनमा समेटियो। नेपालका लागि इशान पाण्डेले सर्वाधिक ९० रन बनाए। उनले १०६ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दै ९० रनको योगदान गरेका हुन। त्यसैगरी आसिफ शेखले ४४, दिपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१ तथा गुल्शन झाले २० रन बनाए। बलिङतर्फ हङकङका लागि एइजाज खानले ४ विकेट लिए। त्यस्तै यासिम मुर्तजाले २ विकेट लिँदा किन्चित शाह, नसरुल्ला राना र अतिक इक्बालले समान १र१ विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रनको योगफल बनाएको थियो। उसका लागि बाबर हायातले १२७ बलमा ७ चौका र ७ छक्काको सहयोगमा ११७ रनको योगदान दिएका हुन। त्यस्तै ए...
नेपाली युवा बक्सर अविरल घिमिरेलाई पुनः ऐतिहासिक सफलता

नेपाली युवा बक्सर अविरल घिमिरेलाई पुनः ऐतिहासिक सफलता

नेपाल । किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ ले पुनः एकपटक ऐतिहासिक सफलता हात पार्न सफल हुनुभएको छ । जापानको नागोया सहरको करिया हलमा आज साँझ सम्पन्न ‘हिट किक बक्सिङ– ५९ अन्तरराष्ट्रिय खेलकुद किक बक्सिङ महासङ्घ, विश्व च्याम्पियनसिपको मेन इभेन्ट प्रतियोगितामा ‘हिमालयन चितुवा’ ले फ्रान्सका प्रतिस्पर्धी बक्सर माथन चोइनार्डलाई नक आउटमा पराजित गर्दै नयाँ इतिहास कायम गर्न सफल हुनुभएको हो । प्रतिस्पर्धी बक्सर चोइनार्ड सन् २०२५ का विश्व च्याम्पियन खेलाडी हुनुहुन्छ । दोस्रो राउण्डको दोस्रो मिनेटमा बक्सर घिमिरले कडा मुक्का प्रहार गर्दै प्रतिस्पर्धी चोइनार्डलाई नकआउटमा पराजित गर्न सफल हुनुभयो । हालसम्म २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनुभएका उहाँ २१ खेलमा विजय हासिल गर्दा २० मा नकआउट गर्दै जित्ने एक मात्र नेपाली खेलाडी हुनुहुन्छ । नेपालको गौरव, नेपालको साहस र...
एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित

एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित

नेपाल । एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ । मलेसियामा भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो । यसअघि भएको पहिलो खेलमा नेपालले बहराइनलाई पराजित गरेको थियो । मलेसियाले नेपाललाई जितका लागि १०४ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपाल २१ दशमलव ४ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ६८ बलमा चार चौका प्रहार गर्दै अविजित ४५ रनको योगदान दिएका हुन् । त्यसै गरी, इसान पाण्डेले २०, दीपेन्द्रसिंह ऐरीले १२ तथा रोहितकुमार पौडेलले १० बनाए । बलिङतर्फ मलेसियाका सायिद अजिज, भिरनदीप सिंह, प्रशान्त मधुकर र अरिफ उल्लाहले समान एक÷एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले ३२ दशमलव ३ ओभरमा सबै विकेट गुमाउ...
अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको सन्न्यास

अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको सन्न्यास

नेपाल । महान् फुटबलर लियोनेल मेसीले दुई दशक अर्जेन्टिनाको राष्ट्रिय टिमको प्रतिनिधित्व गरेपछि सोमबार सन्न्यासको घोषणा गरेका छन्। “यस्तो निर्णय गर्दा पीडा हुन्छ, अहिले मनदेखि नै आहत भएको छु तर मलाई थाहा छ, सन्न्यासको समय आएको छ,” ३९ वर्षीय मेसीले आफ्नो इन्स्टाग्राममा लेखेका छन्। मेसीले विश्वकप फाइनल हारेको दुई दिनपछि नै सन्न्यासको पत्र लेखेको खुलासा गरे। उनका अनुसार बुबा जर्ज मेसी बिरामी भएकाले सन्न्यासको घोषणा केही पर सरेको हो। मेसीका बुबा जर्जको गत अगस्ट ८ मा निधन भएको थियो। मेसीले व्यावसायिक फुटबललाई भने निरन्तरता दिनेछन्। अहिले उनी अमेरिकाको क्लब इन्टर मियामीमा आबद्ध छन्। सन् २०२२ मा कतारमा भएको विश्वकप अर्जेन्टिनाले मेसीकै कप्तानीमा जितेको थियो। सन् २००६ मा अन्तर्राष्ट्रिय फुटबलमा पर्दापण गर्ने मेसीले विश्व फुटबलको सबभन्दा ठुलो ट्रफी जित्न १६ वर्ष कुर्नु परेको थियो। सो विश्वकपमा मे...
पल्सर स्पोर्टस् अवार्डका चार विधाका मनोनयन सार्वजनिक

पल्सर स्पोर्टस् अवार्डका चार विधाका मनोनयन सार्वजनिक

नेपाल । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोट्र्स अवार्ड २०८२ का चार विधामा मनोनयनमा परेका खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरिएको छ । एनएसजेएफको खेलाडी छनोट समितिले आज वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकमा पाँच–पाँच जनाको नाम सार्वजनिक गरेको हो । वर्ष पुरुष खेलाडीको मनोनयनमा नेपाली पुरुष क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी, बक्सिङका चन्द्र थापा, एथ्लेटिक्सका सोमबहादुर कुमाल, करातेका प्रदीप बैजाली मगर र गल्फका सद्भाव आचार्य रहेका छन् । यस्तै, वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’, करातेकी एरिका गुरुङ, सबिना श्रेष्ठ र सानुमाया थिङ तथा एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ मनोनयनमा परेका छन् । वर्ष युवा खेलाडीको मनोनयनमा बक्सिङका अर्पिल राना, करातेका रेहान जाबेद र ...
नेपाल ‘ए’ क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान

नेपाल ‘ए’ क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान

नेपाल । टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान गरेको छ । टोली सिरिज खेल्न त्यसतर्फ प्रस्थान गरेको हो । नेपाल क्रिकेट सङ्घ ९क्यान०ले अस्ट्रेलिया जाने १५ सदस्यीय टोलीलाई आइतबार नै बिदाइ गरेको थियो । यसपटक अस्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिलकुमार साहले गर्ने छन् । यही भदौ ५ गतेदेखि सुरु हुने टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ ले पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकको सामना गर्नेछ । यस्तै, नेपालले यही भदौ ६ मा बङ्गलादेश हाई पर्फर्मेन्स, भदौ ८ मा होबार्ट हरिकेन्स एकेडेमी, भदौ १० मा अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ ११ मा हैदरावाद किङ्समेन एकेडेमी तथा भदौ १३ मा भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने छ । क्यानका अनुसार अस्ट्रेलियामा रहँदा नेपाल ‘ए’ ले न्युजिल्याण्ड ‘ए’, तास्मानिया र साउथ अस्ट्रेलियाविरुद्ध एकदिवसीय अभ्यास खेलसमेत खेल्ने तालिका छ ।...
आर्सनलले म्यानचेस्टर सिटीलाई ३-० ले पराजित गर्दै जित्यो कम्युनिटी शिल्डको उपाधि

आर्सनलले म्यानचेस्टर सिटीलाई ३-० ले पराजित गर्दै जित्यो कम्युनिटी शिल्डको उपाधि

नेपाल । इंग्लिस क्लब आर्सनलले म्यानचेस्टर सिटीलाई ३–० ले पराजित गर्दै कम्युनिटी शिल्डको उपाधि जितेको छ। प्रिमियर लिगको नयाँ सिजन सुरु हुनुअघि आर्सनलले उपाधि रक्षा गर्ने आफ्नो दाबेदारीलाई प्रभावशाली ढंगले प्रस्तुत गरेको हो। कार्डिफको प्रिन्सिपालिटी स्टेडियममा आइतबार भएको खेलमा आर्सनलले सुरुआतदेखि नै सिटीमाथि दबाब बनाएको थियो। खेल सुरु भएको २४ सेकेन्डमै रिकार्डो कालाफियोरीले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। पहिलो हाफ सकिनुअघि काइ हाभट्र्जले हेडमार्फत गोल गर्दै आर्सनलको अग्रता २–० बनाए। दोस्रो हाफमा पनि आर्सनलले आफ्नो आक्रामक खेललाई निरन्तरता दियो। मार्टिन ओडेगार्डले गोल गर्दै टोलीको जित ३–० ले पक्का गरे। नयाँ प्रशिक्षक एन्जो मारेस्काको नेतृत्वमा रहेको सिटी आर्सनलको तीव्र दबाब र आक्रामक खेलसामु कमजोर देखियो। खेलमा आर्सनलका नयाँ खेलाडीहरूले पनि प्रभावशाली डेब्यु गरे। न्युक्यासलबाट ७ करोड ५...