८ बैशाख २०८२, सोमबार

खेलकुद

गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले हरायो

गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले हरायो

नेपाल । इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ। २ सय ४ रनको लक्ष्य गुजरातले‌ १९ दशलमव २ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । जोस बटलरको अर्धशत बनाएको खेलमा तेस्रो विकेटका लागि सेर्फाने रुथरफोर्डसँग १ सय १९ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । बटलरले ५४ बलमा ११ चौका र ४ चेकमा नटआउट ९७ रन बनाए। ३४ बल खेलका रुथरफोर्डले ३ छक्का र १ चौकामा ४३ रन बनाए । बटलरले ओपनर साइ‌ सुदर्शनसँग दोस्रो विकेटका लागि ६० रनको साझेदारी गरे। सुदर्शनले ३७ रन बनाए। अर्का ओपनर तथा कप्तान शुभमन गिल ७ रनमा‌ आउट भए । दिल्लीका मुकेश कुमार र कुलदीप यादवले समान १ विकेट लिए । त्यसअघि दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३ रन बनायो। ओपनर अभिषेक पोरेल १८ रन बनाएर आउट भए। २८ रनमा केएल राहुल प्रसिद्ध कृष्णाको बलमा एलबिडब्लु धरापमा परे‌। यसपछि करूण नाय...
गण्डकी हिरोजले जित्यो केपी ओली कप क्रिकेटको उपाधि

गण्डकी हिरोजले जित्यो केपी ओली कप क्रिकेटको उपाधि

नेपाल । केपी ओली कप टी-२० राष्ट्रिय खुला पुरुष क्लब स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी हिरोजले जितेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा सिइसी काठमाडौंलाई ५ विकेटले हराउँदै च्याम्पियन बनेको हो । च्याम्पियन गण्डकीले १० लाख रुपियाँ प्राप्त गर्दा उपविजेता काठमाडौंले पाँच लाख रुपियाँ प्राप्त गरेको छ । १ सय ८३ रनको विजयी लक्ष्य पाएको गण्डकीले १७ दशमलव ३ ओभरमा ५ विकेट गुमाउँदै १ सय ८५ रन बनायो। गण्डकीका वसन्त कार्की २७ र नारायण जोशी १३ रनमा नटआउट रहँदै टोलीलाई जित दिलाए । त्यसअघि टस जितेर ब्याटिङ थालेको काठमाडौँले १९ दशमलव ४ ओभरमा १ सय ८२ रन बनाउँदै अलआउट हुन पुग्यो। उत्कृष्ट ब्याटर अत्तरियाका विपीन रावल र उत्कृष्ट बलर लुम्बिनीका अजय कुमार चौहान घोषित हुँदै समान २०–२० हजार रुपियाँ प्राप्त गर्नुभयो। विजेता खेलाडीलाई प्रति...
आइपीएलमा मुम्बई इन्डियन्सद्वारा सनराइजर्स हैदराबाद पराजीत

आइपीएलमा मुम्बई इन्डियन्सद्वारा सनराइजर्स हैदराबाद पराजीत

नेपाल । सनराइजर्स हैदराबादलाई ४ विकेटले हराउँदै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) मा तेस्रो जित निकालेको छ । तेस्रो जितपछि मुम्बईको प्लेअफ सम्भावना कायम छ । ७ खेलमा ६ अंक जोडेको मुम्बई सातौँ स्थानमा छ। ४ अंकको हैदरावादको पनि सम्भावना जिवितैछ । तर, यो हारले भने अन्य टोलीको प्रदर्शनमा भर पर्नुपर्नेछ । शीर्ष स्थानको दिल्ली क्यापिटल्सको ६ खेलबाट १० अंक रहेको छ। मुम्बईस्थित वान्खडे रंगशालामा टस हारेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६३ रन बनायो । जवाफमा मुम्बईले १८.१ ओभरमा ६ विकेट गुमाउँदै जित निकालेको हो । ...
विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित

विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित

नेपाल । नेपालका बलर युवराज खत्रीले कसिलो बलिङ गरेपछि नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । मलुपानीस्थित तल्लो क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले हङकङलाई नौ विकेटले हरायो । नेपालको यो लगातार तेस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई डकवर्थ–लुइस (डिएलएस मेथोड) का आधारमा पाँच रन र दोस्रो खेलमा ओमानलाई नौ विकेटले हराएको थियो । जितसँगै पाँच टोली सहभागी प्रतियोगितामा नेपालले ६ अङ्क बनाएको छ । नेपालले अब अन्तिम खेल शनिबार बलियो प्रतिद्वन्द्वी अफगानिस्तानसँग खेल्नेछ । शीर्ष टोली सन् २०२६ मा हुने विश्वकपमा छनोट हुनेछ । जितका लागि एक सय १६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२।३ ओभरमा एक विकेटको क्षतिमा एक सय १८ रनजोड्दै लक्ष्य पूरा गरेको हो । नेपालका लागि ओपनर शाहिल पटेलले अविजित ४२ रन बनाउनुभयो । उहाँले ४१ बलमा आठ चौक...
यु-१९ विश्वकप एसिया छनोटमा नेपालको दोस्रो जित

यु-१९ विश्वकप एसिया छनोटमा नेपालको दोस्रो जित

नेपाल । नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित निकालेको छ । मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानलाई नौ विकेटले हरायो । लगातार दोस्रो जितसँगै नेपालले चार अङ्क बनाएको छ । दोस्रो हार खेपेको ओमानले अङ्कको खाता खोल्न सकेको छैन । जितका लागि ओमानले दिएको एक सय १८ रनको सामान्य लक्ष्य पछ्याएको नोपलले १४।३ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । नेपालका लागि निरजकुमार यादवले सर्वाधिक ४६ रन बनाउनुभयो । यस्तै साहिल पटेलले ४३ र कप्तान नरेन भट्टले अविजित १२ र सन्तोष यादवले अविजित १० रन जोड्नुभयो । नेपालको पहिलो विकेटका लागि निरज र शाहिलले ८५ रनको साझेदारी गर्नुभएको थियो । बलिङमा ओमानका सौम्यभविन सम्पतले दुवै विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको ओमानले ३८ ओभरमा सबै विकेटको क्षतिमा एक सय १७ रन बनाएको थियो । ओमानक...
फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिपमा नेपालले जित्यो ४ स्वर्ण

फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिपमा नेपालले जित्यो ४ स्वर्ण

नेपाल । भुटानको थिम्पुमा सम्मन्न फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालले चार स्वर्ण पदक जितेको छ । यो नतिजासँगै चार राष्ट्र सहभागी प्रतियोगितामा नेपाल दोस्रो भयो । भुटान पहिलो भयो । चार टोलीको संयुक्त प्रशिक्षण शिवीर अप्रिल ८–१० तारिख तथा प्रतियोगिता अप्रिल ११–१३ तारिखसम्म भएको थियो । प्रतियोगितामा नेपालका सात खेलाडी फाइनल पुगेकोमा चारले स्वर्ण जित्न सफल भएका हुन् । महिला ५० केजी तौलसमूहमा नेपालकी आरती बम्जनले भुटानकी जामो जिग्दाललाई ५–० अङ्कले हराउँदै स्वर्ण जित्नुभयो । महिला ५२ केजीमा नेपालकी अस्मिता दुवालले भुटानकै डेमो नोर्नुलाई ५–० अङ्कले पराजित गर्दै स्वर्ण, महिला ५४ केजीमा नेपालकी वर्षा श्रेष्ठले भुटानकै लामो तासीलाई ४–१ अङ्कले हराउँदै स्वर्ण र पुरुष ५१ केजीमा नेपालका लक्ष्मण राईले भारत ९सिक्कीम० का कृष्ण कैलाश राईलाई ५–० अङ्कले हराउँदै स्वर्ण जित्नुभएको हो । यस्तै पुर...
चार देशीय टी-२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा नेपाल पराजीत

चार देशीय टी-२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा नेपाल पराजीत

नेपाल । हङकङमा जारी चार देशीय टी-२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा नेपाल चुकेको छ । कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल तीन रनले पराजित भएको हो । नेपालका लागि शानदार ब्याटिङ गर्नुभएका बसिर अहमदले ४३ बलमा ८० रन बनाउनुभयो । १९ औं ओभरमा एउटा नो बलमा छक्का प्रहार गरेर दुई डट बल खेल्नुभएका अहमद तेस्रो बलमा आउट हुनुभएको हो । बसिरको विकेट लिएसँगै कुवेतले नेपाललाई १९.३ ओभरमा अलआउट गरेको हो। नेपालका लागि नन्दन यादवले १४ बलमा ३७ रन बनाउनुभयो भने आशिफ शेखले ११ बलमा २१ रन जोड्नुभयो। अन्य ब्याट्सम्यानले फाइनलमा भने उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । नेपालको ब्याटिङ लाइनविरुद्ध कुवेतका अनुदीप चेन्थमाराले तीन विकेट हात पार्दा यासिन पटेल र नवीनराज राजेन्द्रनले दुई दुई विकेट हात पार्नुभयो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७४ रन बनाएको थियो...
अमेरिकामा नेपाली तेक्वान्दो निर्णायक काजल श्रेष्ठ सम्मानित

अमेरिकामा नेपाली तेक्वान्दो निर्णायक काजल श्रेष्ठ सम्मानित

अमेरिका । नेपाली तेक्वान्दो निर्णायक काजल श्रेष्ठ अमेरिकामा सम्मानित हुनुभएको छ । काजललाई न्युयोर्कमा रहेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएले नगद र सम्मान पत्रले सम्मानित गरिएको ११औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण तथा एसिया प्यासेफिक सितोरियो करातेका स्वर्णधारी, क्लबका प्रशिक्षक तथा अध्यक्ष सुनिल लामाले जानकारी दिनुभयो । प्रशिक्षक लामाका अनुसार काजललाई एसियाडका कास्य तथा सागका स्वर्ण र रजत विजेता मनिता शाहीबाट तीन सय अमेरिकी डलर र पुष्प थापा मगरबाट एक सय अमेरिकी डलर गरी कुल चार सय अमेरिकी डलर र सम्मान पत्रबाट सम्मान गरिएको हो । काजल अमेरिकाको टेक्कासमा भएको डालास इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिप २०२५ मा निर्णायकको भूमिका निर्वाह गर्न त्यहाँ पुग्नुभएको थियो । १३औँ दक्षिण एसियाली खेलकुद ९साग० की स्वर्णधारी २७ वर्षीय काजल गत वर्ष तेक्वान्दोको अन्तर्राष्ट्रिय रेफ्री बन्नुभएको ...
नेपाल चारदेशीय टी-२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा

नेपाल चारदेशीय टी-२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा

नेपाल । नेपाल हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा प्रवेश गरेको छ । मिसन रोड क्रिकेट मैदानमा शनिबार आयोजक हङकङविरुद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएसँगै नेपाल शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । हङकङले नौ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि खेल पुनस् सञ्चालन हुन नसकेपछि दुवै टोलीले एक एक अङ्क बाँडेका हुन् । यससँगै नेपालले तीनबाट पाँच अङ्क बनायो । समान खेलबाट तीन अङ्क बनाएको हङकङ तेस्रो स्थानमा रह्यो । फाइनलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । चार अङ्क बनाएको कुवेत तेस्रो भएको हो । नेपालले पहिलो खेलमा कतारलाई आठ विकेटले हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो ।...
एनआरएनए खेलकुद प्रतिष्ठान प्राविधिक समितिको बैठक सम्पन्न

एनआरएनए खेलकुद प्रतिष्ठान प्राविधिक समितिको बैठक सम्पन्न

नेपाल । ११ अप्रिल २०२५ शुक्रवारका दिन गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठान प्राविधिक समितिको बैठक सम्पन्न भएको छ । बैठकले समितिको आगामी कार्ययोजना तय गर्नुका साथै आगामी २०८२ जेठ महिनामा कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने गैरआवासीय नेपाली खेलाडीहरुको छनौट कार्य यही २०८२ बैशाख २ गते खेलकुद प्रतिष्ठानको सचिवालय बालुवाटारमा गर्ने निर्णय भएको छ । यसरी नै संघको पुर्व निर्धारीत योजना अनुरुप संघले राष्ट्रिय खेलकुद प्रतियोगिताका १८ वटा विभिन्न खेल विधामा सहभागीता जनाउनका लागी आवश्यक प्राविधिक तयारीका कार्यहरु द्रुत गतिमा अगाडी बढाउने समेत निर्णय गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष तथा खेलकुद प्रतिष्ठानका संरक्षक डा बद्री केसी र संघका युवा संयोजक तथा खेलकुद प्रतिष्ठानका सदस्य सचिव सुपेन्द्र घिसिङ्गको उपस्थितिमा प्राविधिक समितिको बैठकमा संघका अध्यक्...