८ असार २०८३, सोमबार

भिडियो

लोकगायक प्रेमराजा महतको मौलिक कौराहा गीतको भिडियो सार्वजनिक

लोकगायक प्रेमराजा महतको मौलिक कौराहा गीतको भिडियो सार्वजनिक

नेपाल । लोकगायक प्रेमराजा महतको शब्द, सङ्गीत र स्वरमा तनहुँको मौलिक कौराहा गीतको भिडियो सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गीतको शब्द र सङ्गीत प्रेमराजा महतको रहेको छ । स्वरमा भने उहाँलाई अन्य कलाकारले समेत साथ दिएका छन् । सङ्गीत संयोजनमा बिबी अनुरागीले मिहिनेत गर्नुभएको छ भने ध्वनि मिश्रण श्यामश्वेत रसाइलीले गर्नुभएको छ । प्रिज्मा रेकर्डिङ स्टुडियोमा ध्वनि रेकर्डिङ भएको गीतको दृश्य सम्पादन मिराज अर्यालले गर्नुभएको हो । छायाङ्कनमा मानकृष्ण महर्जन र सुवास महर्जनले मिहिनेत गरेको भिडियोको कलरिङ राजेन्द्र मोक्तानले गर्नुभएको हो । गीतको परिकल्पना गायक महतको हो भने नृत्य निर्देशन एकिन्द्र साराशङ्करले गर्नुभएको छ । म्युजिक भिडियोमा गायक महत, चाहना रानामगरसँगै एकिन्द्र साराशङ्कर, प्रसिद्ध कटिला, अञ्जन थापा, प्रताप राना, नरेन्द्र थापा, हिमालजङ्ग भण्डारीले अभिनय गर्नुभएको छ । निर्मल न्यौ...
प्रहरी महानिरीक्षक कार्कीको गीत ‘अब बन्छ मेरो देश’ सार्वजनिक (भिडियो)

प्रहरी महानिरीक्षक कार्कीको गीत ‘अब बन्छ मेरो देश’ सार्वजनिक (भिडियो)

नेपाल । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीको शब्द रचना रहेको नयाँ राष्ट्रभक्तिमूलक गीत ‘अब बन्छ मेरो देश’ सार्वजनिक गरिएको छ । सामाजिक रूपान्तरण, अन्याय तथा अत्याचारको अन्त्य, आम नागरिकमा न्यायप्रतिको भरोसा र आशा, आपसी सहिष्णुता, भातृत्वभाव तथा राष्ट्रिय एकतामार्फत समृद्ध नेपाल निर्माण गर्न सकिने मूल सन्देशसहित सो गीत शुक्रबार सार्वजनिक गरिएको हो । गीतमार्फत समाजमा सकारात्मक सोच, सहकार्य र परिवर्तनको आवश्यकतालाई कलात्मक रूपमा औँल्याइएको छ । उक्त गीतमा दीपक शर्माको सङ्गीत तथा उदयराज पौडेलको एरेन्ज रहेको छ । गीतमा गायक समीर खरेल, सबिन सुवेदी तथा गायिकाद्वय सदिच्छा कट्टेल र बेनिसा पौडेलले स्वर दिनुभएको छ । गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल, सबिन कार्की, कविता नेपाली, चाहना रानामगर र किरण थापा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोको निर्देशन तथा नृत...
बालेनको नयाँ र्‍याप गीत ‘जय महाकाली’ सार्वजनिक (भिडियो)

बालेनको नयाँ र्‍याप गीत ‘जय महाकाली’ सार्वजनिक (भिडियो)

नेपाल । बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पदको शपथ लिनु अघिल्लो साँझ बिहीबार आफ्नो नयाँ र्‍याप गीत ‘जय महाकाली’ सार्वजनिक गरेका छन् । उनको आधिकारिक युट्युब च्यानलमार्फत बिहीबार बेलुका रिलिज गरिएको उक्त गीतमा शब्द, संगीत र स्वर स्वयं बालेनकै रहेको छ । गीतको भिडियोमा उनले देशको पूर्वदेखि पश्चिमसम्म गरेको चुनावी यात्राका झलकहरू समेटिएका छन् । विभिन्न स्थानमा जनतासँग भेटघाट, संवाद तथा ठूलो जनसमर्थनका दृश्यहरू भिडियोमा देख्न सकिन्छ । गत फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुई तिहाइ सिट जितेपछि बालेन प्रधानमन्त्री बन्ने तयारीमा छन् । उनी शुक्रबार प्रधानमन्त्री पदको शपथ लिँदैछन् । कलाकारिता र इन्जिनियरिङ पृष्ठभूमि भएका बालेनले राजनीति र संगीतलाई एकसाथ अघि बढाउँदै आफ्नो नयाँ सिर्जनामार्फत समर्थकलाई उत्साहित बनाएका छन् । https://www.youtube.com/watch?v=Yse0H...
चलचित्र ‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ सार्वजनिक (भिडियो)

चलचित्र ‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ सार्वजनिक (भिडियो)

नेपाल । षट्कोण आर्ट्सले निर्माण गरेको चलचित्र ‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ सार्वजनिक गरिएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमबिच सार्वजनिक गरिएको उक्त गीतमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा, मुकुन्द श्रेष्ठ तथा डेब्यु कलाकार विशाल देवकोटा देखिनुभएको छ । प्रदीप लामाको कोरियोग्राफी रहेको गीतमा स्वस्तिमा र समाइराको नृत्य मुख्य आकर्षण बनेको छ । गीतमा दीपिका बयम्बुमगर र खेम सेन्चुरीको स्वर रहेको छ । साथै सङ्गीत खेम सेन्चुरीकै रहेको छ भने शब्द रमेश बिजीले लेख्नुभएको हो । चलचित्रको प्रदर्शन मिति आगामी वर्ष विसं २०८३ वैशाख १८ गतेलाई तय गरिएको छ । बर्दियाको राजापुरमा छायाङ्कन गरिएको उक्त चललचित्रमा स्वस्तिमा, रवीन्द्रसिंह, समाइरा र विशालसँगै अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश बादी, सरस्वती अधिकारीलगायतको...
तेज विनोदको ‘क्या राम्री हौ’ टिकटकमा भाइरल

तेज विनोदको ‘क्या राम्री हौ’ टिकटकमा भाइरल

अमेरिका । एनआरएन अभियन्ता तेज विनोदको नयाँ गीत “क्या राम्री हौ” अहिले टिकटक, फेसबुक लगायतका सामाजिक सन्जालमा चर्चामा छ । एक साता पहिले युट्युव मार्फत रिलिज भएको गीतमा टिकटकमा मात्रै २० हजार भन्दा बढी भिडियो बनेका छन् । लोक दोहोरी लयमा बनेको डान्सिङ प्याटर्नको गीत विशेष गरि युवा पुस्ताले बढी रुचाएका छन् । तेज विनोदको शब्द रहेको गीतमा चर्चित सर्जक शिब हमालको संगित रहेको छ भने युवा पुस्तामा चर्चित गायक डिप्लभ खाती र दीपिका बयम्बुले आवाज दिएका छन् । राजकुमार मगरले निर्देशन गरेको म्युजिक भिडियोमा सागर लम्साल बले, तेज विनोद, सुनिसा बजगाईँ, जानभी बस्नेर र ल्याङ्ग्री दादाको अभिनय रहेको छ । अमेरिकालाई कर्मथलो बनाएर बिगत एक दशक भन्दा बढी समय सफ्टवेर इन्जिनियरको रुपमा कार्यरत विनोदको यस अघि पनि “चर्को नबोल” शीर्षकको पञ्चे बाजाको गीत बजारमा आएको थियो । तेज विनोदका गीतहरु हाम्रो ट्युब नामक युट्युब च्...
विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक (भिडियो)

विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक (भिडियो)

नेपाल । चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ । बुधबार ‘म त नराउरी’ बोलको गीत युट्युबमा सार्वजनिक भएको हो । विष्णुको यस वर्षको तीज गीतमा पनि उनका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । भिडिओमा गत वर्षकै गीत ‘आइनँ आमा यो तीजमा’ की मोडल ललिता पौडेलले निरन्तरता पाएकी छन् । भिडिओमा ६० जना कोरस डान्सर राखिएको छ । भिडिओको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् । छायांकन शम्भु चालिसेको छ भने सम्पादन प्रविन भट्टको हो । https://www.youtube.com/watch?v=jINNUJzvTaM...
कोमल वलीको तीज गीत ‘सिंगापुरे सारीमा’ सार्वजनिक (भिडियो)

कोमल वलीको तीज गीत ‘सिंगापुरे सारीमा’ सार्वजनिक (भिडियो)

नेपाल । चर्चित गायिका कोमल वलीको तीज गीत ‘सिंगापुरे सारीमा’ सार्वजनिक भएको छ । यादवप्रसाद पन्त र बसन्त योगीको शब्द रहेको गीतमा कोमल वलीको स्वर रहेको छ । गीतमा संगीत भने पुष्कर सुनुवारले भरेका छन् । गीतको भिडियो नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले विमोचन गरेका हुन् । गीतको भिडियोमा इच्छा अधिकारीसँगै कोमल वलीले आफैँले अभिनय गरेकी छिन् । गीतको भिडियोको कोरियोग्राफी तथा निर्देशन प्रसान्त मगर गरेका हुन् । गीतको भिडियो भने दिनेश पराजुलीले खिचेका छन् । गायिका वलीको बिहे गर्ने आशा अझै नमरेको र त्यसका लागि भगवान् शिवलाई पुकार गरेको आशय शब्दमा हेर्न र सुन्न पाइन्छ । https://www.youtube.com/watch?v=4xL2blEfbNU&t=4s...
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ बोलको गीत सार्वजनिक (भिडियो)

प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ बोलको गीत सार्वजनिक (भिडियो)

नेपाल । लोकगायक प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ बोलको गीत सार्वजनिक भएको छ। तीज गीतमा गायक महतलाई गायिका सुनिता दुलालले साथ दिनुभएको छ। सियोन श्रेष्ठको कोरियोग्राफी एवम् निर्देशन रहेको गीतको छायांकन श्याम तामाङले गर्नुभएको हो। रानी मुना कार्कीले निर्माण गरेको भिडियोमा नायिका अञ्जली अधिकारी र गायक महत स्वयम्ले अभिनय गर्नुभएको छ। गीतमा रत्न बिकको बाँसुरी, हेमन्त कान्छा रसाइलीको सारंगी, मदन रेग्मीको मादल र शिशिर परियारको सनइको धुन सुन्न सकिन्छ। शब्द र संगीत गायक महतकै रहेको गीत बिहीबार उहाँकै युट्युब च्यानलबाट सार्वजनिक भएको हो । https://www.youtube.com/watch?time_continue=2&v=qfkFug2olc0&embeds_referring_euri=https%3A%2F%2Fgorkhapatraonline.com%2F&source_ve_path=Mjg2NjY...
गायक राजु लामाको नयाँ गीत ‘प्रेम रोग’ सार्वजनिक (भिडियो)

गायक राजु लामाको नयाँ गीत ‘प्रेम रोग’ सार्वजनिक (भिडियो)

नेपाल । गायक राजु लामाले नयाँ गीत सार्वजनिक गरेका छन् । चर्चित ब्यान्ड मंगोलियन हार्टका लिड भोकलिस्ट राजुले ‘प्रेम रोग’ बोलको रोमान्टिक गीत बजारमा ल्याएका हुन् । राजुकै शब्द र संगीत रहेको गीतको भिडियोमा उनकै अभिनय छ । उनीसँग अभिनेत्री करिष्मा श्रेष्ठले स्क्रिन सेयर गरेकी छन् । पवन सुस्लिङको छायांकन तथा सम्पादन रहेको यो गीतको भिडियो कोरियोग्राफी सोनम पाख्रिनले गरेका छन् । गीतको भिडियो निर्देशन पनि सोनम पाख्रिनले नै गरेका हुन् । https://youtu.be/SFhDYl3Hf04  ...
चर्चित गायक हेमन्त शर्माको ‘आउथ्यो दशैं’ बोलको गीत सार्वजनिक (भिडियो)

चर्चित गायक हेमन्त शर्माको ‘आउथ्यो दशैं’ बोलको गीत सार्वजनिक (भिडियो)

नेपाल । चर्चित गायक हेमन्त शर्माले नेपालीहरुको महान् चाड बडा दशैंको अवसर पारेर ‘आउथ्यो दशैं’ बोलको गीत बजारमा ल्याएका छन् । उक्त गीतमा शर्मा र चर्चित गायिका मेलिना राइको आवाज रहेको छ । गीतको शब्द रचना तथा संगीत भने शर्मा स्वयम् आफैले गरेका हुन् । नेपालीहरुले दशैं मनाउने शैली, परम्परा लगायतका रमाइलोसँगसँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ । उक्त गीत गायक शर्माको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा गायक शर्मासंगै रजनी गुरुङ, डोना थापा मगर, ललना चिमरिया र अलिसा राईको अभिनय रहेको छ । भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका छन् । लामो संगीत यात्रामा पहिलो पटक शर्माले दशै गीत निकालेका हुन् । https://www.youtube.com/watch?time_continue=7&v=ezxnRgCAsK0&embeds_referring_euri=https%3A%2F%2Fnewsofnepal.com%2F&source_ve_path=M...