१५ कार्तिक २०८३, आईतवार

अर्थतन्त्र

मलेसिया रोजगारीबारे भ्रामक सूचना नफैलाउन आग्रह

मलेसिया रोजगारीबारे भ्रामक सूचना नफैलाउन आग्रह

नेपाल । मलेसिया रोजगारीका विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भ्रमपूर्ण र तथ्यहीन सूचना सम्प्रेषण भइरहेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यस्ता सूचनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मलेसिया रोजगारीको पछिल्लो अवस्थाबारे मलेसिया सरकारका सम्बन्धित निकायसँग निरन्तर कूटनीतिक संवाद भइरहेको जनाएको हो । सरकारले आपसी संवादका माध्यमबाट यस विषयलाई यथाशीघ्र टुङ्ग्याउने पक्षमा रहेको विज्ञप्तिमा उल्लेख छ । नेपालको संविधान, प्रचलित कानुन, वैदेशिक रोजगार ऐन तथा नियमावली, द्विपक्षीय सन्धि–सम्झौता र अन्तर्राष्ट्रिय कानुनको परिधिभित्र रहेर सरकारले यस विषयमा संवाद गरिरहेको मन्त्रालयले स्पष्ट पारेको छ । श्रमिकको दीर्घकालीन हित संरक्षणका लागि नेपालको संविधान, कानुनी व्यवस्था र श्रम समझदारीविपरीतका प्रणाली तथा पद्धति उपयुक्त नहुन...
एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन ऊर्जामन्त्री श्रेष्ठ बैंककमा

एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन ऊर्जामन्त्री श्रेष्ठ बैंककमा

बैंकक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक आइपुग्नुभएको छ । एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मन्त्री श्रेष्ठ मंगलबार बेलुका बैंकक आइपुग्नुभएको हो । बैंककमा नेपाली राजदूत धनबहादुर वलीले मन्त्री श्रेष्ठलाई स्वागत गर्नुभएको थियो । संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र सामाजिक आयोगद्वारा आयोजित सम्मेलनलाई मन्त्री श्रेष्ठले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी नेपाल र यूएन इएससीएपीले संयुक्त रुपमा आयोजना गरेको ‘सगरमाथादेखि सागरसम्मस् एसिया(प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी(त्रिशूली घटनाले सिकाएका पाठहरू’ विषयक कार्यशालालाई मन्त्री श्रेष्ठले बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ । विहीबारै मन्त्री श्रेष्ठले एसियन इन्...
सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र, ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात

सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र, ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात

नेपाल । नेपालको विद्युत् क्षेत्रलाई उत्पादनमुखी संरचनाबाट प्रतिस्पर्धी र बजारमुखी बनाउने उद्देश्यसहित सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र प्रदान गरेको छ। यससँगै विद्युत् उत्पादनमा सक्रिय निजी क्षेत्रलाई विद्युत् व्यापारमा समेत सहभागी गराउने दिशामा महत्वपूर्ण कदम अघि बढेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्णयअनुसार आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले स्वदेशी तथा विदेशी विद्युत् बजारको अध्ययन, सम्भावित खरिदकर्ता तथा व्यापारिक साझेदारको पहिचान, प्राविधिक तथा वित्तीय सम्भाव्यता अध्ययन र आवश्यक व्यावसायिक तयारी गर्न सक्नेछन्। नेपालको जलविद्युत् उत्पादन क्षमता विस्तार हुँदै गएको सन्दर्भमा उत्पादित विद्युत्को दिगो बजार सुनिश्चित गर्नु, विद्युत् व्यापारका नयाँ अवसर पहिचान गर्नु र निजी लगानीको सम्भावना विस्तार गर्नु यस व्यवस्थाका प्रमुख उद्देश्य हुन्। यस...
ग्यास बिक्री वितरण गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्न निर्देशन

ग्यास बिक्री वितरण गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्न निर्देशन

नेपाल । नेपाल आयल निगमले एलपी ग्यास बिक्री वितरण गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्न ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ । निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार सबै ग्यास उद्योगलाई पत्राचार गर्दै ग्यास बिक्री गरेपछि अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो । निगमका अनुसार उद्योगहरूले नियुक्त गरेका कतिपय विक्रेताले ग्यास बिक्री गरेपछि बिलबिजक जारी नगर्ने गरेको गुनासो आएको छ । सोही गुनासोलाई सम्बोधन गर्दै निगमले विक्रेतामार्फत अनिवार्य रूपमा भ्याट बिल जारी गरी ग्यास बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको हो । निगमले यसअघि पनि निर्णय कार्यान्वयनका सम्बन्धमा २०८१ साउन ३० र २०८१ माघ १० गते सम्बन्धित सङ्घलाई पत्राचार गरेको स्मरण गराएको छ । निगमका निर्देशक ई। विनितमणि उपाध्यायद्वारा हस्ताक्षरित पत्रमा ग्यास बिक्री गर्दा अनिवार्य रूपमा बिलबिजक जारी ग...
ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकासे पुल बन्दै

ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकासे पुल बन्दै

नेपाल । ललितपुरको कुसुन्ती हाइटस्थित चक्रपथमा निर्माणाधीन लिफ्टसहितको अपाङ्गतामैत्री आकासे पुलको काम अन्तिम चरणमा पुगेको छ । मुलुककै पहिलो मानिएको सो अपाङ्गतामैत्री आकासे पुल बढीमा अबको डेढ महिनाभित्र सञ्चालनमा आउने गरी तीव्र गतिमा काम भइरहेको छ । ललितपुर महानगरका नगरप्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाको पहल र लगानीमा निर्माण भइरहेको सो पुल बढीमा अबको डेढ महिनाभित्र सञ्चालनमा आउने जानकारी दिनुभयो । चक्रपथमा कुनै पनि भौतिक संरचना निर्माण गर्दा सङ्घीय सरकारको अनुमति लिनुपर्ने प्रावधानका कारण अनुमति लिने क्रममा केही ढिलो भएको र यो सङ्घीय सरकारको तत्वावधानमा निर्माण भइरहेको हो कि भन्ने लागेको महानगर प्रमुख महर्जनले स्पष्ट पार्नुभयो । ललितपुर महानगरका पूर्वाधार विभाग प्रमुख इन्जिनियर प्रदीप पौडेलले सो आकासे पुलको निर्माण ८५ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार स...
सुनको मूल्य रु ११ हजार ७०० घट्यो

सुनको मूल्य रु ११ हजार ७०० घट्यो

नेपाल । नेपाली बजारमा आइतबार सुनको मूल्य रु ११ हजार ७०० र चाँदीको मूल्य रु २३० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ७८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९५५ कायम भएको थियो । गत कात्तिक २ गते छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार १८५ कायम भएको थियो । दसैँ पर्वको कारणले करिब एक साता स्थानीय बजारमा सुनचाँदीको मूल्य निर्धारण गरिएको थिएन ।...
एक अर्ब रुपियाँ बराबरको खसीबोका र च्याङ्ग्राको कारोबार

एक अर्ब रुपियाँ बराबरको खसीबोका र च्याङ्ग्राको कारोबार

नेपाल । यसपालि दसैँमा काठमाडौं उपत्यकामा करिब एक अर्ब रुपियाँ बराबरको खसीबोका र च्याङ्ग्राको कारोबार भएको छ । दसैैँको एक सातामा बजारमा ९७ करोड रुपियाँ बराबरको ४० हजार खसीबोका र च्याङ्ग्रा कारोबार भएको चौपाया खरिदबिक्री संघले जनाएको छ । गत वर्ष एक अर्ब १६ करोड रुपियाँ बराबरको कारोबार भएकोमा यो वर्ष बजारमा माग कम हुँदा कारोबारमा समेत कमी आएको हो । सङ्घका अध्यक्ष जीवनराज खड्काले गत वर्षभन्दा यसपालि १५ हजार सङ्ख्यामा खसीबोकाको बिक्री कम भएको बताउनुभयो । गत वर्षको दसैँमा ५५ हजार च्याङ्ग्रा बिक्री भएकोमा यो वर्ष ४० हजारमा सीमित रहेको उहाँको भनाइ छ ।...
करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताहरु घोषणा

करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताहरु घोषणा

नेपाल । करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिक (असोज १६ गतेदेखि मसान्तसम्म) को १७ जना विजेता घोषणा गरिएको छ । काठमाडौंको न्यूरोडस्थित विशाल बजार परिसरमा आज विजेता छनोट कार्यक्रम गरिएको थियो । वरिष्ठ कलाकार एवम् निर्माताद्वय दिपकराज गिरी र दीपश्री निरौलाले संयुक्त रुपमा विजेता छनोट र घोषणा गर्नुभएको हो । विजेता छनोट कार्यविधिअनुसार असोज महिनाको दोस्रो पाक्षिकमा १६ जना उपभोक्ताले एक लाख ३३ हजार ३३४ र एक जनाले बम्परमा १० लाख रुपैयाँ जित्न सफल हुनुभएको छ । ...
२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुनःस्थापना प्रणाली (इआरएस) टावर प्रयोग गरी उक्त खण्डलाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो। शनिबार राति सवा १० बजे प्रसारण लाइनको २२० केभीको एउटा सर्किटलाई चार्ज गरी अस्थायी रुपमा सञ्चालनमा ल्याइएको छ । बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित प्रसारण लाइनका चारवटा टावरमा क्षति पुर्याएको थियो। तीमध्ये टावर नम्बर २१, २३ र २४ पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए भने टावर नम्बर २२ मा आंशिक क्षति पुगेको थियो । प्रसारण लाइन अवरुद्ध भएपछि दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका निजी क्षेत्रका पाँच जलविद्युत् आयोजनाबाट ...
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

नेपाल । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसुर र इनाम सापकोटासँगको कारोबार तथा सम्बन्ध जोडिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले शनिबार भट्टलाई ललितपुरबाट पक्राउ गरेको हो । पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौँमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।...