१ आश्विन २०८३, बिहीबार

अर्थतन्त्र

कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न, बिहीबारदेखि पूर्ण रुपमा यातायात सञ्चालन

कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न, बिहीबारदेखि पूर्ण रुपमा यातायात सञ्चालन

नेपाल । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। उक्त खण्डमा यही भदौ २८ गतेदेखि परीक्षणका रुपमा यातायात सेवा सुरु भइसकेको छ भने आगामी असोज १ गतेदेखि पूर्ण रुपमा यातायात सञ्चालन सुरु हुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले यही भदौ १७ गते सङ्घीय संसद्मा सम्बोधनका क्रममा रसुवाको बाढीले क्षतिग्रस्त कृष्णभीर खण्ड भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने बताएका थिए।...
नेपाल वायुसेवा निगमको वाइडबडी सी-चेकका लागि एक महिनादेखि इटालीमा

नेपाल वायुसेवा निगमको वाइडबडी सी-चेकका लागि एक महिनादेखि इटालीमा

नेपाल । नेपाल वायुसेवा निगमको वाइडबडी नाइन एन एलजेट ‘मकालु’ जहाज एक महिनादेखि इटालीमा रोकिएको छ । नियमित विस्तृत परीक्षण (सी–चेक) का लागि साउन २४ गते इटाली पुगेको उक्त जहाजको दायाँ इन्जिनको अटो ब्रेकिङ सिस्टममा समस्या देखिएपछि समयमै मर्मत हुन नसक्दा ३५ दिनदेखि उतै रोकिएको हो । निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनका अनुसार साउन २४ गते इटाली पुगेको उक्त जहाज भदौ १५ गते नेपाल फर्किने तालिका थियो तर सी–चेकका क्रममा जहाजको दायाँ इन्जिनको अटो ब्रेकिङ सिस्टममा समस्या देखिएपछि आवश्यक पार्ट फेर्नुपर्ने अवस्था आएको र उक्त पार्ट तत्काल इटालीमा उपलब्ध नभएपछि जहाजको मर्मत अवधि लम्बिएको हो । विस्तृत परीक्षणका क्रममा अतिरिक्त खराबी भेटिने गरे पनि समस्या पहिचान भएपछि आवश्यक पार्ट तत्काल उपलब्ध गराउन नसक्दा जहाजको ग्राउन्डिङ अवधि लम्बिएको उहाँको भनाइ छ । इटालीको एसपी एटिटेक कम्पनीमा सी–चेक गराउन उक्त...
नौविसे-मुग्लिन खण्डमा पर्ने कृष्णभीरमा असोज १ गतेदेखि यातायात पूर्ण रूपमा सञ्चालन हुने

नौविसे-मुग्लिन खण्डमा पर्ने कृष्णभीरमा असोज १ गतेदेखि यातायात पूर्ण रूपमा सञ्चालन हुने

नेपाल । पृथ्वी राजमार्गको नौविसे–मुग्लिन खण्डमा पर्ने धादिङको कृष्णभीरमा असोज १ गतेदेखि यातायात पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । आइतबार परीक्षणका रूपमा यातायात सञ्चालन गरिएको यो राजमार्ग सर्वसाधरणका लागि असोज १ गतेबाट खुला गरिने सडक विभागले जनाएको छ । त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण कृष्णभिर क्षेत्रमा करिब एक सय मिटर सडक कटान गरेपछि सो राजमार्ग भदौ १४ गते देखि अवरूद्ध छ । सडक विभागले आवश्यक स्रोत, साधन, जनशक्ति तथा उपकरण परिचालन गरी नयाँ ट्र्याक निर्माण गरी सडक पुनःस्थापनाको काम अघि बढाएकाले राजमार्ग सञ्चालनको अवस्थामा पुगेको हो । सडक विभागले आइतबार राति विज्ञप्ति जारी गर्दै निर्माणाधीन ट्र्याकको अवस्था र सवारी आवागमनको सम्भाव्यता परीक्षण गरिएकाले असोज १ गतेबाट सञ्चालनमा ल्याइने उल्लेख छ । उक्त राजमार्ग आइतबार परीक्षण गरिएको थियो । सोमबार ९आज० परीक्षणलाई पनि निरन्तरता दिद...
काठमाडौंमा पाँच दिनमा दुई लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री

काठमाडौंमा पाँच दिनमा दुई लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री

नेपाल । पछिल्लो पाँच दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका दुई लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री गरिएको छ । पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमको समन्वयमा तराईका उद्योगमा सिलिण्डर रिफिल गरी बैकल्पिक बाटोबाट ती सिलिण्डर काठमाडौँमा ल्याई बिक्री गरिएका हुन् । निगमका अनुसार सोमबार ४८ हजार १०९, मङ्गलबार ४६ हजार २१८, बुधबार ५३ हजार ४६९, बिहीबार ४५ हजार २३० र बिहीबार ४० हजार ६३६ थान सिलिण्डर काठमाडौँ ल्याएर बिक्री गरिएका छन् । मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले यही भदौ १४ गतेदेखि काठमाडौँ, धादिङ र काभ्रेपलाञ्चोकस्थित उद्योगका सिलिण्डर बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर बैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको थियो । पृथ्वी राजमार्ग नियमित सञ्चालन नहुँदासम्म वैकल्पिक मार्गबाट ग...
तादी खोलामा बन्यो पुल, गोल्छीदेखि धुन्चेसम्मको मुख्य सडक सम्पर्क जोडियो

तादी खोलामा बन्यो पुल, गोल्छीदेखि धुन्चेसम्मको मुख्य सडक सम्पर्क जोडियो

नेपाल । भोटेकोशी नदीमा आएको बाढीपहिरोका कारण सडक तथा पुल बगाएपछि अवरुद्ध भएको रसुवा–नुवाकोट सडक सम्पर्क नेपाली सेनाले तादी खोलामा ७२ घण्टामै नयाँ पुल निर्माण गरी सञ्चालनमा ल्याएको छ। पुल सञ्चालनमा आएसँगै धादिङको गोल्छीदेखि रसुवाको धुन्चेसम्मको मुख्य सडक सम्पर्क पुनः जोडिएको छ। यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवाको उत्तरी क्षेत्रमा जाने मुख्य सडक तथा पुलमा ठूलो क्षति पुर्‍याएपछि रसुवा, नुवाकोट लगायत भोटेकोशी आसपासका क्षेत्रको यातायात सम्पर्क प्रभावित भएको थियो । बाढीले सडक र पुलमा क्षति पुर्‍याउँदा अत्यावश्यक सामग्री ढुवानी, उद्धार तथा राहतका कामसमेत प्रभावित भएका थिए। बाढीबाट अवरुद्ध सडक सञ्चालनमा ल्याउन नेपाली सेना र सडक विभागको सहकार्यमा तादी खोलामा ट्रिपल सिंगल रिइन्फोर्स्ड प्रकारको पुल निर्माण गरिएको हो । पुलको लम्बाइ ५७.९ मिटर र चौडाइ ५।५ मिटर रहेको छ। पुलको भारवहन क्षमत...
पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन

पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन

नेपाल । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) प्रतिवेदनअनुसार विपद्बाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै ४ खर्ब ७३ अर्ब ५७ करोड १९ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यो कुल विपद् पुनरुत्थान आवश्यकताको ७५ प्रतिशत हिस्सा हो। पूर्वाधार क्षेत्रमध्ये पनि ऊर्जा र सडकमा व्यापक क्षति पुगेको छ। जहाँ ७५९ मेगावाट क्षमताका १३ वटा जलविद्युत् आयोजना र २४ मेगावाटका ५ वटा सोलार प्लान्ट प्रभावित भएका छन्। यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थानका लागि मात्रै ३ खर्ब ९० अर्ब ६२ करोड ३० ल...
कार्यक्षेत्रमा घाइते कर्मचारीलाई क्षतिपूर्ति तथा उपचार खर्च उपलब्ध गराउने निर्णय

कार्यक्षेत्रमा घाइते कर्मचारीलाई क्षतिपूर्ति तथा उपचार खर्च उपलब्ध गराउने निर्णय

नेपाल । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी सन्देश मगर (शेरबहादुर मगर) लाई विद्युत् क्षतिपूर्ति विनियमावली, २०७७ बमोजिम क्षतिपूर्ति तथा उपचार खर्च गरी कुल रु. १९ लाख ७८ हजार ३०१ उपलब्ध गराउने निर्णय गरेको छ । मेलम्ची वितरण केन्द्रको कार्यक्षेत्रअन्तर्गत मेलम्ची नगरपालिका–१०, आम्बोटेमा २०८२ चैत ११ गते १५ केभी प्रसारण लाइनको डिस्क पिन परिवर्तन गर्ने क्रममा करेन्ट लागेर घाइते हुनुभएका मगरको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गरिएको थियो। उपचारका क्रममा रु. ९ लाख ७८ हजार ३०१ खर्च भएको थियो। विनियमावलीअनुसार रु. १० लाख क्षतिपूर्ति तथा उपचारमा लागेको रु. ९ लाख ७८ हजार ३०१ गरी कुल रु. १९ लाख ७८ हजार ३०१ उपलब्ध गराउने निर्णय भएको हो। प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले...
बाढी प्रभावित नुवाकोटको देवीघाटमा एक्रो ब्रिज जडानको कार्य सम्पन्न

बाढी प्रभावित नुवाकोटको देवीघाटमा एक्रो ब्रिज जडानको कार्य सम्पन्न

नेपाल । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि ठप्प बनेको नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले ५ दिन अगाडि सुरु गरेको एक्रो ब्रिज जडानको कार्य बुधबार राति सम्पन्न भएको छ। सेनाको टोलीले निरन्तर खटिएर पुल जडान पूरा गरेको हो। नयाँ पुल जडान भएसँगै बिहीबारदेखि पैदलयात्रीहरूका लागि आवतजावत खुला गरिने भएको छ भने शुक्रबारदेखि सवारी साधनहरू समेत सञ्चालनमा आउने छन्। ​यसअघि भोटेकोशीको बाढीले यहाँ रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। सेनाले छोटो समयमै पुल जडान गरेपछि स्थानीयवासी, व्यापारी तथा यात्रुहरूलाई राहत मिलेको छ।...
जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा भएको क्षति अत्यन्तै असामान्यः अन्तर्राष्ट्रिय टनेल विज्ञ आर्नोल्ड डिक्स

जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा भएको क्षति अत्यन्तै असामान्यः अन्तर्राष्ट्रिय टनेल विज्ञ आर्नोल्ड डिक्स

नेपाल । अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा भएको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको विपत्ति भएको बताउनुभएको छ । भोटेकोशी–त्रिशूली क्षेत्रमा बाढीपछि प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीनहरुको खोज तथा उद्धारमा प्राविधिक सहयोग गरिरहनुभएका डिक्सले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठलाई उद्धार कार्यको पछिल्लो अवस्थाबारे जानकारी गराउनुभएको थियो । त्यसपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विपत्तिको प्रकृति र उद्धारमा देखिएका चुनौती असाधारण रहेको बताउनुभयो । ‘यस किसिमको विपत्ति विश्वमा विरलै भएको मेरो अनुभव छ । सम्भवतः यस्तो घटना पहिलो नै होला,’ उहाँले भन्नुभयो । डिक्सका अनुसार बाढीले करिब ७२ किलोमिटर क्षेत्रलाई प्र...
करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

नेपाल । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा घाइते कर्मचारीलाई उपचार क्षतिपूर्ति र अन्य क्षतिपूर्तिवापत १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीकाअनुसार मेलम्ची वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने मेलम्ची नगरपालिका १० आम्बोटेमा कार्यरत खोटाङका २५ वर्षीय सन्देश मगर भन्ने शेरबहादुर मगर १५ केभी प्रसारण लाइनको डिस्क पिन बदली गर्ने ०८२ चैत ११ गते करेन्ट लागेर विद्युत दुर्घटनामा परि घाइते भएका थिए । उनलाई उपचारका लागि सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो । उपचारमा ९ लाख ७८ हजार ३०१ रुपैयाँ खर्च भएको थियो । नेपाल विद्युत् प्र...