नेकपा एमालेले देशव्यापी रूपमा सुझाव संकलन गर्ने
नेपाल । नेपाल कम्युनिष्ट पार्टी एमालेले पार्टीको सङ्गठन सुदृढीकरण र भावी कार्यदिशा बनाउनका लागि देशव्यापी रूपमा सुझाव सङ्कलन गर्ने निर्णय गरेको छ ।
ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गठित निर्वाचन समीक्षा तथा पुनःगठन कार्यदलले देशव्यापी सुझाव सङ्कलन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए ।
उनले बैठकले पार्टी संरचना थप सुदृढ र प्रभावकारी बनाउन प्रदेशदेखि केन्द्र तहसम्म सुझाव सङ्कलन तथा छलफल कार्यक्रम सञ्चालन गर्ने भएको बताए ।
उनका अनुसार राजधानीसहित आठ प्रदेश कमिटी, जनसङ्गठन, सम्पर्क समन्वय र विभाग प्रमुख तथा निकायका पदाधिकारीसँग सङ्गठन सुदृढीकरण र पार्टीको भावी कार्यदिशा बनाउन सुझाव सङ्कलन गर्न थालिएको हो ।
प्रदेश स्तरीय भेलामा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला तह...









