
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘शाम्बाला’ ले जित्यो उत्कृष्ट गौतम बुद्ध अवार्ड
नेपाल । आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा मिनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ ले उत्कृष्ट गौतम बुद्ध अवार्ड जितेको छ ।
चैत ७ गतेदेखि ११ गतेसम्म काठमाडौँमा भएको निफ महोत्सवमा ४० देश का ८७ फिल्म प्रदर्शन भएका थिए ।
त्यस्तै, फिल्म ‘आँखा’ले उत्कृष्ट राष्ट्रिय फिचर फिल्म अवार्ड हात पारेको छ । उत्कृष्ट निर्देशक तर्फ ‘पुजार सार्की’ बाट निर्देशक दिनेश राउत घोषित भए ।
त्यस्तै, उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र ‘पुजार सार्की’ बाट अञ्जना बराइलीले जितिन् । उत्कृष्ट अभिनेतातर्फ ‘आखाँ’बाट आर्के मेहताले हात पारे । त्यसैगरी, राष्ट्रिय फिचर फिल्म अवार्ड छायांकार राजेश श्रेष्ठले जितेका छन् । उत्कृष्ट राष्ट्रिय चलचित्र लेखन अवार्ड जौन योञ्जनले पाएका छन् ।
त्यसैगरी, भारतीय चलचित्र ‘रूक्मिणी’ले डङ्की आट्य अवार्ड मञ्जुश्री अवार्ड (एआई फिल्म अवार्ड) अर्जेन्टिनाको चलचित्र ‘द अविस्’ ...