३१ भाद्र २०८३, बुधबार

मनोरन्जन

अस्टेलियामा हुन लागेको नवौं ग्लोबल नेपाली फिल्म अवार्डको नयाँ मिति तय, अब १० अप्रिल २०२७ मा

अस्टेलियामा हुन लागेको नवौं ग्लोबल नेपाली फिल्म अवार्डको नयाँ मिति तय, अब १० अप्रिल २०२७ मा

अमेरिका । अस्टेलियामा हुन लागेको नवौं ग्लोबल नेपाली फिल्म अवार्ड-२०२६ को मिति परिवर्तन भएको छ । नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड LLC (USA) र भारा इन्टरटेन्मेन्ट अष्ट्रेलियाको संयुक्त आयोजनामा डिसेम्बर १७ मा अष्ट्रेलियाको सिड्नीमा कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम अब १० अप्रिल २०२७, शनिबार आयोजना हुनेछ । गत भदौ १० गते नेपालमा पछिल्लो समय उत्पन्न भएको प्राकृतिक विपद् तथा त्यसबाट सिर्जित असहज र संवेदनशील परिस्थितिका कारण पूर्वनिर्धारित मितिमा आयोजना गर्न सम्भव नभएकाले कार्यक्रमको मिति परिवर्तन गर्ने निर्णय भएको ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसि यूएसएका चेयरपर्सन नायक/निर्देशक नवराज श्रेष्ठले बताउनु भयो । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, नेपाली चलचित्रकर्मीहरूको सम्मान तथा विश्वभर छरिएर रहेका नेपाली चलचित्रप्रेमी, कलाकार एवं चलचित्र क्षेत्रसँग आबद्ध व्यक्तित...
ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू: एलिफेन्ट्स इन दी फग’ छनोट

ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू: एलिफेन्ट्स इन दी फग’ छनोट

नेपाल । ९९ औँ एकेडेमी अवार्ड (ओस्कार अवार्ड) मा नेपालबाट चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन दी फग’ छनोट भएको छ । दी एकेडेमी अफ मोसन पिक्चर आटर्स एन्ड साइन्सेस अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन दी फग’ लाई नेपालबाट सिफारिस गरेको हो । प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत ओस्कारमा छनोट भएपछि चलचित्र तिनीहरूः एलिफेन्ट्स इन दी फगलाई बधाई तथा शुभकामना दिनुभएको छ । उहाँले भन्नुभयो, “अविनाशविक्रम शाह निर्देशित चलचित्र अस्कर अवाडर्सका लागि नेपालको आधिकारिक प्रवेशका रूपमा छनोट भएको छ । सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा आगामी यात्राका लागि धेरै धेरै शुभकामना । उहाँले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै गरेको यो चलचित्र अहिले देशभर दोस्रो सातामा प्रदर्शनरत रहेको पनि उल्लेख गर्नुभएको छ । ओस्कार अवार्डमा प्रतिस्पर्धाका ला...
डोमिनिकन रिपब्लिककी जोहेरी मोला डोमिनगेजलाई मिस वर्ल्डको उपाधि

डोमिनिकन रिपब्लिककी जोहेरी मोला डोमिनगेजलाई मिस वर्ल्डको उपाधि

नेपाल । डोमिनिकन रिपब्लिककी जोहेरी मोला डोमिनगेजले मिस वर्ल्डको उपाधि जित्नुभएको छ । २४ वर्षीय डोमिनगेज शनिबार साँझ भियतनामको न्हा ट्राङमा आयोजित आयोजित ७३ औँ मिस वर्ल्डको ग्रान्ड फिनालेमा मिस वर्ल्ड बन्नुभएको हो । उहाँलाई गत वर्षकी विजेता ओपल सुचाताले विश्व सुन्दरीको ताज पहिराउनुभयो । विश्वभरका १११ प्रतिस्पर्धीलाई पछि पार्दै डोमिनगेजले उपाधि हात पार्नुभएको हो । डोमिनिकन रिपब्लिकले ४४ वर्षपछि मिस वर्ल्डको ताज जितेको छ । यसअघि सन् १९८२ मा मारियासेला अल्भारेजले डोमिनिकन रिपब्लिकका लागि पहिलो पटक यो उपाधि जित्नुभएको थियो । स्पेनकी एलिजाबेथ रेयनेस अलाबर्न पहिलो रनरअप बन्नुभयो । मलेसियाकी तानुसिया चेट्टी दोस्रो रनरअप बन्नुभयो । चेट्टीले ‘ब्युटी विथ अ पर्पस’ को उपाधिसमेत जित्न सफल हुनुभएको थियो । इरिट्रिया, मलेसिया, भियतनाम, डोमिनिकन रिपब्लिक, स्पेन र दक्षिण अफ्रिकाका प्रतियोगी अन्तिम छ मा पु...
प्रदर्शनको तयारीमा रहेका चलचित्र पूर्वनिर्धारित मितिमा प्रदर्शन नहुने

प्रदर्शनको तयारीमा रहेका चलचित्र पूर्वनिर्धारित मितिमा प्रदर्शन नहुने

नेपाल । भोटेकोशी–त्रिशूली बाढीपछिको असहज स्थितिलाई ध्यानमा राख्दै प्रदर्शनको तयारीमा रहेका चलचित्र पूर्वनिर्धारित मितिमा प्रदर्शन नहुने भएका छन् । चलचित्र निर्माण पक्षले यस्तो दुःखको समयमा चलचित्र प्रदर्शन गर्न नहुने भन्दै मिति सारेको हो । भदौ १८ गतेदेखि प्रदर्शनमा आउने तयारी रहेको चलचित्र ‘बाः एक योद्धा’ ले चलचित्र प्रदर्शन स्थगित गरी नयाँ मिति घोषणा गरेको छ । आर्टिस्टिक इन्टरटेन्मेन्टले विज्ञप्तिमा विपत्को समयमा सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित चलचित्र प्रदर्शन गर्नु उपयुक्त नभएको उल्लेख गरेको छ । निर्माता वसन्त लम्सालले चलचित्र मङ्सिर २४ गते बिहीबारदेखि प्रदर्शनमा आउने घोषणा गर्नुभयो । ‘बाः एक योद्धा’ परिवारले विपत् प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दुई लाख एक हजार रुपियाँ पनि सहयोग गरेको छ । भदौ १९ गते प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ...
कोलोराडो निवासी अविक अधिकारीको स्वर रहेको बालभजन ‘कृष्ण कन्हैया’ सार्वजनिक

कोलोराडो निवासी अविक अधिकारीको स्वर रहेको बालभजन ‘कृष्ण कन्हैया’ सार्वजनिक

कोलोराडो । चर्चित गायक तथा संगीतकार राजु परियारको शब्द/संगीत र अमेरिकाको कोलोराडो निवासी बालगायक अविक अधिकारीले स्वर दिएको बालभजन ‘कृष्ण कन्हैया’ सार्वजनिक भएको छ । उक्त बालभजनमा भगवान् श्रीकृष्णप्रतिको श्रद्धा र भक्तिलाई बालबालिकाले सहज रूपमा बुझ्न सक्ने शैलीमा भजन प्रस्तुत गरिएको बालगायक अविक अधिकारीका पिता तथा अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीले बताउनु भयो । भजनमा नारायण दंगालको संगीत संयोजन रहेको छ भने अडियो रेकर्डिङ म्युजिक प्लस एमएफमा गरिएको हो । गोपाल दयालले रेकर्डिङ, मनोज परियारले मिक्सिङ तथा मास्टरिङ र किरण अधिकारीले अडियो–भिडियोको जिम्मेवारी सम्हालेका छन् । यता, भिडियो निर्देशन मिलन श्रेष्ठले गरेका छन् भने छायांकन दिनेश खनालको रहेको छ । भिडियोमा अविक अधिकारीसहित अन्जु अधिकारी, अरिका अधिकारी, विशेष रोका, त्रियान श्रेष्ठ, प्रजिव श्रेष्ठ, कर्मा कुमारी श्रेष्ठ, इशिका...
सिड्नीमा आयोजित नवौं ग्लोबल नेपाली फिल्म अवार्ड-२०२६ स्थगित, नयाँ मिति तय गरिने

सिड्नीमा आयोजित नवौं ग्लोबल नेपाली फिल्म अवार्ड-२०२६ स्थगित, नयाँ मिति तय गरिने

अमेरिका । नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिका र भारा इन्टरटेन्मेन्ट अष्ट्रेलियाले संयुक्त रूपमा आयोजना गर्ने भनिएको नवौं ग्लोबल नेपाली फिल्म अवार्ड–२०२६ स्थगित भएको छ। अष्ट्रेलियाको सिड्नीमा आगामी डिसेम्बर १७ मा आयोजना गर्ने तय भएको अवार्ड नेपालमा पछिल्लो समय रसुवा भोटेकोशीमा गएको बाढी र उत्पन्न प्राकृतिक विपत्तिका कारण स्थगित गरिएको आयोजकले जनाएको छ। नेपालमा ठूलो जनधनको क्षति भएको र देश शोक तथा कठिन परिस्थितिबाट गुज्रिरहेका बेला उत्सव आयोजना गर्नु उपयुक्त नहुने भन्दै कार्यक्रम स्थगित गरिएको हो । अवार्डको नयाँ मिति कलाकार, चलचित्रकर्मी, प्रायोजक तथा साझेदारसँगको परामर्शपछि तय गरिने ग्लोबल नेपाली फिल्म अवार्ड एल एल सि यूएसएका चेयरपर्सन नायक/निर्देशक नवराज श्रेष्ठले बताउनु भयो । अवार्डका अघिल्ला ८ संस्करणहरू अमेरिकाको कोलोराडो, सनफ्रान्सिस्को र न्यूयोर्क शहरमा ...
चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर सार्वजनिक

नेपाल । चलचित्र ‘पेन्सन पट्टा’ ट्रेलर एक कार्यक्रमबिच सार्वजनिक गरिएको छ । माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रले भूपू लाहुरेले पेन्सनसँग सम्बन्धित विषयमा भोग्नु परेका वास्तविक समस्या र त्यसबाट सृजित सामाजिक तथा पारिवारिक अवस्थालाई कथाको केन्द्रमा राखिएको छ । सार्वजनिक ट्रेलरमा भूपू लाहुरेको पेन्सनसम्बन्धी समस्या, सङ्घर्ष र भावनात्मक पक्षलाई प्रस्तुत गरिएको छ । कार्यक्रममा चलचित्रका निर्देशक तथा कलाकारले छायाङ्कनका क्रममा भएका अनुभव र चलचित्र निर्माणका व्रmममा भोगेका विभिन्न रोचक प्रसङ्ग साझा गर्नुभयो । माओत्से गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, विल्सनविक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्करबहादुर गुरुङ, दिवङ्गत सुनील थापा र लुनिभा तुलाधरसहितका कलाकारको अभिनय छ । ...
नीर शाहका गीत मीना पोखरेल र रूपक चौधरीको स्वरमा ‘पलेँटी’ मा गुञ्जायमान हुने

नीर शाहका गीत मीना पोखरेल र रूपक चौधरीको स्वरमा ‘पलेँटी’ मा गुञ्जायमान हुने

नेपाल । गीतकार तथा अभिनेता नीर शाहका गीत मीना पोखरेल र रूपक चौधरीको स्वरमा ‘पलेँटी’ मा गुञ्जायमान हुने भएका छन् । हरेक अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’ शालामा आयोजना हुँदै आएको साङ्गीतिक ‘पलेँटी’ कार्यक्रममा शाहद्वारा रचित गीत सुन्न पाइने भएको हो । शाह लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील रहँदै आएका अभिनेता तथा निर्देशक हुनुहुन्छ । उहाँले रचना गर्नुभएका गीतले लामो समयदेखि नेपाली सङ्गीत क्षेत्रलाई तरङ्गित बनाउँदै आएको छ । उहाँका ‘पर्खी बसेँ आउला भनी’, ‘कहिलेकाहीँ म हाँस्छु’, ‘गहिराइमा डुब्दै नडुब’, ‘अधरको मुस्कान त केही होइन’, ‘बादल बनाइदेऊ’, ‘हिउँभन्दा चिसो’ लगायतका कालजयी गीत रहेका छन् । शाहद्वारा रचित चलचित्रका गीतमा ‘आँखैमा कसैको तस्बिर बसेछ’, ‘जति निर्मल’, ‘छोरी मलाई भागी भागी’, ‘यो साँझ यो सुवास’ पनि लोकप्रिय छन् । सङ्गीतकार नातिकाजी, शम्भुजित बाँस्कोटा, सि...
‘रोड टु एभरेष्ट’ वृत्तचित्र सार्वजनिक

‘रोड टु एभरेष्ट’ वृत्तचित्र सार्वजनिक

नेपाल । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको जीवन्त अनुभूति दिलाउँदै नेपाललाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने उद्देश्यले तयार गरिएको वृत्तचित्र ‘रोड टु एभरेष्ट’ भावी पुस्तालाई उपहार स्वरूप सयौँ वर्षसम्म कालजयी दस्तावेजका रूपमा रहने देखिन्छ । राजधानीमा प्रदर्शित वृत्तचित्रको ‘प्रिमियम शो’मा सहभागी वक्ता एवं दर्शकले वृत्तचित्रलाई केवल हिमालको कथाको रूपमा मात्र नभई नेपाली पहिचानको कथाको रूपमा लिएका छन् । नेपाली सोच, लगानी र प्राविधिकले निर्माण गरेको ५० मिनेट लामो सो वृत्तचित्रमा नेपाली पर्वतारोहीको अदम्य साहस, जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पुर्याएको असर र नेपालमा पर्वतारोहणको अवस्थालाई सजीव ढङ्गबाट प्रस्तुत गरिएको छ । सगरमाथा हिमाल १८ पटक आरोहण गर्नुभएका फुर्वा तेन्जिङ शेर्पा र १० पटक सगरमाथासहित आठ हजार मिटरभन्दा माथिका १४ वटै हिमालको आरोहण गर्नुभएका निमाग्याल्जेन शेर्पाको सहयोगम...
‘वीर गणेशमान’ नाटक मञ्चन हुने

‘वीर गणेशमान’ नाटक मञ्चन हुने

नेपाल । नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व लौहपुरुष गणेशमान सिंहको जीवन, सङ्घर्ष, त्याग र निष्ठामा आधारित ऐतिहासिक नाटक ‘वीर गणेशमान’ यही भदौ १४ गतेदेखि काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुने भएको छ । गणेशमान फाउन्डेसनको आयोजना तथा नेपालको अग्रणी रङ्गमञ्च समूह सर्वनामको प्रस्तुति रहेको यस नाटक आगामी असोज १४ गतेसम्म मञ्चन हुनेछ । यो ऐतिहासिक नाटकको परिकल्पना, नाट्य रूपान्तरण तथा निर्देशन वरिष्ठ रङ्गकर्मी अशेष मल्लले गर्नुभएको हो । निर्देशक मल्लका अनुसार ‘वीर गणेशमान’ कुनै ऐतिहासिक व्यक्तित्वको जीवनीमा आधारित नाटक मात्र नभई इमानदारी र देशप्रतिको समर्पणको कथा पनि हो । आफ्नो पाँच दशक लामो नाट्य यात्रामा यस्तो यथार्थपरक नाटक पहिलो पटक गर्न लागेको बताउँदै उहाँले भन्नुभयो, “बिम्ब र प्रतिकसँग खेल्ने मेरो नियमित अभ्यासभन्दा यो प्रस्तुति फरक छ । एउटा निष्ठावान् र सच्चर...