
‘ब्लड डोनर्स अफ अमेरिका’ को पाँचौं राष्ट्रिय अधिवेशन बोस्टनमा हुने, तयारी तीब्र
अमेरिका । ‘‘ब्लड डोनर्स अफ अमेरिका’ को पाँचौं राष्ट्रिय अधिवेशन अमेरिकाको बोस्टन सहरमा हुने भएको छ । उक्त अधिवेशनको तयारी तीब्रताका साथ भइरहेको छ ।
‘छैठौं गजल उत्सव’ सहितको उक्त अधिवेशन आउदो जुलाई १९ र २०, २०२५ (शनिवार र आइतवार) म्यासाच्युसेट्स राज्यको बोस्टन सहर नजिकै 594 Washington Street, Braintree स्थिति पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन)को सामुदायिक भवनमा हुने तय गरिएको छ ।
अमेरिकाका लागि नेपाली राजदूत लोक दर्शन रेग्मीको प्रमुख आतिथ्यता रहने उक्त अधिवेशनले संस्थाको वार्षिक साधारण सभा र आगामी कार्यकालका लागि नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने कार्य सम्पन्न गर्नेछ ।
अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न केन्द्रीय उपाध्यक्ष महेश्वर पन्त संयोजक र उपाध्यक्ष टिका पौडेल, महासचिव डाक्टर शीरोज पोखरेल, केन्द्रीय सदस्य बिरोचन नेपाल, बोस्टन च्याप्टर अध्यक्ष राम थापा, आजीव...