९ भाद्र २०८३, मंगलवार

पौडेलको पहिलो कृति ‘प्रश्नोत्तर’ लघुकथासङ्ग्रह लोकार्पण

कोलोराडोखबर संवाददाता , August 25th, 2026

नेपाल । साहित्यकार लक्ष्मीप्रसाद पौडेलको पहिलो कृति ‘प्रश्नोत्तर’ लघुकथासङ्ग्रह आइतबार राजधानीमा सार्वजनिक गरिएको छ ।

नेपाल वाङ्मय परिषद्, धनगढी, कैलालीद्वारा आयोजित कार्यक्रममा डा. पुष्करराज भट्ट, कथाकार ध्रुव मधिकर्मी, डा. हरिप्रसाद भण्डारी, डा. नवराज रिजाल, मनोहर लामिछाने, लघुकथाकार लता केसीलगायतले सो कृति सार्वजनिक गर्नुभएको हो । सार्वजनिक कृतिमाथि डा. शेखरकुमार श्रेष्ठ र शेखर अर्यालले लघुकथाका विविध आयामबारे समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

समीक्षक शेखर अर्यालले समाजका विकृति र विसङ्गति तथा नैतिक मूल्यमान्यताका विषयलाई लक्ष्मीप्रसाद पौडेलका लघुकथाले जोडदार रूपमा उठाएको चर्चा गर्नुभयो । समीक्षक डा. शेखरकुमार श्रेष्ठले मिथकको प्रयोग र आख्यानका सैद्धान्तिक पक्षलाई समेत ख्याल गरी लघुकथालेखिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्