नेपाल । रास्वपाका सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् ।
उनले सोमबार बिहान ९ः०० बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा बैठक आह्वान गरेको रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्ष–सभापतिसहित दुई–दुईजनालाई आमन्त्रण गरिएको छ।
रास्वपाले सर्वदलीय बैठकको सूचना तथा औपचारिक निमन्त्रणा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई पठाइसकेको जनाएको छ।
प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने भनाइ राखेपछि विपक्षीहरूले निरन्तर रूपमा संसद्मा प्रश्न उठाइरहेका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्