९ भाद्र २०८३, मंगलवार

राजनीति/समाज

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

नेपाल । सभामुख डोल प्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ। बैठकमा प्रतिनिधि सभाको आगामी संसद् क्यालेन्डर, बैठकलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने तथा सदनमा विचाराधीन विषयहरूलाई प्राथमिकताका आधारमा अघि बढाउने विषयमा छलफल भएको थियो। बैठकले प्रतिनिधि सभाको आगामी बैठकका लागि भदौ १५, १६, १७, २२, २३ र २४ गतेको कार्यसूची तथा बैठक सञ्चालनसम्बन्धी कार्यक्रम स्वीकृत गरेको छ। त्यसैगरी, बैठकमा संसद् बैठकलाई नियमित, मर्यादित र प्रभावकारी रूपमा सञ्चालन गर्ने, महत्वपूर्ण विधेयक तथा समसामयिक विषयहरूलाई प्राथमिकताका साथ अघि बढाउने तथा संसदीय कामकारबाहीलाई थप व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको थियो। कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, सचेतक तथा सम्बन्धित ...
समितिमा पठाइयो चार विधेयक

समितिमा पठाइयो चार विधेयक

नेपाल । प्रतिनिधिसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएकामा सभाले सर्वसम्मतिले स्वीकृत गरेको थियो । त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता वादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ र उद्योगमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिजपदार्थ विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभयो । ती प्रस्तावलाई पन...
कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकताः प्रचण्ड

कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकताः प्रचण्ड

नेपाल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता भएको बताएका छन् । कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले देशको परिस्थिति असाधारण रहेको र राष्ट्रिय स्वाधीनताको विषय निकै ठूलो संकटबाट गुज्रिरहेको बताए । लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरू खोसिँदै गएको तथा त्यसैमाथि विभिन्न खालका साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिको दबाब तथा हस्तक्षेप बढिरहेको उनको भनाइ थियो। यस्तो अवस्थामा विचार मिल्ने शक्तिहरूबीच पार्टी एकता, तत्कालका निश्चित विचार र मुद्दामा सहमति राख्ने शक्तिहरूबीच सहकार्य तथा विगतमा शान्ति र संविधानका पक्षमा र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा सहकार्य गरेका शक्तिहरूबीच मोर्चा आवश्यक रहेको उनले बताए । प्रचण्डले आफूहरू कुनै न कुनै ...
३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता कार्यकर्ताहरूलाई लामिछानेको निर्देशन

३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता कार्यकर्ताहरूलाई लामिछानेको निर्देशन

नेपाल । रास्वपाका सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूसँग विगत ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। राजधानी काठमाडौँमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उनले विगत ३५ वर्षको हिसाबकिताब खोज्ने कार्यमा नलागी आगामी ३५ वर्षको कार्ययोजना ल्याउनुपर्नेमा जोड दिए। विगतमा अन्य नेता र दललाई दोष दिएर आफूलाई अग्लो देखाउने अवस्था रहे पनि अब त्यो स्थिति नरहेको उनले स्पष्ट पारे। विगतको असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गरिरहनुभन्दा आगामी पुस्ता र देशको भविष्यका लागि दीर्घकालीन योजना निर्माणमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो। उनले विगत ३५ वर्षमा पुराना राजनीतिक दलहरूले गरेका सकारात्मक कामहरूप्रति धन्यवाद दिनुपर्ने समेत उल्लेख गरे। ...
नेपाली घर शिवालयमा सामुहिक रक्षाबन्धन तथा जनै मन्तर्ने कार्यक्रम हुँदै

नेपाली घर शिवालयमा सामुहिक रक्षाबन्धन तथा जनै मन्तर्ने कार्यक्रम हुँदै

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व रक्षाबन्धन तथा जनै पूर्णिमाको अवसरमा कोलोराडोस्थित नेपाली घर शिवालयमा विशेष धार्मिक कार्यक्रम आयोजना हुने भएको छ। नेपाली घरको आयोजनामा नेपाली सांस्कृतिक केन्द्र स्थित शिवालयमा आगामी शुक्रबार, अगस्ट २८ गते बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सामुहिक रक्षाबन्धन, जनै मन्तर्ने तथा विशेष पूजा–अर्चना कार्यक्रम सञ्चालन गरिने भएको हो । कार्यक्रम गुरुहरू जीवन बराल तथा चुडाप्रसाद न्यौपानेको उपस्थितिमा वैदिक विधि तथा शास्त्रीय परम्पराअनुसार पूजा–अर्चना, जनै मन्तर्ने तथा रक्षाबन्धन गरिनेछ। पण्डितहरूको उपस्थितिमा विधिपूर्वक धार्मिक अनुष्ठान सम्पन्न गरिने भएकाले श्रद्धालुहरूलाई कार्यक्रममा सहभागी भई धार्मिक लाभ लिन आयोजकले अनुरोध गरेको छ । रक्षाबन्धन तथा जनै पूर्णिमा हिन्दू संस्कार र परम्परासँग जोडिएको महत्वपूर्ण पर्व हो। यस दिन वि...
राजनीतिक चिन्तक प्रदीप गिरी विचारको एउटा विश्वविद्यालयः उपसभापति शर्मा

राजनीतिक चिन्तक प्रदीप गिरी विचारको एउटा विश्वविद्यालयः उपसभापति शर्मा

नेपाल । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका नेता तथा राजनीतिक चिन्तक प्रदीप गिरी विचारको एउटा विश्वविद्यालय भएको बताएका छन् । प्रदीप गिरीको चौथो वार्षिकीका अवसरमा आयोजित ‘भावना र संघर्षमा प्रदीप गिरीको सम्झना’ कार्यक्रममा बोल्दै शर्माले गिरीको निधनपछि आफूहरूले विचारको एउटा विश्वविद्यालय बन्द भएको अनुभूति गरेको बताए । शर्माले नेपालमा विभिन्न समयमा मन्त्री बनेका नेताहरूको लामो सूची बनाउन सकिने भए पनि गिरी कहिल्यै मन्त्री नबनेको स्मरण गरे। मन्त्री बन्नुलाई मात्र राजनीतिक सफलताको मापदण्ड मान्ने हो भने गिरीलाई असफल भन्न सकिए पनि उनको विचार र योगदानका कारण उनी आज पनि जीवित रहेको शर्माले बताए। ‘...
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन

नेपाल । प्रधानमन्त्री वालेन्द्र शाहले शनिबार साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार प्रधानमन्त्री शाहले साँझ मुक्तिनाथको दर्शन गर्नुभएको हो। शुक्रबार काठमाडौँबाट निजी भ्रमणमा निस्कनुभएका प्रधानमन्त्री शाह दिउँसो ३ बजे बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङको जोमसोम आइपुग्नुभएको थियो । उहाँ यहाँको घरपझोङ –३ स्थित पुथाङ एयरपोर्टको होटल ओम्स होममा बस्नुभएको छ। प्रधानमन्त्री शाह होटल ओम्स होममा केही समय आराम गरी मुक्तिनाथ दर्शनका लागि प्रस्थान गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाहले शनिबार साँझ मुक्तिनाथको दर्शन गरी जोमसोम फर्किनुभएको बताउनुभयो । मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले प्रधानमन्त्री शाह शनिबार साँझ ७ः३० बजे मुक्तिनाथ मन्दिरमा प्रवेश गर्नुभएको बताउ...
नेपाल सरकार र पीडित बालिका गरिमा चौधरीका अभिभावकबिच तीन बुँदे सहमति

नेपाल सरकार र पीडित बालिका गरिमा चौधरीका अभिभावकबिच तीन बुँदे सहमति

नेपाल । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनाका सम्बन्धमा नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा गृहमन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीडित बालिका गरिमा चौधरीका अभिभावक तथा सरकारका प्रतिनिधिबिच सहमति भएको हो । सहमतिअनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षाअनुसार विद्यमान कानुनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानुन तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गर्ने निर्णय भएको छ । यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सात सदस्यीय ‘गरिमा न्याय सङ्कल्प समिति’ गठन गरिने भएको छ । त्यस्तै, पीडित परिवारको अपेक्षाअनुसार बालिका गरिमा चौधरीको सालिक निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँगसमेत समन्...
प्रधानमन्त्री वालेन्द्र शाह मुक्तिनाथ मन्दिरको दर्शनका लागि मुस्ताङमा

प्रधानमन्त्री वालेन्द्र शाह मुक्तिनाथ मन्दिरको दर्शनका लागि मुस्ताङमा

नेपाल । प्रधानमन्त्री वालेन्द्र शाह हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शनका लागि शनिबार मुस्ताङ पुग्नु हुँदैछ । उहाँको भ्रमणको सूचना प्राप्त भएसँगै जिल्लामा आवश्यक तयारी तथा सुरक्षा व्यवस्था कडा पारिएको छ। सडकमार्ग हुँदै शुक्रबार काठमाडौँबाट पोखरा पुग्नुभएका प्रधानमन्त्री शाह शनिबार मुस्ताङतर्फ प्रस्थान गर्ने जानकारी प्राप्त भएको छ । उहाँ कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इको भिलेजबाट बिहान ९ः३० बजे सडकमार्ग हुँदै मुस्ताङतर्फ प्रस्थान गर्नुहुनेछ। प्रधानमन्त्री शाहको यो निजी तथा पारिवारिक भ्रमण भएकाले अनौपचारिक सूचनाका आधारमा मुस्ताङको प्रवेशद्वार घाँसादेखि नै सुरक्षा व्यवस्था कडा बनाइएको छ । कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकखण्डको म्याग्दी क्षेत्रमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले आवश्यक सुरक्षा तयारी गरेको छ भने ...
रास्वपामा पदाधिकारी मनोनित, प्रवक्तामा खरेल, संगठन विभाग प्रमुखमा न्यौपाने

रास्वपामा पदाधिकारी मनोनित, प्रवक्तामा खरेल, संगठन विभाग प्रमुखमा न्यौपाने

नेपाल । रास्वपाले केन्द्रीय समिति सदस्य, पदाधिकारी तथा पार्टी सचिवालय सदस्य र केन्द्रीय विभाग प्रमुखहरूको मनोनयन गरेको छ । सो दलले नौ जना केन्द्रीय समिति सदस्य, छ जना पदाधिकारी, १३ जना सचिवालय सदस्य र केन्द्रीय विभागमा सात जना प्रमुख मनोनीत गरेको हो । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको शुव्रmबारको बैठकले केन्द्रीय समिति सदस्यमा सुनील लम्साल, भूपदेव शाह, बसुमाया तामाङ, सुधन गुरुङ, पुरुषोत्तम सुप्रभात यादव, सुरेन्द्र चौधरी, प्रतिभा रावल, डा. मनोहर प्रधान र भक्तबहादुर राईलाई मनोनयन गरेको छ । पूर्वसूचना तथा सञ्चारमन्त्रीसमेत रहनुभएका ललितपुर–२ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य जगदीश खरेल रास्वपाको प्रवक्ता मनोनीत हुनुभएको छ । प्रतिनिधि सभाका सदस्य पुरुषोत्तम यादव सहमहामन्त्रीमा मनोनीत हुनुभएको छ । केन्द्रीय समितिको बैठकले डा. मनोहर ...