एनआरएनएका एनसीसी पदाधिकारीहरूको तीनदिने रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न
नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद् (एनसीसी) पदाधिकारीहरूको नेतृत्व तथा संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने रणनीतिक कार्यशाला सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय श्रम संगठन (ILO), गैरआवासीय नेपाली संघ (NRNA) तथा स्विस सरकारको सहकार्यमा MiRiDeW परियोजनाको दोस्रो चरणअन्तर्गत अक्टोबर २८ देखि ३० सम्म गोदावरीमा आयोजित कार्यशाला शुक्रबार सम्पन्न भएको हो।
कार्यशालामा खाडी मुलुक (GCC) अन्तर्गतका बहराइन, कुवेत, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, कतार तथा मलेसियालगायतका देशका एनआरएनए राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरूको सहभागिता रहेको थियो।
कार्यशालाको समापन कार्यक्रममा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा भर्चुअल रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा उपाध्यक्ष रोजिना प्रधान राई, महासचिव डा. चिरञ्जीवी खड्का, आईसीसी पदाधिकारी, कार्यक्...









