१ आश्विन २०८३, बिहीबार

अन्तराष्ट्रिय/प्रवास

अस्टेलियामा हुन लागेको नवौं ग्लोबल नेपाली फिल्म अवार्डको नयाँ मिति तय, अब १० अप्रिल २०२७ मा

अस्टेलियामा हुन लागेको नवौं ग्लोबल नेपाली फिल्म अवार्डको नयाँ मिति तय, अब १० अप्रिल २०२७ मा

अमेरिका । अस्टेलियामा हुन लागेको नवौं ग्लोबल नेपाली फिल्म अवार्ड-२०२६ को मिति परिवर्तन भएको छ । नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड LLC (USA) र भारा इन्टरटेन्मेन्ट अष्ट्रेलियाको संयुक्त आयोजनामा डिसेम्बर १७ मा अष्ट्रेलियाको सिड्नीमा कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम अब १० अप्रिल २०२७, शनिबार आयोजना हुनेछ । गत भदौ १० गते नेपालमा पछिल्लो समय उत्पन्न भएको प्राकृतिक विपद् तथा त्यसबाट सिर्जित असहज र संवेदनशील परिस्थितिका कारण पूर्वनिर्धारित मितिमा आयोजना गर्न सम्भव नभएकाले कार्यक्रमको मिति परिवर्तन गर्ने निर्णय भएको ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसि यूएसएका चेयरपर्सन नायक/निर्देशक नवराज श्रेष्ठले बताउनु भयो । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, नेपाली चलचित्रकर्मीहरूको सम्मान तथा विश्वभर छरिएर रहेका नेपाली चलचित्रप्रेमी, कलाकार एवं चलचित्र क्षेत्रसँग आबद्ध व्यक्तित...
बेलायतमा व्यवसाय गर्दै आएका सुजन कटुवालद्वारा एक करोड पाँच लाख हस्तान्तरण

बेलायतमा व्यवसाय गर्दै आएका सुजन कटुवालद्वारा एक करोड पाँच लाख हस्तान्तरण

नेपाल । बेलायतमा व्यवसाय गर्दै आएका नेपाली सुजन कटुवालले भोटेकोशी हिमबाढी प्रभावितका लागि सङ्कलित एक करोड पाँच लाख ४६ हजार बढी रकम सरकारलाई हस्तान्तरण गरेका छन्। बेलायतको लन्डनस्थित पानस गुर्खा रेष्टुरेन्ट तथा पानस हेल्पिङह्याण्डका संस्थापक कटुवालले आफूसहित बेलायतका नेपाली समुदाय तथा स्थानीयबाट उक्त राहत सहयोग सङ्कलन गरिएको थियो। उक्त रकम उनले सरकारको कोषमा दाखिला गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे। सहयोग रकम बाढी राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रदान गरिएको उनले जानकारी दिए। कोभिड १९ महामारीताका पनि उनले घरबारविहीनलाई खाना खुवाउने अभियान सञ्चालन गरेका थिए। नेपालमा आएको विनाशकारी बाढीपछि उनी र उनको पानस टोलीले नेपालको बाढी प्रभावितका लागि आपतकालिन अपिलसहित अभियान थालेका थिए। बाढीबाट ज्यान गुमाएकाहरूकाप्रति श्रद्धान्जलीसँगै बेलायतमा मैनवत्ती...
जर्मनीमा डच सीमा नजिकै विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु

जर्मनीमा डच सीमा नजिकै विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु

नेपाल । पश्चिमी जर्मनीमा डच सीमा नजिकै विमान दुर्घटना हुँदा तीन जना डच नागरिकको मृत्यु भएको डच विदेश मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले डच सार्वजनिक प्रसारणकर्ता एनओएसलाई पीडित ५७ र ५८ वर्षका दुई पुरुष र एक २३ वर्षीया महिला रहेको बताएको छ । विमानले पश्चिम-मध्य नेदरल्याण्ड्सको हिलभर्समको सानो एयरफिल्डबाट स्थानीय समय अनुसार विहान लगभग १०ः२५ मा जर्मनीको उत्तरी राइनवेस्टफालिया राज्यको एर्केलेन्ज जिल्लाको गर्डेरथ नजिकै रडारबाट सम्पर्क विहिन भएको लगभग केही समय पछि ११ः१८ दुर्घटनाग्रस्त भएको थियो । विमान नेदरल्यान्ड्सको हिलभर्सम फ्लाइट संस्थामा दर्ता गरिएको जनाइएको छ । दुर्घटनाको कारण थाहा नभएसम्म व्यवस्थापनले सबै उडान तत्काल स्थगित गर्ने घोषणा गरेको जनाइएको छ । डच सुरक्षा बोर्डले सोमबार दुई उड्डयन अनुसन्धानकर्ताले प्रारम्भिक अनुसन्धानमा सहयोग गरिरहेको बताएको छ ।...
डीभी पुनः खुल्ने, यसअघि रोकिएका निवेदन पनि भिसा प्रक्रियामा

डीभी पुनः खुल्ने, यसअघि रोकिएका निवेदन पनि भिसा प्रक्रियामा

अमेरिका । अमेरिकाले नेपालसहित ७५ देशलाई डाईभर्सिटी (डीभी) तथा आप्रवासी भिसा दिन पुनः प्रक्रिया अघि बढाएको छ । गत जनवरीमा अमेरिकी ट्रम्प प्रशासनले नेपालसहित ७५ वटा देशका नागरिकलाई ‘सरकारी सहायता (वेलफेयर) मा निर्भर हुन सक्ने’ सम्भावना देखाउँदै आप्रवासी र डीभी भिसा जारी गर्न अस्थायी रोक लगाएको थियो । उक्त रोक असंवैधानिक र कानुनी अधिकार बाहिरको रहेको उल्लेख गर्दै अदालतले बदर गरिदिएको थियो । अदालतले विदेशमन्त्री मार्को रुबियोसँग यसरी एकमुस्ट आप्रवासी भिसा रोक्ने कानुनी अधिकार नभएको पनि आदेशमा उल्लेख गरेको छ । अदालतको पछिल्लो आदेशपछि विदेश मन्त्रालयले अमेरिकी अध्यागमन तथा राष्ट्रियता ऐनको धारा २२१ (जी) अन्तर्गत अस्वीकृत भएका भिसा पहिचान गरी पुनः प्रक्रिया अघि बढाउनसमेत निर्देशन दिएको जनाएको छ । यससँगै दूतावासहरुले डीभी प्रक्रिया र आप्रवासी भिसाको हकमा रोकिएका फाइलहरु पुनरावलोकन गर्ने, अदालत...
बाढीका पीडितलाई अमेरिकाको विदेश मन्त्रालयद्वारा थप वित्तीय सहायता स्वीकृत

बाढीका पीडितलाई अमेरिकाको विदेश मन्त्रालयद्वारा थप वित्तीय सहायता स्वीकृत

अमेरिका । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका पीडितलाई राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउन अमेरिकाको विदेश मन्त्रालयले थप वित्तीय सहायता स्वीकृत गरेको छ। अमेरिकी विदेश मन्त्रालयको इन्टरनेसनल नार्कोटिक्स एन्ड ल इन्फोर्समेन्ट अफेयर्स ब्युरोले नेपाल प्रहरीलाई फोरेन्सिक सहायता तथा डीएनए किट उपलब्ध गराउन १० लाख डलर स्वीकृत गरेको विदेश मन्त्रालयले जनाएको हो। यससँगै अमेरिकाले हालसम्म कुल ५० लाख डलरभन्दा बढीको मानवीय, स्वास्थ्य तथा फोरेन्सिक सहायता उपलब्ध गराइसकेको जनाएको छ।प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिएको पनि विदेश मन्त्रालय जारी गरेको विज्ञप्तिमा जनाइएको छ। अमेरिकी सहायताअन्तर्गत विश्व खाद्य कार्यक्रम मार्फत ३० लाख डलर बराबरको खाद्य तथा लजिस्टिक सहायता समावेश गरिएको बताइएको छ। यस सहायताबाट बाढी प्रभावित १० हजार परिवारलाई तीन महिनासम्म ...
अमेरिकी उपभोक्ताको खर्च र जीवनयापनको लागत बढ्यो

अमेरिकी उपभोक्ताको खर्च र जीवनयापनको लागत बढ्यो

अमेरिका । मध्यपूर्वमा पुनः चर्किएको द्वन्द्वका कारण इन्धनको मूल्य बढेपछि अमेरिकामा मुद्रास्फीति थप तीव्र भएको छ । यसले आगामी मध्यावधि निर्वाचनअघि अमेरिकी उपभोक्ताको खर्च र जीवनयापनको लागतसम्बन्धी चिन्ता थप बढाएको छ । अमेरिकी श्रम विभागका अनुसार अगस्ट महिनामा उपभोक्ता मूल्य सूचकांक अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३ दशमलव ४ प्रतिशत बढेको छ । जुलाईमा पनि वार्षिक मुद्रास्फीति ३ दशमलव ४ प्रतिशत नै थियो । तर मासिक आधारमा भने मूल्यवृद्धिको गति तीव्र भएको छ । अगस्टमा उपभोक्ता मूल्य ० दशमलव ४ प्रतिशत बढेको छ, जबकि जुलाईमा यो वृद्धि केवल शुन्य दशमलव १ प्रतिशत थियो । मध्यपूर्वमा पुनः सुरु भएको हिंसात्मक द्वन्द्वपछि पेट्रोलियम तथा इन्धनको मूल्यमा आएको उछालले समग्र मुद्रास्फीतिमा दबाब थपेको हो । कोरोना महामारीपछि मूल्यवृद्धि अत्यधिक बढेको पाँच वर्षभन्दा बढी समय बितिसक्दा पनि अमेरिकामा महँगी अपेक...
दुई लाख भन्दाबढी तटीय क्षेत्रका अस्ट्रेलियाली घर खतरामा

दुई लाख भन्दाबढी तटीय क्षेत्रका अस्ट्रेलियाली घर खतरामा

अमेरिका । समुद्रको सतह निरन्तर बढेको कारण सन् २१०० सम्ममा दुई लाख ५० हजारभन्दा बढी तटीय क्षेत्रका अष्ट्रेलियाली घर तटीय बाढीको जोखिममा पर्ने प्रतिवेदनले जनाएको छ । गैरसरकारी संस्था क्लाइमेट काउन्सिलले बिहीबार जारी गरेको प्रतिवेदनमा बढ्दो समुद्री सतह र आँधीबेहरीले २१ औँ शताब्दीमा राष्ट्रिय अर्थतन्त्रलाई आठ खरव ५५ अरव अष्ट्रेलियन डलर बराबरको क्षेतिहुने प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनले सन् २१०० सम्ममा बाढीले दुई लाख ६७ लाख तटीय घर र दुई लाख हेक्टर भूमिका साथै उत्तरी क्षेत्रका महत्वपूर्ण पूर्वाधारलाई क्षतिको जोखिममा पार्ने जनाएको छ । आँधीबेहरी र तटीय बाढीको प्रभाव र समुद्रको सतहको वृद्धिले समुदायलाई पटक(पटक असर गरिरहेको मौसम विज्ञान ब्यूरोका जलवायु पूर्वानुमानका पूर्वप्रमुख र प्रतिवेदनका सह(लेखक एन्ड्र्यू वाटकिन्सले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ । वैज्ञानीकका अनुसार हालका सामान्य त...
न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभा सुरु

न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभा सुरु

अमेरिका । अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभा मङ्गलबारबाट सुरु भएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा सुुरु भएको महासभा आगामी २९ ‘सेप्टेम्बर’सम्म जारी रहने छ । ‘विश्वासको पुनस्र्थापना, रुपान्तरणको व्यवस्थापनः सबैका लागि काम गर्ने संयुक्त राष्टसङ्घ’ भन्ने नारासहित करिब २० दिन चल्ने महासभाको बैठकलाई अध्यक्ष खालिलुर रहमान र महासचिव एन्टोनिया गुटेरेसले सम्बोधन गर्नुभयो । सो अवसरमा अध्यक्ष रहमानले विश्वशान्ति, सुरक्षा, न्याय, जलवायु परिवर्तनलगायतका जल्दाबल्दा मुद्दामा घनिभूत एवं प्रभावकारी ढङ्गबाट छलफल एवं विचारविमर्श भई विश्वव्यापी समस्या सम्बोधन गर्न अहिलेको ८१ औँ महासभा सफल हुने विश्वास व्यक्त गर्नुभयो । त्यसै गरी, दिगो विकासका रणनीति कार्यान्वयन, पर्यावरणीय दिगोपन, मानवअधिकार र मानवीय समस्या, डिजिटल गभर्नेन्स र प्रविधिको उपयोग, वहुपक्षीय हितका लागि...
नक्कली मदिरा सेवनबाट भारतमा पछिल्ला केही दिनमा १५ जनाको मृत्यु

नक्कली मदिरा सेवनबाट भारतमा पछिल्ला केही दिनमा १५ जनाको मृत्यु

नेपाल । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा उपचाररत छन् । घटना राज्यको सागर जिल्लाको बाँदा क्षेत्रमा भएको हो । सरकारी अधिकारीका अनुसार अस्पताल भर्ना भएकामध्ये केहीको अवस्था गम्भीर छ । मृतक तथा बिरामी आसपासका विभिन्न गाउँका बासिन्दा हुन् । उनीहरूमा बान्ता हुने, चक्कर लाग्ने र धमिलो देखिने जस्ता लक्षण देखिएका छन् । साथै मिर्गौलामा समेत असर देखिएकाले मिथाइल अल्कोहलका कारण विषाक्तता भएको आशंका गरिएको छ । स्थानीय प्रहरीले कम्तीमा २० जनाविरुद्ध उजुरी दर्ता गरिएको र तीमध्ये १० जनालाई पक्राउ गरिएको जनाएको छ । दोषी ठहरिएकामाथि कडा कारबाही गरिने प्रहरीले बताएको छ ।...
अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजनको कार्गो विमान दुर्घटना, पाँचको मृत्यु

अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजनको कार्गो विमान दुर्घटना, पाँचको मृत्यु

नेपाल । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार अमेजनको कार्गो विमान धावनमार्गबाट बाहिरिएर सडकमा पुगेपछि दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । प्युर्टो रिकोको सान हुआनबाट आएको विमान स्थानीय समयअनुसार दिउँसो करिब २ बजे अवतरण गर्ने क्रममा धावनमार्गबाट बाहिरिएको थियो । त्यसपछि विमान विमानस्थल वरपरका गोदाम तथा अन्य व्यवसायमा काम गर्ने कर्मचारीले प्रयोग गर्ने सडकमा पुगेको थियो । मियामी–डेड काउन्टीका अधिकारीहरूका अनुसार दुर्घटनामा पाँच जनाको मृत्यु, तीन जना गम्भीर घाइते र सुई जना सामान्य अवस्थामा घाइते भएका छन् । दुर्घटनापछि विमानबाट बाक्लो कालो धुवाँ आकाशतर्फ फैलिएको थियो ।...