नेपाल । भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ नेपालको चारदिने औपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फिर्ता हुनुभएको छ ।
प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका सेनाध्यक्ष सेठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले बिदाइ गर्नुभएको थियो ।
भ्रमणका क्रममा सेनाध्यक्ष सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्नुभएको थियो । उहाँले राष्ट्रपति पौडेल, प्रधानमन्त्री एवं रक्षामन्त्री वालेन्द्र शाह र प्रधान सेनापति सिग्देलसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नुभएको थियो ।
सेनाध्यक्ष सेठको यो भ्रमणले दुई देशबिच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुगेको नेपाली सेनाले जनाएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्