
तोक्मा एप र जीकार्ड सार्वजनिक
नेपाल । तोक्मा टेक्नोलोजीजले तोक्मा एप र जीकार्ड सार्वजनिक गरेको छ ।
काठमाडौंको याक एण्ड यतिमा आयोजित एक विशेष समारोहमा नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले तोक्मा एप र जीकार्ड सार्वजनिक गरेका हुन् ।
तोक्मा टेक्नोलोजीजले अल इन वान एप अर्थात सुपर एपको रूपमा तोक्मा र एनएफसी प्रविधिमा आधारित डिजिटल कार्ड जीकार्ड ल्याएको हो ।
सार्वजनिक कार्यक्रममा बोल्दै विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले तोक्मा एप र जीकार्डले नेपालको डिजिटल इकोनोमीमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए ।
‘यी प्रडक्टले डिजिटल इकोनोमीमा महत्त्वपूर्ण योगदान दिने छन् । यसले थुप्रै रोजगारीका अवसर समेत सिर्जना गर्नेछ,’ घिसिङले भने, ‘यस्ता प्रविधिले दैनिक काममा समेत इफिसेन्सी ल्याउँछन् । त्यसैले तपाईहरू पनि प्रयोग गर्नुहोस् ।’
तोक्मा टेक्नोलोजीका सहसंस्थापक सञ्चमान राई...