१० भाद्र २०८३, बुधबार

राजनीति/समाज

राजस्व छलीको आशंकामा ७७९ वटा विद्युतीय सवारीसाधनको छानबिन गर्न समिति गठन

राजस्व छलीको आशंकामा ७७९ वटा विद्युतीय सवारीसाधनको छानबिन गर्न समिति गठन

नेपाल । सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा बिहीवार अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो। प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सरकार सुशासन र राजस्व रक्षाका मामिलामा सचेत रहेकाले तत्कालै समिति गठन गरी कानुनी प्रक्रिया अघि बढाइएको हो। समितिले सवारीसाधन नियन्त्रणमा लिइएकै स्थलगत रूपमै पुगेर द्रुत गतिमा छानबिन सुरु गरिसकेको उहाँले जानकारी दिनुभयो। विज्ञ दाहालले भन्नुभयो, “सवारीसाधनको संख्या ठूलो भएकाले राजस्व र भन्सार सम्बद्ध सबै कानुनी कागजातहरूको सुक्ष्म अध्ययन र प्रमाणीक...
संविधान संशोधन गर्दा शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव

संविधान संशोधन गर्दा शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव

नेपाल । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिनुभएको छ। प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलसँगको भेटघाटमा उहाँले यस्तो सुझाव दिनुभएको हो। कार्यदलका संयोजक शाहसहितका सदस्यहरू सुझाव संकलनका क्रममा पूर्वप्रधानन्यायाधीश रेग्मीको बानेश्वरस्थित निवास पुग्नुभएको थियो। पूर्वप्रधानन्यायाधीश रेग्मीले संविधान संशोधनको बहस गरिरहँदा संविधानको मूल संरचना (बेसिक स्ट्रक्चर) लाई कुनै पनि हालतमा खण्डित गर्न नहुनेमा जोड दिनुभयो। “संविधानको प्रस्तावना, विशेष गरी दोस्रो प्रस्तावनालाई उत्तिकै ध्यान दिएर यसको मूल भावनालाई यथावत् राख्नुपर्छ,“उहाँले भन्नुभयो। हाल चर्चामा र...
जुन ५ः विश्व वातावरण दिवस मनाइँदै, वातावरण जोगाउन राष्ट्रपतिको आग्रह

जुन ५ः विश्व वातावरण दिवस मनाइँदै, वातावरण जोगाउन राष्ट्रपतिको आग्रह

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई आह्वान गर्नुभएको छ । राष्ट्रपति पौडेलले भन्नुभएको छ, “विकास र वातावरण एकापसका परिपूरक हुन् भन्ने अवधारणाबमोजिम हामी सबैले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई हार्दिक आह्वान गर्दछु ।” विश्व वातावरण दिवस (जुन ५) २०२६ का अवसरमा शुक्रबार शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले भन्नुभएको छ, “स्वच्छ ऊर्जाको प्रयोग, वृक्षरोपण, जलवायु परिवर्तनसँग अनुकूलन गर्न सक्ने क्षमताको विकास, प्राकृतिक सम्पदाको संरक्षणमार्फत हामी भावी पुस्ताका लागि सुरक्षित र हरित भविष्य निर्माण गर्न सक्छौँ ।” उहाँले जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको अत्यधिक दोहनले आज विश्वसमुदायलाई गम्भीर चुनौती दिएको उल्लेख गर्दै जलवायु परिवर्तन...
परराष्ट्रमन्त्री खनालले शुक्रबारदेखि भारतको औपचारिकमा, स्वदेश फर्कंदै रवि लामिछाने

परराष्ट्रमन्त्री खनालले शुक्रबारदेखि भारतको औपचारिकमा, स्वदेश फर्कंदै रवि लामिछाने

नेपाल । परराष्ट्रमन्त्री शिशिर खनालले शुक्रबारदेखि भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ । आफ्ना भारतीय समकक्षी एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा उहाँले भारत भ्रमण गर्न लाग्नुभएको हो । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गरी परराष्ट्रमन्त्री खनालको औपचारिक भ्रमण शुक्रबारदेखि सुरु भई आइतबार टुङ्गिने जनाएको छ । भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. जयशङ्करसँग औपचारिक भेटवार्ता गर्नुहुने छ । व्यापार, लगानी, सम्पर्क, ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत प्रमुख क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यका साथ दुवै पक्षले आपसी हितका विषयमा छलफल गर्ने छन् । उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदान अन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल र भारतबिचको दीर्घकालीन तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । परराष्ट्रमन्त्री खनाल जेठ ...
राप्रपाका महामन्त्री राणासहित १८३ नेता-कार्यकर्ताले पार्टी छाडे, नयाँ पार्टी गठन गर्ने

राप्रपाका महामन्त्री राणासहित १८३ नेता-कार्यकर्ताले पार्टी छाडे, नयाँ पार्टी गठन गर्ने

नेपाल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणासहित १८३ नेता–कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन्। बिहीबार एक वक्तव्य जारी गरी महामन्त्री राणा, उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केशव राज श्रेष्ठसहितका केन्द्रीय सदस्य तथा कार्यकर्ताहरूले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। बिहीबार पार्टी परित्याग गर्नेहरू पहिलो चरणको भएको बताइएको छ। वक्तव्यमा विशेषागरी राजसंस्था पुनःस्थापनाका आन्दोलनहरू पटकपटक तुहाउन मूल अगुवा नै अग्रसर भएको आरोप लगाइएको छ। मूल नेतृत्वको हिनभाव, कमजोरी एवं आत्मकेन्द्रीत शैलीका कारण राप्रपाले आफ्नो नीति छोडेकाले आफूहरूले पार्टी छाड्नुपरेको वक्तव्यमा जनाइएको छ। जनताकेन्द्रित राजनीति राप्रपाको प्राथमिकतामा नपरेको र नेता कार्यकर्ता माथि निरंकुश शैलीमा कारवाही भएकोप्रति पनि उनीहरूले असन्तुष्टि जाएका छन् । उन...
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन

नेपाल । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेट गरी संविधान संशोधनका विषयमा महत्त्वपूर्ण सुझाव सङ्कलन गरेको छ । नेपालको संविधानलाई समयसापेक्ष, व्यावहारिक र थप सुदृढ बनाउने उद्देश्यका साथ उनीहरूबाट मार्गदर्शक सुझाव सङ्कलन गरिएको हो । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार अशिम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय डा यादव र भण्डारीको निवासमै पुगेर राष्ट्रिय हित र प्रणालीगत सुधारका विषयमा केन्द्रित भई महत्त्वपूर्ण छलफल गरेको हो। पूर्वराष्ट्रपति डा रामवरण यादवले जतिसक्दो फराकिलो राष्ट्रिय सहमति कायम गरेर मात्र बहसपत्र तयार पार्न कार्यदललाई सुझाव दिए। नेपाली जनताको निकै ठूलो सङ्घर्ष, अनवरत बलिदान र संविधानसभाको समय थपेर गहन छलफलका बीच जारी भएको संविधानको मूल मर्मलाई जीवन्त रा...
आर्थिक समृद्धि र विकासको ढोका खोल्ने विशेष एजेन्डा बोकेर नयाँ दिल्ली आएको हुँः लामिछाने

आर्थिक समृद्धि र विकासको ढोका खोल्ने विशेष एजेन्डा बोकेर नयाँ दिल्ली आएको हुँः लामिछाने

नेपाल । राष्ट्रय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालको आर्थिक समृद्धि र विकासको ढोका खोल्ने विशेष एजेन्डा बोकेर नयाँ दिल्ली आएको प्रतिक्रिया दिएका छन् । प्रवासी नेपाली सम्पर्क मञ्च भारतद्वारा नयाँ दिल्लीमा आयोजित बिहीबार आयोजित समारोहमा सभापति लामिछानेले नेपालको प्रगति र उन्नति आफ्नो भ्रमणको मुख्य उद्देश्य रहेको उल्लेख गरे । सम्मानित मात्रै भएर नपुग्ने समृद्ध पनि हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘नयाँ दिल्लीमा राजनीतिक ढोका खोल्न त धेरै आए, तर यसपटक म समृद्धिको ढोका खोल्न आएको हुँ ।’ भारत भ्रमणमा रहेका उनले भारतसँग आफ्नो व्यक्तिगत र पार्टीगत माग केही पनि नरहेको समेत उल्लेख गरेका छन् ।...
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत र रास्वपा सभापति लामिछानेबीच दिल्लीमा भेट

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत र रास्वपा सभापति लामिछानेबीच दिल्लीमा भेट

नेपाल । रास्वपा सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। उनीहरूबीच बिहीबार साँझ दिल्लीमा भेटवार्ता भएको हो। रास्वपा सभापति लामिछाने पाँच दिने भ्रमणका लागि गत १८ गते नयाँ दिल्ली गएका थिए। भाजपाको निमन्त्रणामा दिल्ली गएका उनी त्यसयता थुप्रै राजनीतिक भेटघाट गरिसकेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयंशकर, भाजपाका नेताहरू लगायतसँग उनले भेट गरिसकेका छन् । बिहीबार दिनभर पार्टी प्रवास कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका लामिछानेले साँझ गोरसँग भेटवार्ता गरेका हुन्। गोर भारतका लागि अमेरिकी राजदूत पनि हुन्। गोर यसअघि गत वैशाखमा नेपाल आएका थिए। त्यतिबेला पनि उनले सभापति लामिछाने लगायतका रास्वपा नेताहरूसँग भेटवार्ता गरेका थिए।...
कांग्रेसद्वारा नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान, अनलाइनबाटै आवेदन दिन सकिने

कांग्रेसद्वारा नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान, अनलाइनबाटै आवेदन दिन सकिने

नेपाल । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान गरेको छ । पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको संयोजकत्वमा केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले स्वदेश तथा विदेशमा रहेका इच्छुक नेपाली नागरिकका लागि नयाँ क्रियाशील सदस्यता आह्वान गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले नयाँ क्रियाशील सदस्य बन्न इच्छुक व्यक्तिले पार्टीको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था मिलाइएको जानकारी दिएका छन् । ...
प्रधानमन्त्री वालेन्द्र साहले दिएको पछिल्लो अभिव्यक्ति ‘राष्ट्रघाती’ र ‘देशद्रोही’: ओली

प्रधानमन्त्री वालेन्द्र साहले दिएको पछिल्लो अभिव्यक्ति ‘राष्ट्रघाती’ र ‘देशद्रोही’: ओली

नेपाल । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा प्रधानमन्त्री वालेन्द्र साहले दिएको पछिल्लो अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै त्यसलाई ‘राष्ट्रघाती’ र ‘देशद्रोही’ को संज्ञा दिएका छन् । बुधबार राजधानीमा आयोजित पार्टीको कार्यक्रमलाई संबोधन गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् । प्रधानमन्त्रीले संसद्मा विना कुनै पूर्वकार्यतालिका अचानक उपस्थित भई ‘नेपालले भारतको सीमा मिचेको भनी दिएको बयानप्रति ओलीले तीव्र असन्तुष्टि व्यक्त गरेका हुन् । अध्यक्ष ओलीले द्विपक्षीय सीमा समस्या समाधानका लागि तेस्रो मुलुक (बेलायत) लाई संलग्न गराउने प्रधानमन्त्रीको प्रस्तावलाई समेत अदूरदर्शी र अकुटनीतिक कदमको रूपमा व्याख्या गरे। नेपालको परराष्ट्र नीति र राष्ट्रिय हितका विषयहरू कुनै व्यक्तिको निजी सम्पत्ति नभएको उल्लेख गर्दै ओलीले स्थापित नीतिहरूलाई भवितव्यले पदमा पुगेका व्यक्तिले...