२५ श्रावण २०८३, सोमबार

ताजा समाचार

श्रावणको अन्तिम सोमबार पशुपतिनाथका चारै ढोका खुला

श्रावणको अन्तिम सोमबार पशुपतिनाथका चारै ढोका खुला

नेपाल । सौरमासअनुसार साउन २५ गते श्रावण महिनाको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको भारी भिड लागेको छ। दर्शनार्थीहरूको सहजतालाई ध्यानमा राख्दै आज बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरिएका छन्। पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तीर्थ श्रेष्ठका अनुसार भक्तजनहरूलाई उत्तरतर्फको ढोकाबाट जल चढाउने व्यवस्था मिलाइएको छ। श्रावणका प्रत्येक सोमबार भगवान शिवको विशेष पूजा गर्ने परम्परा रहिआएको छ। यसैबीच, श्रावणको अन्तिम सोमबारका अवसरमा बोलबम यात्रा गर्न हजारौँ भक्तजनहरू सुन्दरीजलमा जम्मा भएका छन्। प्रहरी प्रभाग सुन्दरीजलका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक नवीनविक्रम थापाका अनुसार यो यात्रामा करिब १० हजारभन्दा बढी भक्तजनहरूको सहभागिता रहेको छ। आइतबार राति नै सुन्दरीजल पुगेर रातभर भजनकीर्तन गरेका भक्तजनहरूले राति १२स्०० बजेपछि स्नान र नित्यकर्म सकेर खाली खुट्टा सुन...
रास्वपाकै सांसदहरूले संसदमा सरकारको आलोचना गरे पछि बालेन र रविको भेटवार्ता

रास्वपाकै सांसदहरूले संसदमा सरकारको आलोचना गरे पछि बालेन र रविको भेटवार्ता

नेपाल । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ । आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबिच करिब ५० मिनेट छलफल भएको हो । रवि र बालेनबिच पछिल्लो पटक दूरी बढ्न थालेको संकेतमाझ सभापति लामिछाने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । पछिल्लो समय अनेकौँ मुद्दामा बालेन र रविबिच समस्या देखिँदै आएको छ। रवि पक्षले बालेन सचिवालयको घेरामा सीमित रहेको आरोप लगाइरहेको छ। रविनिकट सांसदहरूले संसदमा प्रधानमन्त्री तथा सरकारको चर्को आलोचना गरिरहेका छन्। ...
नेपालमा सुनको मूल्य तोलाको ३ लाख नाघ्यो

नेपालमा सुनको मूल्य तोलाको ३ लाख नाघ्यो

नेपाल । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको ४८ सयले बढेर तोलाको ३ लाख एक हजार ७ सयमा कारोबार भयो । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९६ हजार ९ सयमा कारोबार भएको थियो। यस्तै, चाँदीको मुल्य पनि बढेको छ। महासङ्घका अनुसार चाँदी तोलाको ६५ रुपैयाँले बढेर तोलाको ४६४५ मा कारोबार भइरहेको भयो । यसअघि शुक्रबार चाँदी तोलाको ४५८० मा कारोबार भएको थियो।...
संसद् बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची

संसद् बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची

नेपाल । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बस्दैछ । सोमबार अपराह्न १ सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ । त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ । त्यस्तै, बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘...
निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न एनआरएनए यूकेको माग

निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न एनआरएनए यूकेको माग

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’लाई राष्ट्रिय विभूति घोषणा गरी सर्वोच्च राष्ट्रिय सम्मान प्रदान गर्न नेपाल सरकारसँग माग गरेको छ । एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले प्रधानमन्त्रीलाई खुला पत्र पठाउँदै बेलायती गोर्खा तथा गैरआवासीय नेपाली संघ, बेलायत र विश्वभर रहेका नेपाली समुदायको तर्फबाट यस्तो माग गरेका हुन् । पत्रमा निर्मल पुर्जाको असाधारण योगदानलाई नेपाल सरकारले औपचारिक रूपमा सम्मान गर्नुपर्ने उल्लेख गरिएको छ । पत्रमा पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका पर्वतारोही निर्मल पुर्जा तथा उनीसँगै ज्यान गुमाएका नौ जना पर्वतारोहीप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । साथै, उनका परिवारजनप्रति समवेदना प्रकट गरिएको छ । एनआरएनए यूकेले निर्मल पुर्जालाई सामान्य पर्वतारोही मात्र नभई मानव साहस, अनुशासन, सेवा, नेत...
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

नेपाल । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पङ्क्तिसँग प्रत्यक्ष संवादमा आउनुपर्ने कार्यक्रम तय गरेको छ । लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनुपर्ने भएकाले जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न रास्वपाले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्न लागेको हो । रास्वपाका सहमहामन्त्री असिम शाहले विज्ञप्तिमार्फत जारी गरेर भुइँमान्छेका आवाजलाई सिधै राज्यको नीतिनिर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्न यो कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभएको हो । कार्यक्रमको पहिलो चरणमा साँझ एक घण्टाको अवधि पूर्ण रूपमा आमनागरिकका लागि खुला रहने, त्यहा...
तेस्रो संस्करणको एनपीएल क्रिकेट कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म हुने

तेस्रो संस्करणको एनपीएल क्रिकेट कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म हुने

नेपाल । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट कार्तिक ९ देखि मङ्सिर ५ गतेसम्म हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार राति सार्वजनिक गरेको मिति अनुसार एनपीएल दसैँ लगत्यै सुरु हुने छ । दसैँको पूर्णिमाको भोलिपल्ट सुरु हुने एनपीएलका लागि सहभागी आठ वटै फ्रेन्चाइज टोलीले अक्सनबाट खेलाडी अनुबन्ध गरिसकेका छन् । टोलीमा विदेशी खेलाडी अनुबन्ध गर्ने क्रम जारी रहेको छ । एनपीएलमा साविक विजेता लुम्बिनी लायन्स, उपविजेता सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, कर्णाली याक्स, चितवन राइनोज, पोखरा एभेन्जर्स, विराटनगर किङ्स र जनकपुर बोल्ट्सले प्रतिस्पर्धा गर्नेछन् । क्यानले मिति तय गरेपनि खेलको तालिका भने सार्वजनिक गरेको छैन ।...
कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारका लागि आठ कृतिको संक्षिप्त सूची सार्वजनिक

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारका लागि आठ कृतिको संक्षिप्त सूची सार्वजनिक

नेपाल । कविडाँडा साहित्य समाज, चितवनले कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८२’का लागि आठ कृतिको संक्षिप्त सूची सार्वजनिक गरेको छ । संक्षिप्त सूचीमा अज्ञात (केशवराज ज्ञवाली), इथा (केशव दाहाल), तोरकीन (क्षितिज समर्पण), महायुग (सीमा आभास), राजमाता (नीलम कार्की निहारिका), सत्यम् (लक्ष्मण वियोगी), सलह (श्रवण मुकारुङ) र सूतपुत्र (शंकरप्रसाद गैरे) कृतिहरू छनोटमा परेको समाजका अध्यक्ष एल.बी. क्षेत्रीले जानकारी दिएका छन् । समाजले उत्कृष्ट तीन कृतिको सूची सार्वजनिक गरेपछि मात्र अन्तिम चरणमा पुरस्कृत हुने कृतिको घोषणा गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । ...
कोलोराडोका दिदीबहिनीहरूले साँस्कृतिक कार्यक्रमसंगै सामुहिकरुपमा खाए तिजको दर

कोलोराडोका दिदीबहिनीहरूले साँस्कृतिक कार्यक्रमसंगै सामुहिकरुपमा खाए तिजको दर

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । महिला दिदीबहिनीहरुको महान चाड तिज नजिकिदै गर्दा कोलोराडो निवासी दिदीबहिनीहरुले बिभिन्न साँस्कृतिक कार्यक्रम गरी शुभकामना आदान प्रदान गर्दै सामुहिक तिजको दर खाएका छन् । प्रवासमा रहेका महिला दिदी बहिनिहरुलाई एक्लो भएको महसुस हुन नदिन र सबै दिदी बहिनी एकै ठाउमा जम्मा भई सुख दुख साटासाट गर्दै माईतीको झल्को मेटाउन कोलोराडो सिष्टर्स ग्रुप दिदी बहिनी समुहले आयोजना गरेको सामुहिक दरखाने कार्यक्रमा उपस्थित भइ शुभकामना आदान प्रदान गर्दै सामुहिक दर खाएका हुन् । कोलोराडो वेष्टमिनिष्टर सिटी स्थित Ultra Lounge मा शनिबार सांझ ५ बजे देखी राती १० बजे सम्म संचालन भएको तिजको दरखाने कार्यक्रममा संघ संस्थाका प्रतिनिधी बुद्धीजिवी, अभियान्ता, गन्यमान्य, समाजसेवी, ब्यवसायी संचारकर्मि तथा नेपालीभाषी बुबाआमा , दिदीबहिनी दाजुभाईहरुको बाक्लो उपस्थिती रहेको थियो । प्रवासमा हाम्रो...
नेपाली घरमा शिवालय स्थापना तथा प्राणप्रतिष्ठा महोत्सव आयोजना हुँदै

नेपाली घरमा शिवालय स्थापना तथा प्राणप्रतिष्ठा महोत्सव आयोजना हुँदै

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । कोलोराडोस्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा शिवालय स्थापना गरी भगवान शिवसहित शिव परिवारका दिव्य मूर्तिहरूको प्राणप्रतिष्ठा महोत्सव आयोजना गरिने भएको छ । नेपाली घरमा स्थापना हुन लागेको पवित्र शिवालयमा शिव, माता पार्वती, कार्तिकेय र श्रीगणेशका मूर्तिहरू स्थापना गरि एक भब्य समारोह बिच प्राण प्रतिष्ठा गर्न लागिएको हो । यही अगस्ट १६ तारिक आइतबारका दिन बिहान ९ बजेदेखी आयोजना हुने प्राणप्रतिष्ठा समारोहमा गुरु तथा पुरोहितहरूद्वारा शास्त्रीय एवं वैदिक विधिअनुसार पूजापाठ, जप–तप, हवन तथा धार्मिक अनुष्ठान गरि बाजागाजा, भजन–कीर्तनसहित विशेष धार्मिक वातावरणमा मूर्तिहरूको प्राणप्रतिष्ठा गरिने नेपाली घरका अध्यक्ष गंगा चौलागाईंले बताएका छन् । शिवालयमा नेपालको पवित्र कालीगण्डकी नदीको शिलाबाट निर्मित शिव परिवार, शिवलिङ्ग तथा बसाहको मूर्ति स्थापना गरिने भएको छ ।...