२४ असार २०८२, मंगलवार

ताजा समाचार

न्याय परिषद्को सिफारिसमा सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त

न्याय परिषद्को सिफारिसमा सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त गरेका छन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीश नियुक्त गरिएको हो । संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले उनीहरूलाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।...
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले तीन जनाको नाम सिफारिस गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तको संयोजकत्वको सो समितिले प्रधानमन्त्री एवं कुलपति ओली समक्ष ती नाम सोमबार सिफारिस गरेको हो । सिफारिस भएकाहरुमा वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा डा खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा डा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख प्रा डा दीपक अर्याल रहेका छन्। उपकुलपति प्रा डा केशरजङ्ग बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत भएपछि गत चैत ३१ गते कुलपति ओलीले शिक्षाध्यक्ष केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा तीन महिनाका लागि उपकुुलपतिको जिम्मेवारी दिएका थिए। कुलपति ओलीले गत जेठ ६ गते शिक्षामन्त्री पन्तको अध्यक्षतामा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य र...
अमेरिकाको लस एन्जेल्समा माओवादी नेता नारायणकाजीको नेपाली समुदायसँग भेटघाट

अमेरिकाको लस एन्जेल्समा माओवादी नेता नारायणकाजीको नेपाली समुदायसँग भेटघाट

अमेरिका । पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अमेरिकाको लस एन्जेल्समा आयोजित नेपाली समुदायसँगको भेटघाट कार्यक्रममा सहभागिता जनाएका छन् । कार्यक्रममा नेपालीहरूको सक्रिय उपस्थिति रहेको र विचार आदानप्रदानले सम्पन्न भएको छ । पछिल्लो पटक सरकारमा रहँदा सुशासनको अभियानलाई गुणात्मक ढंगले अघि बढाएको स्मरण गर्दै श्रेष्ठले हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियान सम्पन्न भएको तथा पहिलो चरणको मध्यपहाडी लोकमार्ग केन्द्रित हिमाल–पहाड जागरण अभियानको सफल समापन पश्चात अमेरिकाको भ्रमणमा आएका बताएका छन् । लस एन्जेल्स आगमनपछि आयोजित ग्रिट एण्ड मिट कार्यक्रममा उनले विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरू, व्यवसायी, इन्जिनियर, चिकित्सक, प्राध्यापक, पत्रकार, पुराना सहपाठी तथा विद्यार्थीहरूसँग भेटघाट गरेका थिए । कार्यक्रम अवैतनिक महावाणिज्यदूत ऋषि गुण...
संविधान संशोधनलाई सार्थक निष्कर्षमा पुर्‍याउन कार्यदल गठन गर्ने काँग्रेसको निर्णय

संविधान संशोधनलाई सार्थक निष्कर्षमा पुर्‍याउन कार्यदल गठन गर्ने काँग्रेसको निर्णय

नेपाल । नेपाली कांग्रेसले संविधान संशोधनको विषयलाई सार्थक निष्कर्षमा पुर्‍याउन कार्यदल गठन गर्ने निर्णय गरेको छ । असार १६ गते सुरु भई सोमबार सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीभित्र संविधान संशोधनका विषयमा छलफल चलाउने गरी कार्यदल गठन गर्ने निर्णय गरेको हो । प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दल एवं अन्य राजनीतिक दल, संविधान निर्माणमा योगदान गरेका विज्ञ, विशेषज्ञ एवं सरोकारवाला नागरिक समाजसँग पनि कार्यदलले संवाद गर्ने छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले सरकारले विकास, सुशासन एवं समुन्नतिका लागि अझै प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको बताउनुभयो । बैठकले सुनको बिक्री प्रक्रियामा कायम कोटा र वितरण प्रणालीको एकाधिकार उचित नभएकाले तत्काल खारेज गर्न र यस क्षेत्रका समस्याको दीर्घकालीन समाधानार्थ सरकारको ध्यानाकर्षण गर...
भोटेकोशीमा आएको बाढीले नेपाल–चीनको केरुङ जोड्ने जोड्ने मितेरी पुल बगायो

भोटेकोशीमा आएको बाढीले नेपाल–चीनको केरुङ जोड्ने जोड्ने मितेरी पुल बगायो

नेपाल । भीषण वर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । सोमबार राति भोटेकोशीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको हो । बाढीले पुल बगाएपछि रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ । ड्राइपोर्ट क्षेत्रमा पनि बाढीले क्षति पुर्याएको छ । त्यहाँ जाँचपासका लागि राखिएका गाडीहरु पनि बगाएको छ । ड्राइपोटमा काम गर्ने केही ड्राइभर, मजदुरलाई पनि बाढीले बगाएको हुनसक्ने आँकलन गरिए पनि हालसम्म पुष्टि हुन सकेको छैन । ...
‘कुलिङ पिरियड’ बारे छानबिन गर्न विशेष समिति गठन

‘कुलिङ पिरियड’ बारे छानबिन गर्न विशेष समिति गठन

नेपाल । संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको विषयमा अध्ययन तथा छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले समितिको घोषणा गर्नुभएको हो । प्रतिनिधिसभा नियमावलीबमोजिम संसदीय विशेष समितिको संयोजकमा नेपाली कांग्रेसका जीवन परियार, सदस्यहरूमा कांग्रेसका सुशीला थिङ, नेकपा (एमाले) का नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेकपा (माओवादी केन्द्र) का माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रोशन कार्की रहनुभएको छ । समितिले विधेयकका सम्बन्धमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट प्रतिनिधिसभामा पेस भएको प्रतिवेदनमा र समितिमा भएको छलफल, सैद्धान्तिक सहमति, निर्णय, विद्युतीय अभिलेख (अडियो, भिडियो) भन्दा फरक हुनेगरी ‘कुलिङ अफ पिरियड’ सम्बन्धी...
एनएसपीएल क्रिकेट असोज १५ देखि २४ गतेसम्म काठमाडौँमा हुने

एनएसपीएल क्रिकेट असोज १५ देखि २४ गतेसम्म काठमाडौँमा हुने

नेपाल । नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) क्रिकेट असोज १५ देखि २४ गतेसम्म काठमाडौँमा हुने भएको छ । डीजीआर स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा पहिलो पटक एनएसपीएल टी–१० क्रिकेट प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सात टोलीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा एनएसपीएलका अध्यक्ष ज्ञानु सिंहले जानकारी दिनुभयो । काठमाडौँको तल्लो मुलपानी मैदानमा हुने लिगको खेल सिंगल राउन्ड रोबिन लिगका आधारमा हुनेछ । लिगका कूल २४ खेल हुनेछन् । लिगको शीर्ष चार टोली सेमिफाइनमा भिड्नेछन् । प्रतियोगितामा सहभागिताको लागि टोलीले बोल कबोलका आधारमा खेलाडी अनुबन्ध गर्नेछन् । प्रतियोगिताको टोलिले २१ लाख र उपविजेताले ११ लाख रुपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । एनएसपीएलले यस प्रतियोगिताको विकास र विस्तारका लागि चर्चित अभिनेता निखिल उप्रेतीलाई आफ्नो ब्राण्ड एम्बेसेडर बनाएको छ । ...
बाबुछोराको संयुक्त कवितासंग्रह ‘वंशवृक्ष’ सार्वजनिक

बाबुछोराको संयुक्त कवितासंग्रह ‘वंशवृक्ष’ सार्वजनिक

नेपाल । पत्रकार तथा साहित्यकार पुरुषोत्तम दाहाल र उनका पुत्र अनिमेषद्वारा लिखित संयुक्त कवितासंग्रह ‘वंशवृक्ष’ सार्वजनिक गरिएको छ । असार २१ गते काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली लेखक संघका अध्यक्ष वियोगी बुढाथोकी, राधेश्याम लेकाली, प्रा. विष्णु केसी, कलानिधि दाहाललगायत साहित्यकारले उक्त कवितासंग्रह लोकार्पर्ण गरेका हुन् । यो कवितासंग्रहमा पुरुषोत्तमका १७ र अनिमेषका १३ कविता समेटिएको छ । कृतिमाथि प्रा. केसी र खेमनाथ दाहालले समीक्षात्मक चर्चा गरे । मिलाप पब्लिकेसनद्वारा उक्त कविताकृति प्रकाशित गरिएको हो ।...
सुकन्या वाइवा र भूपाल बस्नेतलाई योगमाया राष्ट्रिय स्रष्टा सम्मान

सुकन्या वाइवा र भूपाल बस्नेतलाई योगमाया राष्ट्रिय स्रष्टा सम्मान

नेपाल । नेपाल स्रष्टा समाजले ‘योगमाया राष्ट्रिय स्रष्टा सम्मान २०८२’ सुकन्या वाइवा र ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय स्रष्टा सम्मान २०८२’ भूपाल बस्नेतलाई प्रदान गरेको छ । सम्मानका साथ वाइवालाई नगद राशि २५ हजार १११ तथा बस्नेतलाई ५१ हजार एक रुपैयाँ प्रदान गरियो । आइतबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा सामाजिक अभियन्ता दुर्गा घिमिरेले सर्जकहरूलाई पुरस्कृत गर्दै योगमायाको व्यक्तित्व र उनको निष्ठा एवम् त्यागबारे चर्चा गरिन् । साहित्यकार श्रीओम रोदनले योगमायालाई राष्ट्रिय विभूतिको रूपमा घोषणा गर्नुपर्छ भनेर आफूहरूले भन्दै आएको बताए । सम्मानित व्यक्तित्व वाइवाले नेपालीको मनभरि योगमाया छाएको बताउँदै पारिजातले समेत योगमायालाई बहुआयामिक व्यक्तित्व मानेको चर्चा गरिन् । ...
कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छः माधव नेपाल

कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छः माधव नेपाल

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सम्पूर्ण श्रमजीवी जनताको समतामूलक समृद्धिका लागि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बताएका छन् । पार्टीनिकट विद्यार्थी जिल्ला कमिटीको पाँचौँ अधिवेशनको उद्घाटन गर्दै उनले देशको राजनीतिमा विभिन्न कम्युनिष्ट पार्टीमा बढ्दै गइरहेका अन्तरविरोधलाई समाप्त गर्न कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन आवश्यक रहेको बताए । विश्व परिवेशमा कम्युनिष्ट आन्दोलन कमजोर भएको समयमा नेपाली जनताले कम्युनिष्ट पार्टीलाई अनुमोदन गरेको बताउँदै अध्यक्ष नेपालले देशको धरातलीय यथार्थ सापेक्ष कार्यनीतिक कार्यदिशाका कारण नेपाली समाजको रुपान्तरणका लागि कम्युनिष्ट आदर्श तथा विचारको विकास सम्भव भएको उल्लेख गरे ।...