९ भाद्र २०८३, मंगलवार

राजनीति/समाज

अनलाइन प्रणालीबाट मात्रै सरुवाको निवेदन दिन कर्मचारीहरूलाई आह्वान

अनलाइन प्रणालीबाट मात्रै सरुवाको निवेदन दिन कर्मचारीहरूलाई आह्वान

नेपाल । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइन प्रणालीमार्फत सरुवाको निवेदन दिनका लागि निजामती कर्मचारीहरूलाई आह्वान गरेको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर अनलाइन प्रणालीमार्फत सरुवाको निवेदन पेस गर्न अनुरोध गरेको हो । मन्त्रालयले सरुवाका लागि इच्छुक कर्मचारीहरूले अनिवार्य रूपमा उक्त प्रणालीमा आफ्नो व्यक्तिगत खाता सिर्जना गरी अनलाइन प्रणालीमार्फत सरुवाको निवेदन पेस गर्नु अनुरोध गरेको छ । अनलाइन प्रणालीबाहेक अन्य कुनै माध्यमबाट प्राप्त हुने सरुवासम्बन्धी निवेदन उपर कुनै कारबाही नहुने बेहोरा मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।...
परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि रूसी महासंघका नवनियुक्त राजदूतको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि रूसी महासंघका नवनियुक्त राजदूतको शिष्टाचार भेटवार्ता

नेपाल । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि रूसी महासंघका नवनियुक्त राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरूबीच नेपाल–रूस सम्बन्धका विभिन्न विषयहरूबारे छलफल भएको मन्त्रालयले जनाएको छ । साथै दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा गरिने कार्यक्रमहरू तथा रूसी सेनामा रहेका नेपाली नागरिकसम्बन्धी विषयहरूमा विचार विमर्श भएको थियो ।...
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा अन्य मुद्दासँग सम्बन्धित फाइल झिकाउन आदेश

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा अन्य मुद्दासँग सम्बन्धित फाइल झिकाउन आदेश

नेपाल । सर्वोच्च अदालतले नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिहाइ मागेर दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा अन्य मुद्दासँग सम्बन्धित फाइल झिकाउन आदेश गरेको छ । न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले सम्बन्धित अदालतबाट मुद्दाका मिसिल झिकाई असार १८ गतेको पेसी तोक्न आदेश गरेको छ । संयुक्त इजलासले दीपक भट्टसमेत प्रतिवादी भई विशेष अदालतमा दायर मुद्दाको मिसिल मगाउने आदेश गरेको छ । यस्तै भट्टसमेत विपक्षी भई उच्च अदालत पाटनमा दायर बैङ्किङ कसुर मुद्दाको सक्कल मिसिल झिकाउने पनि आदेश गरेको छ । अदालतले आशिष श्रेष्ठसमेत प्रतिवादी रहेको बिमासम्बन्धी कसुर मुद्दाको मिसिल जिल्ला अदालत काठमाडौँबाट झिकाउने पनि आदेश गरेको छ । यस्तै नेपाल सरकार वादी भई जिल्ला अदालत काठमाडौँमा दर्ता भएको प्रतिवादी सुलभ अग्रवालसमेतको मुद्दाको मिसिल झिकाउन पनि सर्वोच्चले आदेश गरेको छ । ...
बजार अनुगमन, स्वास्थ्य सुरक्षा र प्रशासनिक जवाफदेहिताबारे विशेष निर्देशन जारी

बजार अनुगमन, स्वास्थ्य सुरक्षा र प्रशासनिक जवाफदेहिताबारे विशेष निर्देशन जारी

नेपाल । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीलाई बजार अनुगमन, नागरिक स्वास्थ्य सुरक्षा र प्रशासनिक जवाफदेहिताका सम्बन्धमा विशेष निर्देशन जारी गरेको छ । गृह मन्त्रालयले मङ्गलबार देशभर सञ्चालित होटेल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र स्वच्छता कमजोर रहेको गुनासो प्राप्त भएपछि यस्तो निर्देशन दिएको हो । मन्त्रालयले होटेल तथा रेस्टुरेन्टले प्रदान गर्ने खानाको गुणस्तर र खाद्य स्वच्छता सम्बन्धमा नियमित, सघन र आकस्मिक अनुगमन गर्न निर्देशन दिएको छ । अनुगमनलाई प्रक्रियामा मात्र सीमित नराखी परिणाममुखी बनाउन र प्रचलित कानुनको उल्लङ्घन गर्ने पक्षलाई कडा कानुनी कारबाही गर्न भनिएको छ । नागरिकको स्वास्थ्य सुरक्षा र उपभोक्ता अधिकारको ग्यारेन्टी गर्नु राज्यको प्राथमिक दायित्व भएको मन्त्रालयले स्पष्ट पारेको छ । ...
सार्वजनिक तथा निजी सवारीको सिसामा जडान गरिएको कालो स्टिकर हटाउने अभियान शुरु

सार्वजनिक तथा निजी सवारीको सिसामा जडान गरिएको कालो स्टिकर हटाउने अभियान शुरु

नेपाल । गृहमन्त्री सुधन गुरुङले सार्वजनिक तथा निजी सवारीको सिसामा जडान गरिएको कालो स्टिकर हटाउने अभियानलाई तीव्रता दिन ट्राफिक प्रहरीलाई निर्देशन दिनुभएको छ । सोमबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमनका क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो । गृहमन्त्री गुरुङले आफ्नो सवारीको कालो स्टिकर पनि हटाइदिन निर्देशन दिनुभयो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश काफ्लेसहितका अधिकृतलाई निर्देशन दिँदै गुरुङले भन्नुभयो, “मेरो गाडीमा जडान भएको कालो सिसा पनि हटाउनूस् ।” असार १४ देखि ट्राफिक प्रहरीले उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीको सिसामा जडान गरिएको कालो स्टिकर हटाउँदै कारबाही गरिरहेको छ । यता कानुनविपरीत सिसामा कालो स्टिकर टाँसेर सञ्चालन भएका निजी तथा सार्वजनिक सवारीलाई कारबाही भएको छ । काठमाडौँ उपत्यकामा चल्ने यस्ता ५४ सवारीलाई काठमाडौँ उपत्यका ...
राहदानी विभागका तत्कालीन महानिर्देशक अर्यालसहित पाँच जनालाई धरौटीमा रिहा गर्न आदेश

राहदानी विभागका तत्कालीन महानिर्देशक अर्यालसहित पाँच जनालाई धरौटीमा रिहा गर्न आदेश

नेपाल । विशेष अदालतले राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालसहित पाँच जनालाई धरौटीमा रिहाको आदेश गरेको छ । विद्युतीय राहदानी छपाइ प्रकरणमा अनियमितता आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दासाथ पेस गरेका छ कर्मचारीसहित सात जनालाई विशेषले रिहाको आदेश गरेको हो । विशेषले राहदानी विभागका तत्कालीन महानिर्देशक अर्यालसँग पाँच लाख रुपियाँ धरौटी मागेको छ । यस्तै विभागका निर्देशक सुनीलकुमार केसीसँग चार लाख रुपियाँ धरौटी अदालतले माग गरेको छ । अदालतले कम्प्युटर इन्जिनियर विपिन प्रसाईं र तत्कालीन शाखा अधिकृत सोमेश थापासँग जनही तीन लाख रुपियाँ धरौटी माग गरेको छ । छपाइ जिम्मेवारी पाएको जर्मन कम्पनीका नेपाल प्रतिनिधि मणिन्द्रराज मल्लसँग अदालतले पाँच लाख रुपियाँ धरौटी माग गरेको छ । तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य र परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव (कानुन) राजाराम दाहालल...
एक सातापछि प्रतिनिधि सभाको बैठक बस्दै

एक सातापछि प्रतिनिधि सभाको बैठक बस्दै

नेपाल । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको २८ औँ बैठक आइतबार बस्दैछ। संसद् सचिवालयका अनुसार बैठक आज बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो। । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित गरिएको थियो। मन्त्री तथा रास्वपा सांसदहरू महाधिवेशनमै व्यस्त भएपछि संसदका महत्वपूर्ण विधेयक र बजेटसम्बन्धी कार्यसूची प्रभावित बनेका छन्। आइतबारको बैठकका लागि संसद् सचिवालयले सम्भावित विभिन्न १२ वटा कार्यसूची तय गरेको छ। बैठकको सुरुमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुहुने कार्यसूची रहेको छ। यस अघि असार ५ गते बैठक बसेको थियो ।...
कांग्रेसको क्रियाशील सदस्य बन्न १८ वर्ष पूरा भएको हुनुपर्ने

कांग्रेसको क्रियाशील सदस्य बन्न १८ वर्ष पूरा भएको हुनुपर्ने

नेपाल । नेपाली कांग्रेसले १८ वर्ष पूरा भएका नागरिकले मात्रै पार्टीको क्रियाशील सदस्यता लिन सक्ने अवसर र जिम्मेवारी प्राप्त गर्न सक्ने प्रस्ट पारेको छ । कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बाल अधिकार उपसमितिले अपिल जारी गर्दै सिद्धान्त र नीतिप्रति प्रतिबद्ध नागरिक कांग्रेसको क्रियाशील सदस्य बन्न पाउने र उमेर १८ वर्ष पूरा भएको हुनुपर्ने प्रस्ट पारेको हो । उपसमिति संयोजक उमङ्ग लोहनीले अपिलमा उमेरसँग सम्बन्धित यो प्रावधान पार्टीको वैधानिक दृष्टि मात्रै नभएर मुलुकको कानुन र संविधानको मर्म भएको बताउनुभएको छ । उहाँले पार्टी सदस्य सङ्ख्या धेरै देखाउने अर्थहीन होड गरेर एकातर्फ बालबालिकाको बालापन खोस्ने तथा अर्कातर्फ कानुन र संविधानविपरीत कार्य गर्ने गलत प्रवृत्ति देशभर कहीँ पनि प्रस्तुत हुन नदिन पार्टीको सबै तहलाई सार्वजनिक रूपमा आह्वान गर्नुभएको छ । उहाँले कांग्रेसले ...
ओली–प्रचण्ड आइतबार एउटै मञ्चमा देखिदैं

ओली–प्रचण्ड आइतबार एउटै मञ्चमा देखिदैं

नेपाल । मदन भण्डारी फाउन्डेसनद्वारा आयोजना हुन लागेको कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्नुहुने भएको छ । फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभामा आयोजना हुने ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक कार्यक्रममा लामो समयपछि ओली र प्रचण्ड एकै मञ्चबाट सम्बोधन गर्नुहुने भएको छ । फाउन्डेसनका कार्यवहाक सचिव डा. भेषराज अधिकारीका अधिकारीका अनुसार उक्त कार्यक्रममा नेकपाका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्नुहुने छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले उक्त कार्यक्रममा अध्यक्ष ओली जानुहुने जानकारी दिनुभयो । यसैगरी, संयोजक प्रचण्डका सहयोगी गोवि...
स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानामगरको गाडी दुर्घटनामा मृत्यु

स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानामगरको गाडी दुर्घटनामा मृत्यु

नेपाल । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानामगरको गाडी दुर्घटनामा ज्यान गएको छ । ५० वर्षीय रानामगर आफैले चलाएको लु प्र १–००१ झ ०००८ नं. को गाडी आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घटनास्थलमै ज्यान गएको हो । स्वर्गद्वारीबाट धनवाङ तर्फ जादै गरेको गाडी स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्ला भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक सुजनबाबु बिश्वकर्माले जानकारी दिनुभयो । गाडी सडक देखी अन्दाजी पाँच सय मिटर तल खसेको उहाँले बताउनुभयो ।...