नेपाल । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीलाई बजार अनुगमन, नागरिक स्वास्थ्य सुरक्षा र प्रशासनिक जवाफदेहिताका सम्बन्धमा विशेष निर्देशन जारी गरेको छ ।
गृह मन्त्रालयले मङ्गलबार देशभर सञ्चालित होटेल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र स्वच्छता कमजोर रहेको गुनासो प्राप्त भएपछि यस्तो निर्देशन दिएको हो । मन्त्रालयले होटेल तथा रेस्टुरेन्टले प्रदान गर्ने खानाको गुणस्तर र खाद्य स्वच्छता सम्बन्धमा नियमित, सघन र आकस्मिक अनुगमन गर्न निर्देशन दिएको छ ।
अनुगमनलाई प्रक्रियामा मात्र सीमित नराखी परिणाममुखी बनाउन र प्रचलित कानुनको उल्लङ्घन गर्ने पक्षलाई कडा कानुनी कारबाही गर्न भनिएको छ । नागरिकको स्वास्थ्य सुरक्षा र उपभोक्ता अधिकारको ग्यारेन्टी गर्नु राज्यको प्राथमिक दायित्व भएको मन्त्रालयले स्पष्ट पारेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्