३ भाद्र २०८३, बुधबार

‘बिपी र विद्रोहका ती दिन’ सार्वजनिक

कोलोराडोखबर संवाददाता , August 19th, 2026

नेपाल । पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाले आह्वान गरेको सशस्त्र सङ्घर्षको सँगालो ‘बिपी र विद्रोहका ती दिन’ सार्वजनिक भएको छ ।

इलामका राजनीतिज्ञ एवं लेखक धर्म गौतमले लेख्नुभएको पुस्तक ‘बिपी र विद्रोहका तीन दिन’ आइतबार काठमाडौँमा विमोचन गरिएको हो ।

लेखक गौतमसँगै नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, लेखक एवं वरिष्ठ पत्रकार हरिहर विरही, राजनीतिशास्त्री सुचेता प्याकुरेल र युवा राजनीतिज्ञ उषाकिरण तिम्सिनाले पुस्तक विमोचन गर्नुभयो ।

कांग्रेस सभापति गगनकुमार थापाले पार्टीका संस्थापक बिपी कोइरालाको विचार र सिद्धान्तलाई सत्ता प्राप्तिको रणनीतिका रूपमा मात्र प्रयोग गर्न नहुने बताउनुभयो ।

किताब प्रकाशनले पुस्तक प्रकाशनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्