९ भाद्र २०८३, मंगलवार

राजनीति/समाज

लामिछानेद्वारा रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट

लामिछानेद्वारा रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट

नेपाल । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्। शुक्रवार सिंहदरबारमा पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफूले पार्टीको प्रथम महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कतै पनि प्रदेश संरचना खारेजीको विषय समावेश नगरिएको बताएका हुन्। उनले रास्वपाले प्रदेश खारेजीको प्रस्ताव कतै पनि नराखेको दाबी गर्दै प्रदेश संरचनालाई प्रभावकारी बनाउन ‘रेट्रोफिट’ गर्नुपर्ने विषयमा छलफलको प्रस्ताव गरिएको बताए। उनले प्रदेश संरचनाको प्रभावकारिताबारे बहस गर्ने आवश्यकता सबै राजनीतिक दलले महसुस गरेका कारण रास्वपाले बहसको प्रस्ताव मात्र गरेको दोहोर्‍याए। उनले सरकार र रास्वपा लोकतान्त्रिक व्यवस्था र संघीयताको पक्षमा रहेको भए पनि संघीय संरचनालाई थप नागरिकमैत्री र प्रभावकारी बनाउनुपर्नेमा जोड ...
बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको १०० दिन पूरा

बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको १०० दिन पूरा

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको आज १०० दिन पूरा भएको छ। गतवर्ष फागुन २१ गते सम्पन्न नर्वाचनपछि चैत १३ गते शाहको नेतृत्वमा सरकार बनेको थियो। यो १०० दिनको अवधिमा सरकारले केही सकारात्मक सुरुवात गर्ने प्रयास गरे पनि धेरै आलोचना समेत खेप्नुपरेको छ । सरकारले सार्वजनिक सेवा प्रवाह, सुशासन र संरचनागत सुधारको प्रयास गरे पनि लोकतन्त्र, विधिको शासन र जवाफदेहितामा चुकेको छ । यस सन्दर्भमा रास्वपा सभापति रवि लामिछाने आफूहरुले तीन वर्षको प्याकेज बनाएर काम सुरु गरेका नतिजा आउन केही समय लाग्न सक्ने बताए। यद्यपि नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सुरुवात गर्ने सवालमा सरकार सफल भएको उनको दाबी छ ।...
विभिन्न सात विश्वविद्यालयका उपकुलपति नियुक्त

विभिन्न सात विश्वविद्यालयका उपकुलपति नियुक्त

नेपाल । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित विभिन्न सात विश्वविद्यालयका उपकुलपति नियुक्त गर्नुभएको छ। विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा सिफारिस उम्मेदवारमध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गर्नुभएको हो । जसअनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा भोला थापा नियुक्त हुनुभएको छ । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसन दत्त भट्ट नियुक्त हुनुभएको छ । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा राजन सुवाललाई नियुक्त गरिएको छ । त्यसैगरी, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा उपकुलपति पदमा नियुक्त हुनुभएको छ । नवनियुक्त उपकुलपतिहरूलाई शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयक...
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस

नेपाल । संवैधानिक परिषद्ले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तमा नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको परिषद् बैठकले प्रमुख आयुक्तमा सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्की र आयुक्तमा डा. राजीव सुब्बा तथा गुरुप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिस गरेको हो । संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि सिफारिस भएका पदाधिकारीको नियुक्ति हुने छ । सुब्बा नेपाल प्रहरीका अवकाशप्राप्त डिआइजी र वाग्लेले सरकारी वकिलको उपन्यायाधिवक्ताबाट अवकाश पाउनुभएको हो । ...
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

नेपाल । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई महोत्तरीको गौशालाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उच्च अदालत जनकपुरले बुधवार हत्यामा पाँच वर्ष कैद सजाय सुनाइएका उनलाई फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो। यसअघि थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले उनलाई सफाई दिएको थियो। तर उच्च अदालतले उक्त फैसला उल्ट्याइदिएको हो।...
पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिट खारेज

पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिट खारेज

नेपाल । पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिट खारेज भएको छ। उनलाई गैरकानुनीरुपमा थुनामा राखिएको भन्दै दायर गरिएको रिट सर्वोच्च अदालतले आज खारेज गरेको हो। पौडेलकी पत्नी दोमाया पौडेलले सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिने विशेष अदालतको निर्णयविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेकी थिइन्। बिहीबार उक्त रिट न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेको इजलासले खारेज गरेको हो।विशेष अदालतले पौडेललाई थप ६ दिन हिरासतमा राख्नेर अनुसन्धान गर्न अनुमति दिएको छ।...
रास्वपाको महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको औपचारिक सूची सार्वजनिक

रास्वपाको महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको औपचारिक सूची सार्वजनिक

नेपाल । असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको औपचारिक सूची सार्वजनिक भएको छ । महाधिवेशनले सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीसहित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हव् । सभापतिमा निर्वाचित रवि लामिछानेले चितवनमा शपथ लिनुभएको थियो भने अन्य पदाधिकारी र केन्द्रीय सदस्यले बुधबार शपथ लिएका छन् । भरतपुर महाधिवेशनको पहिलो चरणमा केन्द्रीय सदस्य र दोस्रो चरणमा पदाधिकारीको निर्वाचन सम्पन्न भएको थियो। महाधिवेशनबाट केन्द्रीय सभापति पदमा रवि लामिछाने, वरिष्ठ नेता वालेन्द्र शाह र खुला उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित हुनुभयो। यसैगरी महिला उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य, खुला सहमहामन्त्रीमा असिम शाह र हरि ढकाल तथा महिला सहमह...
त्रिवि सेवा आयोगको अध्यक्षमा वरिष्ठ शहरी योजनाविद् किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा वरिष्ठ शहरी योजनाविद् किशोर थापा नियुक्त

नेपाल । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ शहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन्। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् । यसैगरी सेवा आयोगको सदस्यमा प्राडा रेजिना मास्के नियुक्त भइन् । दुवै नियुक्ति त्रिभुवन विश्वविद्यालयको सेवा आयोगलाई प्रभावकारी, पारदर्शी र योग्य जनशक्तिमैत्री बनाउने उद्देश्यका साथ गरिएको हो । शिक्षा तथा खेलकुदमन्त्रीसमेत रहेका सहकुलपति सस्मित पोखरेलको नेतृत्वमा गठित अध्यक्ष सिफारिस समितिले सेवा आयोग अध्यक्ष पदका लागि प्राप्त आवेदनहरूको अध्ययन, मूल्याङ्कन तथा अन्तर्वार्तापछि तीनजनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा कुलपति शाहले थापालाई अध्यक्षमा नियुक्त गरेका हुन्। सिफारिस समितिले गत जेठ महिनामा सेवा आयोग अध्...
पार्टीमा देखिएका कमीकमजोरी हटाएर अगाडि बढ्ने प्रचण्डद्वारा विश्वास व्यक्त

पार्टीमा देखिएका कमीकमजोरी हटाएर अगाडि बढ्ने प्रचण्डद्वारा विश्वास व्यक्त

नेपाल । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएका कमीकमजोरी हटाएर अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्। पोखरामा बुधबार आयोजित गण्डकी प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले प्रदेश, जिल्ला तथा पालिका र वडातहसम्म संगठन विस्तार गरेर महाधिवेशनसम्म पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने अठोट व्यक्त गरे। आगामी महाधिवेशन सामान्य र नेतृत्व चयनमा मात्र केन्द्रित नभई वैचारिक र सङ्गठनको हिसाबले क्रमभङ्ग गर्ने गरी अघि बढ्ने उनले बताए। पार्टीका सहसंयोजक माधवकुमार नेपालले अहिलेकै अवस्थामा कम्युनिष्ट पार्टीहरूका बीचमा एकता सम्भव नरहेको बताए। राष्ट्रियतामाथि सङ्कट आउने अवस्था देखिएकाले वामपन्थी दलहरूबीच सहकार्य हुने उनले उल्लेख गरे। कार्यक्रममा नारायणकाजी श्रेष्ठ, देव गुरुङ, हितराज पाण्डे‚ देवेन्द्र पौडेल, श्रीनाथ बराल, ज्ञानु आचार्य, शिव बास्तोला, कृष्ण नेपाली, गायत्री गुरुङलगायत...
सरकारी कागजातको मोबाइल ‘स्क्यान’ नगर्न निर्देशन

सरकारी कागजातको मोबाइल ‘स्क्यान’ नगर्न निर्देशन

नेपाल । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कामकाजका आधिकारिक कागजातहरू मोबाइल एप प्रयोग गरेर ‘स्क्यान’ नगर्न तिनै तहका सरकारलाई निर्देशन दिएको छ । कार्यालयको सूचना प्रविधि शाखाले जारी गरेको परिपत्र अनुसार यो कदम मुख्य रूपमा डिजिटल सुरक्षा र तथ्याङ्क गोपनीयता सुनिश्चित गर्नका लागि चालिएको हो । बजारमा उपलब्ध विभिन्न बाह्य मोबाइल स्क्यानिङ एपहरू प्रयोग गर्दा स्क्यान गरिएका सामग्रीहरू विदेशी सर्भरहरूमा पुग्ने र भण्डारण हुने जोखिम उच्च रहन्छ । यसरी राज्यका नीतिगत निर्णय, गोप्य टिप्पणी र संवेदनशील दस्ताबेजहरू डिजिटल माध्यमबाट बाहिरिनु राष्ट्रिय सुरक्षाका लागि ठुलो चुनौती हो । परिपत्रमा सरकारी कामकाजमा प्रयोग हुने आधिकारिक कागजातहरूको गोपनीयता र सुरक्षित अभिलेखीकरणको सुनिश्चित गर्नु प्रत्येक कार्यालय तथा कर्मचारीको दायित्व भएको प्रष्ट पारिएको छ । हाल सरकारी कार्यालयहरूमा मोबाइल...