९ भाद्र २०८३, मंगलवार

राजनीति/समाज

लागुऔषध दुरुपयोग नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यकः सभापति थापा

लागुऔषध दुरुपयोग नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यकः सभापति थापा

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यक रहेको बताएका छन्। शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले लागुऔषध नियन्त्रणसँगै अन्य महत्वपूर्ण विधेयकहरु संसदमा नल्याए राजनीतिक रुपमा दबाब बढाउनुपर्ने समेत बताए। सभापति थापाले लागुऔषध दुरुपयोग र अवैध ओसारपसार नियन्त्रणका लागि कानूनी तथा नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनका साथै सुरक्षा निकायको क्षमाता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए। उनले विगतमा बनेका कानुनले संघीय शासन व्यवस्थाअनुसार संघ, प्रदेश र स्थानीय तहबीचको जिम्मेवारी स्पष्ट रूपमा समेट्न नसकेको पनि बताए।...
रास्वपाका पाँच जना पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक

रास्वपाका पाँच जना पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक

नेपाल । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका पाँच जना पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । यसअघि नै ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने तिनैबाट पदाधिकारी चयन भएका हुन् । रवि लामिछाने पार्टी सभापति र बालेन्द्र शाह वरिष्ठ नेता, उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध चयन भएका थिए । हेर्नुहोस् कसले कति मत पाए ? उपसभापति १ सोविता गौतम ७८९ डा. तोसिमा कार्की ५७२ महामन्त्री १ विपिनकुमार आचार्य ६७३ मनिष झा ३४६ गणेश कार्की १६९ सागर ढकाल १३९ रञ्जु दर्शना ३४ सहमहामन्त्री २ (खुला) असिम साह ४७१ हरि ढकाल ४१० पुकार बम ३३४ रमेश प्रसाईं ३०७ यज्ञमणि न्यौपाने ३०० सुलभ खरेल २९१ अशोककुमार चौधरी १७९ मिलन लिम्बु १५१ राजिव खत्री १४८ वीरेन्द्र जैरु ११४ हिमेश पन्त ५३ सहमहामन्त्री १ (महिला) निशा डाँगी ७३७ रीमा विश्वकर्मा २८२ क...
कक्षा १२ को परीक्षाफलमा त्रुटि भएको भन्दै विधार्थी संगठनहरुको आपत्ति

कक्षा १२ को परीक्षाफलमा त्रुटि भएको भन्दै विधार्थी संगठनहरुको आपत्ति

नेपाल । विभिन्न ११ विद्यार्थी संगठनले कक्षा १२ को परीक्षाफलमा देखिएको त्रुटि तथा केही समयअघि एसइईको नतिजामा व्याप्त कमजोरी भएको भन्दै आपत्ति जनाएका छन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत ११ विद्यार्थी संगठनले छिटो नतिजा प्रकाशन गर्ने नाममा लापरबाही गरेको भन्दै आपत्ति जनाएका हुन् । संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘गम्भीर त्रुटिले विद्यार्थीको मेहनत र जीवनमाथि खेलबाड गर्ने विषयलाई कुनै पनि अर्थमा सही मान्न सकिँदैन ।’ विद्यार्थीले काठमाडौंको माइतीघरमा थालेको आन्दोलन न्यायोचित र आवश्यक रहेको ठहर ऐक्यबद्धता व्यक्त गरेका छन् । त्रुटिको समाधान, पुनर् मूल्याङ्कनको वैज्ञानिक व्यवस्था र भविष्यमा यस्तो पुनरावृत्ति नहुने गरी सुधारका कदम चाल्न शिक्षा मन्त्रालयसँग माग गरेका छन् । ...
काँग्रेसको क्रियाशील सदस्यता अभियान व्यवस्थित बनाउन सबै जिल्लामा प्रतिनिधिहरू खटिए

काँग्रेसको क्रियाशील सदस्यता अभियान व्यवस्थित बनाउन सबै जिल्लामा प्रतिनिधिहरू खटिए

नेपाल । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अभियान व्यवस्थित बनाउन सबै जिल्लामा प्रतिनिधिहरू खटाएको छ । कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार पार्टीको १५ औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभियान अन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि तोकिएको जनाएको हो । नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेषगरी ३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ तोकिएका केन्द्रीय प्रतिनिधिहरूले २०८३ साल असार ७ गतेदेखि असार २० गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय, सहजीकरण तथा जिम्मेवारी निर्वाह गर्ने विश्वाससमेत लिएको जनाएको छ ।...
रास्वपाका ९९ केन्द्रीय सदस्य को को भए ? (सूचीसहित)

रास्वपाका ९९ केन्द्रीय सदस्य को को भए ? (सूचीसहित)

नेपाल । रास्वपाको केन्द्रीय सदस्य पदका लागि डा. स्वर्णिम वाग्लेले सबैभन्दा बढी मत ल्याएका छन् । चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनको निर्वाचनमा वाग्ले सर्वाधिक लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । त्यस्तै कानुनमन्त्री समेत रहेकी सोबिता गौतमले दोस्रो धेरै मत पाएकी छन् । पार्टीको केन्द्रीय निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार, डा. स्वर्णिम वाग्लेले खुलातर्फ २,६०७ मत प्राप्त गरेका थिए भने प्रवास (डायस्पोरा) का प्रतिनिधिहरूबाट थप ४९ मत प्राप्त गरे। प्रवासतर्फको शतप्रतिशत मत पाउन सफल भएपछि वाग्लेको कुल मत संख्या २,६५६ पुगेको छ । यसअघि नै सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा बालेन्द्र शाह निर्विरोध चयन भइसकेका छन् । रास्वपाका ९९ केन्द्रीय सदस्य को को भए ? ...
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा ‘वैकल्पिक, विकास वित्त परिचालन विधेयक, २०८३’ जारी

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा ‘वैकल्पिक, विकास वित्त परिचालन विधेयक, २०८३’ जारी

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले ‘वैकल्पिक, विकास वित्त परिचालन विधेयक, २०८३’ जारी गरेका छन् । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उनले उक्त विधेयक प्रमाणीकरण गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ। प्रतिनिधिसभाबाट पारित भएको उक्त विधेयक प्रमाणीकरणका निम्ति राष्ट्रपतिसमक्ष हालै पेस भएको थियो।...
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा केन्द्रीय सदस्यका लागि मतदान जारी

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा केन्द्रीय सदस्यका लागि मतदान जारी

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा मतदान जारी रहेको छ। रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले ९९ पदका लागि विद्युतीय भोटिङ मेसिनबाट मतदान भएको जानकारी दिए। मतदान बिहीबार बिहान १० बजेसम्म जारी रहने उनको भनाइ छ। रास्वपा महाधिवेशनमा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। ९९ केन्द्रीय सदस्यका लागि ३ सय ८४ जनाले उम्मेदवारी दिएका थिए। ती मध्ये ३४५ जना मैदानमा छन्। रास्वपाको विधानअनुसार सभापति र ९९ केन्द्रीय सदस्यको पहिलो चरणमा निर्वाचन हुने व्यवस्था छ। सभापतिमा रवि लामिछाने मंगलबार नै निर्विरोध भइसकेका छन्। उता ९९ केन्द्रीय सदस्य (भूगोल ३५ र खुला ६४) जनाका लागि मतदान हुने व्यवस्था छ। वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाहको निश्चित नै छ। पहिलो चरणमा निर्वाचन भएका ९९ जनाबाट पदाधिकारीको दोस्रो चरणमा निर्वाचन हुनेछ। १९ पदाधिकारीमध्ये मात्रै ८ ज...
रास्वपाको महाधिवेशनबाट सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित, बालेन प्रस्तावक

रास्वपाको महाधिवेशनबाट सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित, बालेन प्रस्तावक

नेपाल । रवि लामिछाने चितवनमा जारी पहिलो महाधिवेशनबाट सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले सभापतिमा उकल उम्मेदवारी परेकाले निर्वाचन आयोगले उनलाई सभापतिमा निर्विरोध घोषणा गरेको जानकारी दिए। उनको उम्मेदवारीमा वरिष्ठ नेता बालेन्द्र शाह प्रस्तावक रहेका थिए।...
अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख रुपैयाँ जरिवाना !

अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख रुपैयाँ जरिवाना !

नेपाल । गृहमन्त्री सुधन गुरुङले मंगलबार बिहान ब्रेकफास्ट खाँदा अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख रुपैयाँ जरिवाना गराइएको छ । अनुगमन गर्न जाँदा गुणस्तरहीन तेलको प्रयोग गरिएको र तरकारी ताजा नभएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरको एयरपोर्ट अगाडि रहेको होटल लर्ड्स बिजनेस कम्प्लेक्स प्रालिलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको हो। सहायक प्रमुख जिल्ला अधिकारीसहित खाद्य तथा गुणस्तर मापन कार्यालयको टोलीले होटलमा अनुगमन गरेको थियो। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मदन लामा थिङले उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने खाद्यान्न खुवाएको पाइएकाले जरिवाना गरिएको जनाएका छन्।...
विष्णु पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

विष्णु पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

नेपाल । विशेष अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबारदेखि लागू हुनेगरी विभागलाई अनुमति दिएको हो । पूर्वअर्थमन्त्री पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर मंगलबार अदालत उपस्थित गराइएको हो । उहाँलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ ।...