११ भाद्र २०८३, बिहीबार

राजनीति/समाज

नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको छ भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति विवादित !

नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको छ भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति विवादित !

नेपाल । प्रधानमन्त्री वालेन्द्र साहले नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको अभिव्यक्ति दिए पछि उनको आलोचन शुरु भएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिँदै उनले यस्तो कुरा बताएका थिए । उनको यो अभिव्यक्तिलाई लिएर विपक्षी सांसदहरुले नेपालले कहाँ कहाँ भारतको सीमा मिचेको छ ? संसदलाई स्पष्ट जवाफ दिनु पर्ने र उनको अभिव्यक्ति राष्ट्रघाती भएकाले माफी माग्नु पर्ने बताए । आफू प्रधानमन्त्री बनेपछि मात्रै यसबारे जानकारी पाएको उल्लेख गर्दै उनले नेपाल र भारतबिच देखा परेका सीमा समस्याहरूलाई वार्ता र संवादमार्फत समाधान गरिने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री भएपछि सीमासम्बन्धी विषयमा नयाँ तथ्यहरू फेला परेको र दुवै पक्षबाट सीमा अतिक्रमण भएको पाइएको उनले जानकारी दिए। यता, प्रधानमन्त्री शाहको अभिव्यक्ति विवादमा परे पछि परराष्ट्र मन्त्रालयले आधिकारिक स्पष्टीकरण दिएको छ। ...
विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछः प्रधानमन्त्री

विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछः प्रधानमन्त्री

नेपाल । प्रधानमन्त्री वालेन्द्र शाहले विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे आगामी निर्वाचनमा के गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा स्वतन्त्र सांसद महावीर पुनले सोध्नुभएको प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले विदेशमा रहेका नेपालीले मतदान गर्न दुई एउटा नेपाली दूतावासमा गएर मत दिने र अर्को मोबाइलबाटै मत दिने विकल्पहरू हुने बताउनुभयो । “मोबाइलबाट मत दिँदा प्रभावित हुनसक्ने जोखिम रहन्छ भनेर विगतदेखि नै अल्झेको भन्ने लाग्छ । दूतावासमा गएर मत दिने कि प्रविधिमैत्री बनाउने भन्ने कुरा हो । यससम्बन्धमा नेपाल सरकारले छलफल गरेर आगामी चुनावमा के कसो गर्न सकिन्छ”, प्रधानमन्त्री शाहले भन्नुभयो, “यसका लागि अध्ययन गर्ने विषयमा अध्ययन हुन्छ ।”...
राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक, २०८३ र मतदाता नामावली पहिलो संशोधन विधेयक, २०८३ विधेयक नेपालको संविधानको धारण ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिनुभयो । यसअघि विपक्षी दलका सांसदले विरोध गरे पनि प्रतिनिधिसभा नियमावली, २०८३ प्रतिनिधिसभाको बैठकबाट पारित भएको थियो ।...
पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः उपविदेशमन्त्री रोजर्स

पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः उपविदेशमन्त्री रोजर्स

नेपाल । अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी प्रविधिले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राख्नुभएको छ । नेपालस्थित अमेरिकी दूतावासले आइतबार आयोजना गरेको ‘द एसेन्ट समिट’मा उपविदेशमन्त्री रोजर्सले अमेरिका र नेपालबीचको नवप्रवर्तन, पर्यटन तथा प्रविधिगत सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले अमेरिका केवल समृद्धि र अवसरको देश मात्र नभई साहस, अन्वेषण र नवप्रवर्तनको भावनाबाट निर्माण भएको राष्ट्र भएको उल्लेख गर्दै हिमाल र विशेषगरी सगरमाथाले विश्वभरका साहसिक पर्यटक तथा पर्वतारोहीलाई प्रेरित गर्दै आएको बताउनुभयो । उहाँले सन् १९६३ मा अमेरिकी पर्वतारोही जिम ह्विटेकरले नेपाली शेर्पा नावाङ गोम्बुसँगै सगरमाथा आरोहण गरेको ऐतिहासिक क्षण स्मरण गर्दै त्यसले नेपाल–अमेरिका सम्बन्धलाई थप गहिरो बनाएको उल्लेख गर्नुभयो । उहाँका अनुसार छ दशकभन्दा बढी समयपछि पनि दु...
बजेटले न्यून आय भएका र विपन्न वर्गका समस्यालाई सम्बोधन गर्न सकेनः गगन थापा

बजेटले न्यून आय भएका र विपन्न वर्गका समस्यालाई सम्बोधन गर्न सकेनः गगन थापा

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले केही संरचनागत र नीतिगत सुधारका प्रयासहरू अगाडि सारे पनि न्यून आय भएका र विपन्न वर्गका समस्यालाई सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन् । उनले बजेटमा कांग्रेसले लामो समयदेखि उठाउँदै आएका संरचनागत सुधारका कतिपय विषय समेटिनु सकारात्मक भएको बताए । सकारात्मक पक्षहरूमा आवश्यक कानुन निर्माण गर्न प्रतिपक्षको हैसियतले कांग्रेसले सहयोग गर्ने उनले स्पष्ट पारे । यद्यपि, बजेट र सरकारको कार्यशैलीले गरिबी निवारण भन्दा पनि ‘गरिब मास्ने’ नियत राखेको उनले गम्भीर आरोप लगाए । सभापति थापाले आर्थिक मन्दी र बढ्दो महँगीका कारण न्यून आय भएका नागरिकको जनजीवन कष्टकर बनिरहेका बेला सरकार उनीहरूप्रति पूर्ण रूपमा उदासीन बनेको दाबी गरे । सरकारका कतिपय निर्णयहरूको सामाजिक सञ्जालमा प्रशंसा भइरहे पनि प्रतिपक्षको धर्म सस्तो लोकप्रिय...
लेक लागेर ९ विदेशीसहित १३ जनाको मृत्यु

लेक लागेर ९ विदेशीसहित १३ जनाको मृत्यु

नेपाल । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म नौ विदेशी नागरिकसहित १३ पर्यटकले ज्यान गुमाएका छन् । यहाँको पर्वतीय उच्च उचाइको पवित्र धार्मिकस्थल मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटकमध्ये लेक लागेर उक्त संख्यामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार चालु आवको साढे १० महिनामा हाइअल्टिच्युडका कारण लेक लागेर १३ पर्यटकको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये नेपाली पर्यटकतर्फ तीन पुरुष र एक महिला तथा विदेशी पर्यटकतर्फ सात पुरुष र दुई महिला रहेका छन् । धार्मिक तीर्थाटनका लागि मुस्ताङ आएका पर्यटक सबै वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकामा लेक लागेर प्रदेश अस्पताल जोमसोममा उपचार गराउने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे ।...
पूर्व प्रधानमन्त्री प्रचण्ड अस्वस्थ, अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री प्रचण्ड अस्वस्थ, अस्पताल भर्ना

नेपाल । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्। केही दिनदेखि लगातार रुघाखोकी र ज्वरोले अस्वस्थ भए पनि घरमै आराम गरिरहेका उनलाई निमोनियाको पनि लक्षण देखिए पछि शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । अस्वस्थताका कारण प्रचण्ड शुक्रबार गणतन्त्र दिवसको कार्यक्रमसहित आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदा संघीय संसद बैठकमा समेत सहभागी भएका थिएनन् । ...
जेठ २० र २१ गते एमालेले पार्टी सदस्यता नवीकरण राष्ट्रिय कार्यशाला गर्ने

जेठ २० र २१ गते एमालेले पार्टी सदस्यता नवीकरण राष्ट्रिय कार्यशाला गर्ने

नेपाल । नेकपा (एमाले) ले पार्टी सदस्यता नवीकरण तथा अभिप्रेरणासम्बन्धी राष्ट्रिय कार्यशाला जेठ २० र २१ गते काठमाडौंमा गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आज महासचिव शंकर पोखरेलको आतिथ्यतामा सम्पन्न बैठकले सो निर्णय गरेको हो। कार्यशालामा पार्टी प्रदेश इन्चार्ज, जिल्ला इन्चार्ज, प्रदेश पदाधिकारी, प्रदेश कार्यालय सचिव, प्रदेश संगठन विभाग प्रमुख, जिल्ला अध्यक्ष, जिल्ला संगठन विभाग प्रमुख, जनसंगठनका केन्द्रीय इन्चार्ज तथा अध्यक्ष, साथै जनसंगठनका संगठन हेर्ने सचिव तथा संगठन प्रमुखहरूको सहभागिता रहने बताइएको छ। पार्टीका सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार एमालेले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने तयारी गरेको छ । सदस्यता नवीकरण, अभिलेखीकरण तथा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित कार्यशाला आयोजना गर्न लागिएको हो । जेठ २० गते बि...
श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङद्वारा बजेट भाषण बहिस्कार

श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङद्वारा बजेट भाषण बहिस्कार

नेपाल । प्रतिनिधिसभा बैठकमा शुक्रबार भएको बजेट भाषण श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले बहिस्कार गरेका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेलले दुवै सभालाई सम्बोधन गरी बजेट प्रस्तुत गरिरहँदा साम्पाङ भने बाहिरिएका हुन् । उनले फेसबुकमार्फत भनेका छन्, ‘प्रधानमन्त्री आए, जवाफदेही बनाउने मेरो दबाब हो । त्यसैले उनैले सुनून् उनका बजेट भाषण भनेर म निस्केँ।’ उनले नीति तथा कार्यक्रम प्रस्तुत हुँदा प्रधानमन्त्री संसदमा उपस्थित नभएको विषय उठाउँदै बजेट भाषण सुन्न भने प्रधानमन्त्री आएको टिप्पणी गरे । ...
गणतन्त्र दिवस मनाइँदै, शुक्रबार नै बजेट सार्वजनिक हुँदै

गणतन्त्र दिवस मनाइँदै, शुक्रबार नै बजेट सार्वजनिक हुँदै

नेपाल । नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा जेठ १५ गते राष्ट्रिय दिवस मनाइँदै छ। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात संसदवादी राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासनसत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गरेका थिए। त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसदबाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो। बजेट प्रस्तुत गरिंदै यता शुक्रबारनै सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक गर्दै छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसद्को संयुक्त सदनमा अपराह्न ४ बजे आगामी आवका लागि खर्च तथा व्ययको अनुमानसहितको विवरण अर्थात् बजेट प्रस्तुत गर्ने कार्यक्...