१० भाद्र २०८३, बुधबार

कोलोराडोमा सम्पत्ति संरक्षण तथा भावी पुस्तामा हस्तान्तरण सम्बन्धी Planning कार्यशाला हुँदै

कोलोराडोखबर संवाददाता , August 26th, 2026

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । कोलोराडोमा परिवारको आर्थिक सुरक्षा, सम्पत्ति संरक्षण तथा भावी पुस्तामा सम्पत्तिको व्यवस्थित हस्तान्तरणबारे जानकारी दिने उद्देश्यले Estate Planning सम्बन्धी विशेष कार्यशाला आयोजना हुने भएको छ।

‘Plan Today, Protect Tomorrow’ भन्ने मूल सन्देशसहित आयोजना हुन लागेको कार्यशाला यही आइतबार, अगस्ट ३० का दिन दिउँसो २ बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ।

कार्यशालामा Wills, Trusts, Estate Planning, Health Care Documents तथा Asset Protection लगायतका महत्वपूर्ण विषयमा सहभागीहरूलाई जानकारी दिइनेछ।

नेपाली घरको आयोजनामा हुनलागेको कार्यक्रममा विशेषगरी घर–जग्गा, बैंक खाता, retirement account, investment, life insurance तथा व्यवसाय भएका परिवारका लागि सम्पत्तिको संरक्षण र भावी पुस्तामा व्यवस्थित हस्तान्तरणको योजना किन आवश्यक छ भन्ने विषयमा जनाकारी पाइने कार्यशाला भएको र यस्तो किसिमको कार्यशाला अहिले सम्म कोलोराडोमा नभएकोले यसमा सहभागी विस्तृत जानकारी लिनहुन नेपाली घरका अध्यक्ष गंगा चौलागाईंले सबैलाइ अनुरोध गरेका छन् ।

कार्यशालामा Estate Planning भनेको के हो र किन आवश्यक छ, Will र Trust बीचको फरक, Beneficiary Designation सही रूपमा राख्नुको महत्व, Life Insurance लाई परिवारको आर्थिक सुरक्षा योजनासँग कसरी जोड्ने, Retirement Account तथा अन्य लगानीको उत्तराधिकारी व्यवस्थापन, बालबालिकाको भविष्य तथा शिक्षा खर्चको योजना, सम्पत्ति हस्तान्तरण र Business Succession Planning लगायतका विषयमा जानकारी दिइने Registered Representative Shreeram Luitel श्रीराम लुइटेलले जनाएका छन् ।

त्यस्तै, Health Care Documents तथा Asset Protection का विषयमा समेत सहभागीहरूलाई आवश्यक आधारभूत जानकारी प्रदान गरिनेछ।

कार्यशालाको नेतृत्व Lead Attorney Simrik Neupane, Esq. ले गर्ने छिन् भने Registered Representative Shreeram Luitel ले सहजीकरण गर्ने छन् ।

Estate Planning धेरै सम्पत्ति भएका व्यक्तिहरूका लागि मात्र नभई घर, retirement account, investment, life insurance वा व्यवसाय भएका सामान्य परिवारका लागि समेत महत्वपूर्ण विषय हो। कमाएको सम्पत्तिको संरक्षणसँगै त्यसलाई भावी पुस्तामा कसरी व्यवस्थित रूपमा हस्तान्तरण गर्ने भन्नेबारे समयमै योजना बनाउनु आवश्यक हुन्छ।

कार्यशालामा सहभागी हुन इच्छुकहरूले 720-934-5150 वा 720-310-0611 मा Call/Text गरी RSVP गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्