नेपाल । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट एक हजारभन्दा बढी सवारीसाधनमा क्षति पुगेको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दिएको जानकारीअनुसार बाढीमा परेर एक हजारभन्दा बढी सवारीसाधनमा क्षति पुगेको हो।
महासङ्घका महासचिव डेकनाथ गौतमले करिब ६०० मालवाहक, ३०० यात्रुवाहक सवारीसाधन र ४०० भन्सारमा जाँचपासका लागि राखिएका सवारीसाधनमा क्षति पुगेको जानकारी दिए ।
यता, भोटेकोशी नदीमा बुधबार बिहान आएको भिषण बाढीले २२ वटा पुल तथा ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त बनाएको छ । यसैगरी १० किमि सडक आशिंक रूपमा ध्वस्त बनाएको छ ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार सडक र पुल ध्वस्त हुँदा करिब २० अर्ब रुपैयाँ नोक्सानी भएको छ ।
बाढीले रसुवागढीबाट मलेखुसम्म भोटेकोशी र त्रिुशली नदीमा ठाउँ ठाउँमा पूल ध्वस्त बनाएको छ । ती मध्ये बेत्राबती, चाँदी र मलेख मुख्य मुख्य पुल हुन ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्