काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक, २०८३ र मतदाता नामावली पहिलो संशोधन विधेयक, २०८३ विधेयक नेपालको संविधानको धारण ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिनुभयो ।
यसअघि विपक्षी दलका सांसदले विरोध गरे पनि प्रतिनिधिसभा नियमावली, २०८३ प्रतिनिधिसभाको बैठकबाट पारित भएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्