‘प्रधानमन्त्री मोदीज्यूसँगको एक घण्टा लामो संवाद अत्यन्तै खुसीको क्षण रह्यो’: लामिछाने
नेपाल । रास्वपाका सभापति रवि लामिछानेले नेपाल र भारतले अतीतका सीमालाई आत्मसाथ गर्दै विकास कूटनीतिको नयाँ युगमा प्रवेश गर्नुपर्ने बताउनुभएको छ । भारतको राजधानी नयाँदिल्लीमा बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको एक घण्टा लामो भेटवार्तापछि उहाँले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका विषयमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सभापति लामिछानेले भन्नुभएको छ, ‘‘प्रधानमन्त्री मोदीज्यूसँगको एक घण्टा लामो संवाद अत्यन्तै खुसीको क्षण रह्यो । नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात् गर्नुपर्छ भन्ने उहाँको दृष्टिकोणमा मेरो पूर्ण ऐक्यबद्धता छ ।’’
सभापति लामिछानेले दुई देशबीचको साझा सभ्यतामा केन्द्रित भएर आपसी विश्वास र प्रगतिको जगमा नयाँ साझेदारी निर्माण गर्न सकिने उल्लेख गर्नुभएको छ । भारत सरकारसँग मिलेर काम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०...








