११ भाद्र २०८३, बिहीबार

राजनीति/समाज

परराष्ट्र मन्त्रालयद्वारा राजदूत नियुक्तिका लागि आवेदन माग

परराष्ट्र मन्त्रालयद्वारा राजदूत नियुक्तिका लागि आवेदन माग

नेपाल । परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिका लागि आवेदन माग गरेको छ । आवेदन माग गरेर प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्न लागिएको यो पहिलो पटक हो । मन्त्रालयले योग्य र इच्छुकहरूले जुन ५ अर्थात् जेठ २२ गते अपराह्न ५ बजेसम्म आवेदन दिन सक्ने जनाएको छ । राजदूतका लागि ३५ वर्ष पूरा भएको नेपाली नागारिक, न्यूनतम योग्यता स्नातक भएको, भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नभएको, विदेशी मुलुकको स्थायीरअस्थायी आवासीय अनुमतिपत्र वा सुविधा प्राप्त नगरेकोलगायत १५ बुँदे योग्यता तोकिएको छ । नेपालका विदेशस्थित ४४ नियोगमध्ये हाल १७ पद खाली छन् । कतिपय राजदूतको कार्यकाल सकिन लागेकाले केही महिनाभित्रै यो सङ्ख्या बढ्न सक्ने छ ।...
रवि लामिछाने कारागारबाट निस्कनु मानवअधिकार मात्रै उल्लंघन नभई फौजदारी अपराधः आयोग

रवि लामिछाने कारागारबाट निस्कनु मानवअधिकार मात्रै उल्लंघन नभई फौजदारी अपराधः आयोग

नेपाल । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारबाट निस्कनुलाई मानवअधिकार मात्रै उल्लंघन नभई फौजदारी अपराध भएको उल्लेख गरेको छ। ‘उनी कारागारबाट निस्किएको सो कार्य मानव अधिकारको हनन मात्र नभइ कारागार ऐन २०७९ को दफा ४९ मा उल्लेखित फौजदारी अपराध समेत भएको’, आयोगको प्रतिवेदनमा उल्लेख छ। लामिछाने बाहिर निस्कनुमा को–कसको कस्तो संलग्नता थियो भन्ने सम्बन्धमा नक्खु कारारागका जेलर सत्यराज जोशी, रास्वपाका नेता मनिष झा र हरि ढकालसमेतलाई शंकाको दायरामा राखी सुक्ष्म अनुसन्धान गर्न आयोजले सिफारिस गरेको छ । यता, राष्ट्रिय मानवअधिकार आयोगले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित ३ जनालाई दोषी करार गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सं...
भदौ २३ र २४ को घटनाबारे मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक

भदौ २३ र २४ को घटनाबारे मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक

नेपाल । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ गतेको प्रदर्शनमा भएको दमन र त्यसको भोलिपल्टको घटनाबारे छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ । समितिले बुधबार प्रतिवेदन सार्वजनिक गरेको हो । आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ गतेको घटनामा मानव अधिकार उल्लङ्घनका विषयमा अनुसन्धान गर्न समिति गठन गरिएको थियो । समितिको प्रतिवेदनका आधारमा आयोगले त्यसबेला सरकारको नेतृत्वमा रहनुभएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन मन्त्री पृथ्वी सुब्बा गुरुङलाई मानव अधिकार उल्लङ्घनकर्ताका रूपमा किटान गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगको छानबिन प्रतिवेदनअनुसार तनावको सुरुवात वि।सं। २०८२ साल भदौ १२ गते तत्कालीन सरकारले ‘सामाजिक सञ्जाल प्रयोग निर्देशिका, २०८०’ का केही स्वेच्छाचारी प्रावधानहरू दुरुपयोग गरी देशभर सबैभन्दा व्यापक प्रयोगमा रहेको सामाजिक सञ्जालम...
प्रधानमन्त्री बालेन शाहद्वारा इयूका राजदूतहरुसँग संयुक्त भेटवार्ता

प्रधानमन्त्री बालेन शाहद्वारा इयूका राजदूतहरुसँग संयुक्त भेटवार्ता

नेपाल । प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलबार काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली संघ (इयू) तथा यसका सदस्य राष्ट्रका राजदूत एवम् काठमाडौँस्थित अन्य मुलुकका राजदूतसँग भएको संयुक्त भेटवार्तामा उहाँले वर्तमान समयको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताउनुभएको हो । प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार उक्त भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट र निर्णायक जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री शाहले भन्नुभयो, ‘नयाँ हुनुको अर्थ विगतबाट प...
काठमाडौँ उपत्यकामा देखियो बर्डफ्लुको सङ्क्रमण

काठमाडौँ उपत्यकामा देखियो बर्डफ्लुको सङ्क्रमण

नेपाल । काठमाडौँ उपत्यकामा बर्डफ्लुको सङ्क्रमण देखिएको छ । गोकर्णेश्वर नगरपालिकाका तीन वडामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई नगरपालिकाले सूचना जारी गर्दै आग्रह गरेको छ । गोकर्णेश्वर नगरपालिकाको वडा नं २, ३ र ४ मा हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा (एचपिएआई) अर्थात् ‘बर्डफ्लु’ रोग पुष्टि भएको हो । सङ्क्रमण फैलिन नदिन प्रभावित क्षेत्रमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाट, अन्डा तथा दानालगायत रोग सार्न सक्ने सामग्री नष्ट गरी सुरक्षित रूपमा डिस्पोज तथा निःसङ्क्रमण (डिसइन्फेक्सन) गर्ने काम भइरहेको नगरपालिकाले जनाएको छ । बर्डफ्लु पशुपन्छीबाट मानिसमा समेत सर्न सक्ने उच्च जोखिमयुक्त ‘जुनोटिक’ रोग भएकाले यसको नियन्त्रणका लागि विशेष सावधानी अपनाउन आवश्यक रहेको नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ । नगरपालिकाले पन्छीपालन फार्ममा अनावश्यक व्...
लिखत किर्ते गरेको अभियोगमा वीरगञ्ज महानगरका मेयर बिरुद्ध पक्राउ पुर्जी

लिखत किर्ते गरेको अभियोगमा वीरगञ्ज महानगरका मेयर बिरुद्ध पक्राउ पुर्जी

नेपाल । पर्साको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पर्सा जिल्ला अदालतले उनलाई लिखत किर्ते गरेको अभियोगमा पक्राउ पुर्जी जारी गरेको हो। महानगरप्रमुख सिंहलाई पक्राउ गर्न जेठ ८ गते नै अनुमति दिएको अदालतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए। वीरगञ्जका स्थानीय लियाकत अलीको जाहेरी अनुसार लिखतसम्बन्धी कसुरमा पक्राउ गर्न अदालतले अनुमति दिएको उनले बताए। उनीविरुद्ध नागरिकतासम्बन्धी लिखत कसुरमा पक्राउ गर्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।...
जीबी राईलाई काठमाडौं महानगरको १५ दिने सार्वजनिक सूचना

जीबी राईलाई काठमाडौं महानगरको १५ दिने सार्वजनिक सूचना

नेपाल । काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रालिका नाममा १५ दिने सार्वजनिक सूचना जारी गरी ग्यालेक्सी फोके टेलिभिजनसँग सम्बन्धित सामान तत्काल उठाउन आग्रह गरेको छ। काठमाडौं महानगरपालिका–३ निवासी मृगेन्द्रप्रसाद मिश्रसमेत वादी र गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई प्रतिवादी रहेको ‘भाडा असुल उपर गरी घरजग्गा खाली गराइपाऊँ’सम्बन्धी मुद्दामा महानगरको न्यायिक समितिले १४ कात्तिक २०८१ मा वादीको पक्षमा फैसला गरेको थियो। निर्णयअनुसार प्रतिवादीबाट घर बहाल रकम तथा बहाल कर असुल गरी घरजग्गा खाली गराउन आदेश दिइएको थियो । त्यसपछि २८ साउन २०८२ मा उच्च अदालत पाटनले दुई महिनाभित्र निर्णय कार्यान्वयन गर्न काठमाडौं महानगरपालिकाका नाममा परमादेश जारी गरेको थियो। अदालतको आदेशपछि १४ कात्तिक २०८२ मा महानगरपालिकाको टोली खटिएर निर्णय कार्यान्वयन गरिएको जनाइएको छ। महानगरका अनुसार निर्ण...
पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले निगरानी गरेकोमा पत्रकार महासंघको ध्यानाकर्षण

पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले निगरानी गरेकोमा पत्रकार महासंघको ध्यानाकर्षण

नेपाल । समाचारसँग सम्बन्धित विषयलाई लिएर वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले निगरानी गर्दै धरपकडको प्रयास भएको र विभिन्न व्यक्तिबाट धम्की दिइएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । केही दिनअघि जनआस्था साप्ताहिक र जनआस्था डटकममा मन्त्री र सत्ताधारी दलका नेताको बारेमा आलोचनात्मक समाचार प्रकाशित भएपछि प्रधान सम्पादक श्रेष्ठले यस प्रकारको व्यवहार झेल्नुपरेको महासंघले जनाएको छ। गृह मन्त्रालयको जिम्मेवारी लिइरहेका प्रधानमन्त्रीको निर्देशनमा आफूलाई धरपकड गर्ने, धम्क्याउने तथा समाचारको स्रोत खोल्न दबाव दिनेजस्ता गतिविधि बढिरहेको प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठले महासंघलाई जानकारी गराएका उल्लेख गरेको छ । साथै पत्रकार श्रेष्ठलाई धम्क्याउने व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्न महासंघले आज विज्ञप्ति जारी गरी माग गरेको छ । यस्तै पत्रकारसँगसम...
सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति

सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति

नेपाल । नेपाल बार एशोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाउनुभएको छ । काठमाडौँमा आयोजित ‘मानसिक सुस्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले गोलाप्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाउनुभएको हो । उहाँले गोलाप्रथामार्फत पेशी तोक्नुको सट्टा प्रधानन्यायाधीश स्वयंले पेशी तोक्ने प्रणालीले न्यायपालिकालाई राजनीतिक प्रभावतर्फ धकेल्ने चेतावनी दिनुभयो । उहाँले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा प्रणाली हटाए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो । उहाँले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै संवैधानिक परिषद्मार्फत प्रधानमन्त्रीलाई मन पर्ने व्यक्तिलाई नियुक्ति गर्ने अभ्यासको थालनी गरिएको टिप्पणी गर्नुभयो । उहाँले सरकारको आलोचना गर्ने व्यक्तिलाई ‘झोले’को...
क्रियाशील सदस्यता अद्यावधिक द्रुत गतिमा अगाडि बढाउन काँग्रेसले तोक्यो जिम्मेवारी

क्रियाशील सदस्यता अद्यावधिक द्रुत गतिमा अगाडि बढाउन काँग्रेसले तोक्यो जिम्मेवारी

नेपाल । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज र द्रुत गतिमा अगाडि बढाउन पदाधिकारी तथा केन्द्रीय सदस्यलाई विशेष जिम्मेवारी तोकेको छ । पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले सबै सङ्गठनात्मक संरचनालाई प्रयोग गरी अनुगमन गर्न समितिका तर्फबाट सातै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी तोकेको हो । बैठकले डा डिला सङ्ग्रौलालाई कोशी प्रदेश, बहादुरसिंह लामालाई बागमती, उदयशम्शेर राणालाई सुदूरपश्चिम, मुक्ताकुमारी यादवलाई गण्डकी, जानकी सिंहलाई कर्णाली, देवराज चालिसेलाई मधेस र अमरसिंह पुनलाई लुम्बिनी प्रदेशको जिम्मेवारी तोक्ने निर्णय गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो । पार्टीको १५औँ महाधिवेशनका लागि नयाँ क्रियाशील सदस्यता वितरण तथा विभिन्न कारणवश यसअघि नवीकरण हुन नसकेका क्रियाश...