१७ जेष्ठ २०८३, आईतवार

बजेटले न्यून आय भएका र विपन्न वर्गका समस्यालाई सम्बोधन गर्न सकेनः गगन थापा

कोलोराडोखबर संवाददाता , May 31st, 2026

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले केही संरचनागत र नीतिगत सुधारका प्रयासहरू अगाडि सारे पनि न्यून आय भएका र विपन्न वर्गका समस्यालाई सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन् ।

उनले बजेटमा कांग्रेसले लामो समयदेखि उठाउँदै आएका संरचनागत सुधारका कतिपय विषय समेटिनु सकारात्मक भएको बताए । सकारात्मक पक्षहरूमा आवश्यक कानुन निर्माण गर्न प्रतिपक्षको हैसियतले कांग्रेसले सहयोग गर्ने उनले स्पष्ट पारे ।

यद्यपि, बजेट र सरकारको कार्यशैलीले गरिबी निवारण भन्दा पनि ‘गरिब मास्ने’ नियत राखेको उनले गम्भीर आरोप लगाए । सभापति थापाले आर्थिक मन्दी र बढ्दो महँगीका कारण न्यून आय भएका नागरिकको जनजीवन कष्टकर बनिरहेका बेला सरकार उनीहरूप्रति पूर्ण रूपमा उदासीन बनेको दाबी गरे ।

सरकारका कतिपय निर्णयहरूको सामाजिक सञ्जालमा प्रशंसा भइरहे पनि प्रतिपक्षको धर्म सस्तो लोकप्रियतामा बहकिने नभई राज्यको ढुकुटी र नीतिमा सबै वर्गको पहुँच सुनिश्चित गराउनु रहेको उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्