नेपाल । प्रतिनिधिसभा बैठकमा शुक्रबार भएको बजेट भाषण श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले बहिस्कार गरेका छन् ।
अर्थमन्त्री स्वर्णिम वाग्लेलले दुवै सभालाई सम्बोधन गरी बजेट प्रस्तुत गरिरहँदा साम्पाङ भने बाहिरिएका हुन् ।
उनले फेसबुकमार्फत भनेका छन्, ‘प्रधानमन्त्री आए, जवाफदेही बनाउने मेरो दबाब हो । त्यसैले उनैले सुनून् उनका बजेट भाषण भनेर म निस्केँ।’
उनले नीति तथा कार्यक्रम प्रस्तुत हुँदा प्रधानमन्त्री संसदमा उपस्थित नभएको विषय उठाउँदै बजेट भाषण सुन्न भने प्रधानमन्त्री आएको टिप्पणी गरे ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्