नेपाल । रास्वपाका सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करबिच भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
भारत भ्रमणमा रहनुभएका सभापति लामिछाने विदेशमन्त्री डा. जयशङ्करबिच मंगलबार भेटवार्ता भएको हो । सभापित लामिछानेसँगको भेटमा आपसी हित, विकास साझेदारी तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको छ ।
भेटवार्तापछि भारतीय विदेशमन्त्री डा. जयशङ्करले रास्वपा सभापति लामिछाने र उहाँको प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लागेको उल्लेख गर्नुभएको छ ।
उहाँले दुई देशबिचको विकास साझेदारी र जनस्तरको गहिरो सम्बन्धले यस क्षेत्रको विकास र समृद्धिलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्