नेपाल । रास्वपाका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्।
बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सभापति लामिछाने र प्रधानमन्त्री मोदीबीच भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको छ ।
भेटको तस्वीर सार्वजनिक गर्दै प्रधानमन्त्री मोदीले लामिछानेसँग भेट भएकोमा खुशी व्यक्त गर्दै नेपालसँगको सहकार्यलाई अझ मजबुद बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले नेपाल र भारतबीचको साझा समृद्धि तथा उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने लामिछानेको इच्छालाई स्वागत गर्दै आफू पनि त्यसमा पूर्ण रूपमा सहमत रहेको बताएका छन्।
प्रधानमन्त्री मोदीले नेपालको महत्व भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत प्राथमिक साझेदारका रूपमा रहेको उल्लेख गर्दै नयाँ सरकारसँग सहकार्य गरी दुई देशबीचको विशेष, बहुआयामिक र ऐतिहासिक सम्बन्धलाई अझ उचाइमा पुर्या उन भारत तत्पर रहेको उल्लेख गरेका छन्।
उनले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउँदै व्यापार, पूर्वाधार, ऊर्जा, कनेक्टिभिटी तथा जनस्तरको सम्बन्ध विस्तारमा समेत सहकार्य बढाइने विश्वास व्यक्त गरेका छन्।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्