१० भाद्र २०८३, बुधबार

राजनीति/समाज

वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय सभाको बैठक स्थगित

वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय सभाको बैठक स्थगित

नेपाल । कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रिय सभाको आजको बैठक स्थगित भएको छ । नेपाल भारत सीमाका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा दिनुभएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै सांसदहरूले अवरोध गरेपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको हो । बैठकको आजको कार्यसूचीमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा जानकारी गराउने लगायतका कार्यसूची रहेको थियो । यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३र०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची तय भएको थियो । वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको थियो । अध्यक्ष दाहालले विपक्...
परराष्ट्रमन्त्री शिशिर खनाल पनि औपचारिक भ्रमणमा नयाँदिल्ली जाँदै

परराष्ट्रमन्त्री शिशिर खनाल पनि औपचारिक भ्रमणमा नयाँदिल्ली जाँदै

नेपाल । रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणमा नयाँदिल्ली जाने भएका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल आगामी शनिबार तीनदिने भ्रमणका लागि दिल्ली जाने तयारी रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए। परराष्ट्रमन्त्रीका रूपमा खनालको यो पहिलो औपचारिक विदेश भ्रमण हुनेछ। यसअघि उनी मरिससमा आयोजित नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएका थिए । त्यस क्रममा उनले भारतीय समकक्षी जयशंकर र अन्य केही नेतासँग भेटवार्ता गरेका थिए । मरिससमा खनाल र जयशंकरबीच बदलिएको परिवेशमा नेपाल–भारत सम्बन्धलाई अगाडि बढाउने विषयमा छलफल भएको थियो। नेपालको नयाँ सरकारका प्राथमिकताहरूबारे काठमाडौँमा विस्तृत रूपमा छलफल गर्ने सहमतिसमेत भएको थियो। जयशंकरले नयाँ सरकारसँग संवाद गर्न र प्राथमिकता बुझ्न विदेश सचिव विक्रम मिश्रीलाई...
‘प्रधानमन्त्री मोदीज्यूसँगको एक घण्टा लामो संवाद अत्यन्तै खुसीको क्षण रह्यो’: लामिछाने

‘प्रधानमन्त्री मोदीज्यूसँगको एक घण्टा लामो संवाद अत्यन्तै खुसीको क्षण रह्यो’: लामिछाने

नेपाल । रास्वपाका सभापति रवि लामिछानेले नेपाल र भारतले अतीतका सीमालाई आत्मसाथ गर्दै विकास कूटनीतिको नयाँ युगमा प्रवेश गर्नुपर्ने बताउनुभएको छ । भारतको राजधानी नयाँदिल्लीमा बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको एक घण्टा लामो भेटवार्तापछि उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका विषयमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सभापति लामिछानेले भन्नुभएको छ, ‘‘प्रधानमन्त्री मोदीज्यूसँगको एक घण्टा लामो संवाद अत्यन्तै खुसीको क्षण रह्यो । नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात् गर्नुपर्छ भन्ने उहाँको दृष्टिकोणमा मेरो पूर्ण ऐक्यबद्धता छ ।’’ सभापति लामिछानेले दुई देशबीचको साझा सभ्यतामा केन्द्रित भएर आपसी विश्वास र प्रगतिको जगमा नयाँ साझेदारी निर्माण गर्न सकिने उल्लेख गर्नुभएको छ । भारत सरकारसँग मिलेर काम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०...
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

नेपाल । रास्वपाका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सभापति लामिछाने र प्रधानमन्त्री मोदीबीच भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको छ । भेटको तस्वीर सार्वजनिक गर्दै प्रधानमन्त्री मोदीले लामिछानेसँग भेट भएकोमा खुशी व्यक्त गर्दै नेपालसँगको सहकार्यलाई अझ मजबुद बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले नेपाल र भारतबीचको साझा समृद्धि तथा उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने लामिछानेको इच्छालाई स्वागत गर्दै आफू पनि त्यसमा पूर्ण रूपमा सहमत रहेको बताएका छन्। प्रधानमन्त्री मोदीले नेपालको महत्व भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत प्राथमिक साझेदारका रूपमा रहेको उल्लेख गर्दै नयाँ सरकारसँग सहकार्य गरी दुई देशबीचको विशेष, बहुआयामिक र ऐतिहासिक सम्बन्धलाई अझ उचाइमा पुर्या उन भारत तत्पर...
जेठ २५ गतेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित

जेठ २५ गतेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित

नेपाल । मंगलबार पनि प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरुको अवरोध कायम रह्यो । अवरोध पछि आगामी जेठ २५ गतेसम्मका लागि बैठक स्थगित भएको छ । मङ्गलबार बसेको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र साहले नेपाल–भारत सीमा विवादबारे संसद्मा दिएको अभिव्यक्तिको तथ्य सार्वजनिक गर्नुपर्ने र बिना तथ्य बोलेकोमा माफी माग्नुपर्ने अडान राख्दै नाराबाजीसहित अवरोध गरेका हुन्। बैठकको सुरुमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढिरहँदा समेत विपक्षी सांसदहरूले आफ्नो अवरोध र विरोध प्रदर्शनलाई निरन्तरता दिएका थिए । विपक्षी दलका सांसदहरू सभामुखको आसन नजिकै (रोष्टम घेराउ गर्दै) पुगेर जोडदार नाराबाजी गरेपछि संसद्को कार्यसूची अगाडि बढ्न सकेन। विपक्षी दलहरूको सम्भावित अवरोध र संसद्मा बढेको तनावपूर्ण वातावरणका बीच बैठक सञ्चालन हुन नसकेपछि सभामुख डीपी अर्यालले प्रतिन...
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बिहीबार बस्ने

कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बिहीबार बस्ने

नेपाल । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक यही जेठ २१ गते बिहीबार बस्ने भएको छ । समितिका सचिव दिनेश थापामगरले विज्ञप्ति जारी गर्दै बिहीबारका लागि बैठक आह्वान गरिएको जानकारी दिनुभएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्नेछ । बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको छ । बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ ।...
यस्ता छन् मन्त्रिपरिषद्का चार निर्णय

यस्ता छन् मन्त्रिपरिषद्का चार निर्णय

नेपाल । सरकारले संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ओजोन तहलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन र न्युनीकरणसम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । मङ्गलबार दिउँसो बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्रीपरिषद्को सिंहदरबारमा बसेको बैठकले वातावरण संरक्षण र ओजोन तहको सुरक्षासँग जोडिएको उक्त महत्त्वपूर्ण सम्झौतालाई अघि बढाउने निर्णय गरेको हो । बैठकले सशस्त्र प्रहरी बल, नेपालको रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोख्रेललाई बढुवा गर्ने निर्णय गरेको छ । त्यसैगरी सरकारले २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनमाथि अध्ययन गर्ने समि...
रास्वपाका सभापति र भारतीय विदेशमन्त्रीबीच नयाँ दिल्लीमा भेटवार्ता

रास्वपाका सभापति र भारतीय विदेशमन्त्रीबीच नयाँ दिल्लीमा भेटवार्ता

नेपाल । रास्वपाका सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करबिच भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भारत भ्रमणमा रहनुभएका सभापति लामिछाने विदेशमन्त्री डा. जयशङ्करबिच मंगलबार भेटवार्ता भएको हो । सभापित लामिछानेसँगको भेटमा आपसी हित, विकास साझेदारी तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको छ । भेटवार्तापछि भारतीय विदेशमन्त्री डा. जयशङ्करले रास्वपा सभापति लामिछाने र उहाँको प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लागेको उल्लेख गर्नुभएको छ । उहाँले दुई देशबिचको विकास साझेदारी र जनस्तरको गहिरो सम्बन्धले यस क्षेत्रको विकास र समृद्धिलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।...
पूर्वसभामुख महरालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

पूर्वसभामुख महरालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

नेपाल । पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले पूर्वसभामुख महरालाई उक्त आदेश दिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् । विद्युतीय चुरोट (भेप) भित्र राखेर सुन तस्करी प्रकरणमा सहयोगी बनेको आरोप महरामाथि छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन तस्करीमा सघाएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो । उक्त प्रकरणमा भन्सारका कर्मचारी समेत मुछिएका छन् ।...
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद बैठक स्थगित

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद बैठक स्थगित

नेपाल । प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर सोमबार विपक्षी दलका सांसदले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। सोमबार अपराह्न दोस्रो पटक सुरु भएको बैठकमा पनि विपक्षी दलका सांसदले आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए । उनीहरूले नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्ने अभिव्यक्तिमा प्रधानमन्त्री शाहले संसद्मा आएर माफी माग्नु पर्ने र प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन्। उनीहरूले माग पूरा नभएसम्म संसद् बैठक चल्न नदिने जनाएका छन् । विपक्षी दलले विरोध जारी राखेपछि सभामुख अर्यालले प्रतिनिधि सभाको बैठक स्थगित गरेका हुन्। प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्नेछ ।...