११ भाद्र २०८३, बिहीबार

राजनीति/समाज

पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतद्वारा धरौटीमा छाड्न आदेश

पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतद्वारा धरौटीमा छाड्न आदेश

नेपाल । भ्रष्टाचार मुद्दामा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ। पोखरा लिचिबारी भ्रष्टाचार काण्डमा विशेष अदालतले थुनामा पठाइएका उनलाई मंगलबार सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको हो। न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले विशेषको आदेश बदर गर्दै धरौटीमा रिहा गर्न भनेको छ।...
डा. मनोज शर्मा ३३औँ प्रधान न्यायाधीशमा नियुक्त

डा. मनोज शर्मा ३३औँ प्रधान न्यायाधीशमा नियुक्त

नेपाल । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा ३३ औँ प्रधान न्यायाधीशमा नियुक्त हुनुभएको छ । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्नुभएको हो । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट प्रधान न्यायाधीश नियुक्तिको व्यवस्था छ । अनुमोदनलगत्तै शर्माको नियुक्ति भएको हो । उहाँले मङ्गलबार नै पद तथा गोपनीयताको शपथ लिई पदभार समाल्नुभएको छ । सर्वोच्चमा कार्यरत न्यायाधीशमध्ये रोलक्रमको चौथो नम्बरमा रहनुभएका शर्मालाई संवैधानिक परिषद्को बैठकले वैशाख २४ गते प्रधान न्यायाधीशमा सिफारिस गरेको थियो । वरिष्ठतामा न्यायाधीश शर्माभन्दा अगाडि तीन जना हुनुहुन्थ्यो । कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठतम न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयाँल शर्माभन्दा अघि हुनुहुन्थ्यो । वरिष्ठताक्रम पालना नभएकोमा प्रमुख प्रति...
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध १६ वटा उजुरी, मंगलबार संसदीय सुनुवाइ हुँदै

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध १६ वटा उजुरी, मंगलबार संसदीय सुनुवाइ हुँदै

नेपाल । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध १६ वटा उजुरी परेको छ । गत वैशाख २६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । यसैबीच प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधीश डाक्ट मनोजकुमार शर्माको संसदीय सुनुवाइ मंगलबार हुँदैछ । संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले न्यायालयमा अन्योल बढेकाले शीघ्र सुनुवाइ हुन लागेको बताए । समितिले शर्माको कार्यकुशलता, कार्यदक्षता, कार्यसम्पादन, आचरणसँग जोडिएका विषयमा ४ जेठसम्म उजुरी आह्वान गरेको थियो। संवैधानिक परिषद्ले २४ वैशाखमा शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेको थियो । अब सुनुवाइपछि अनुमादेन भए राष्ट्रपतिले शर्मालाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् । ...
सर्वोच्चमा परेको निवेदन बिना कारण दर्ता नगरेकोप्रति बारको ध्यानाकर्षण

सर्वोच्चमा परेको निवेदन बिना कारण दर्ता नगरेकोप्रति बारको ध्यानाकर्षण

नेपाल । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत समक्ष परेको दरपीठ उपरको निवेदन बिना कारण दर्ता नगरी त्यत्तिकै राख्नु प्रशासनको अधिकार बाहिरको र न्यायमार्गमा अवरोध पुर्‍याउने कार्य भएको ठहर गरेको छ । बारको सोमबार बसेको आकस्मिक बैठकले विगत केही समयदेखि संवैधानिक महत्त्वका विभिन्न विषयमा सर्वोच्च अदालतसमक्ष पर्न आएका रिट निवेदनहरू सर्वोच्च अदालत प्रशासनबाटै दरपीठ गरी फर्काएको र त्यसउपर परेको निवेदनसमेत लामो समयसम्म दर्ता नगरी न्यायमार्गमा अवरोध गरी आएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो । नेपालको संविधानको धारा १३६, न्याय प्रशासन ऐन, २०७३ को दफा ३५ र सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७ र ८ को प्रयोग गरी कामु प्रधानन्यायाधीशबाट दरपीठ उपरको निवेदन निष्कर्षका निमित्त दर्ता गर्न आदेश दिएको र सर्वोच्च अदालत प्रशासनले सोको समेत अवज्ञा गरेको जानकारीमा आएको बारले जनाएको छ । ...
‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ’ अभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ

‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ’ अभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ

नेपाल । पर्सा प्रहरीले ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ’ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले संयोजक प्रसाईलाई सोमबार राति ‘जरुरी पक्राउ पुर्जी’ दिएर सोधपुछका लागि नियन्त्रणमा लिएको जानकारी दिनुभयो । “संयोजक प्रसाईलाई आवश्यक सोधपुछ र अनुसन्धानका लागि जरुरी पक्राउ पुर्जी लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएका छौँ” उहाँले भन्नुभयो । प्रसाइँ सोमबार बिहान यहाँको गहवामाई मन्दिर परिसरमा हुन लागेको कार्यक्रमका लागि वीरगञ्ज आउनुभएको थियो ।...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमालेको पार्टी सदस्यतालाई निरन्तरता दिने निर्णय

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमालेको पार्टी सदस्यतालाई निरन्तरता दिने निर्णय

नेपाल । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यतालाई निरन्तरता दिने निर्णय गर्दै लामो समयदेखि पार्टीभित्र जारी विवादलाई औपचारिक रूपमा टुङ्गाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा सोमबार बसेको सचिवालय बैठकले भण्डारीको सदस्यता निरन्तरता दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सचिवालय बैठकले पूर्वराष्ट्रपति भण्डारीको सदस्यतालाई निरन्तरता दिने निर्णय गरेको उल्लेख गर्नुभयो । एमालेभित्र भण्डारीको सदस्यता विषय पछिल्लो एक वर्षदेखि राजनीतिक बहस र शक्ति सन्तुलनको केन्द्रमा रहँदै आएको थियो ।...
एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै, के के छ एजेण्डा ?

एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै, के के छ एजेण्डा ?

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको बैठक सोमबार बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा दिउँसो १ बजे बस्ने बैठकमा नेताहरुको कार्यविभाजन मुख्य एजेन्डा भएकाले सो पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भीष्मराज अधिकारीले जानकारी दिनुभयो । यही जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै सोमबारलाई सारिएको थियो । पार्टीको ११औँ महाधिवेशनपछि नेताहरुको कार्यविभाजन नभएकाले मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरुले बताएका छन् । एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरुलाई पालिकास्तरको जिम्मेवारी दिएर पठाउने तयारी छ । हरेक केन्द्रीय सदस्यलाई पालिकाको इञ्चार्ज बनाएर आउने स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिनेछ । यसैगरी केन्द्रीय विभाग तथा निकायहरुमा जिम्मेवारी बाँडफाँटको तयारी छ । बैठकले गत फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्ष...
कान्स फिल्म फेस्टिभलमा सहभागी हुन काठमाडौंकी कार्यवाहक प्रमुख डङ्गोल फ्रान्स प्रस्थान

कान्स फिल्म फेस्टिभलमा सहभागी हुन काठमाडौंकी कार्यवाहक प्रमुख डङ्गोल फ्रान्स प्रस्थान

नेपाल । कान्स फिल्म फेस्टिभलको ७९ औँ शृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल शनिबार फ्रान्स प्रस्थान गर्नुभएको छ। कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा उहाँ फेस्टिभलमा भाग लिन जानुभएको हो। फेस्टिभलका विभिन्न सत्रमा सहभागी भई उहाँ जेठ ८ गते स्वदेश फर्कने कार्यक्रम छ। कान्स र काठमाडौँ दुवै संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) को ‘क्रिएटिभ सिटी’ (रचनात्मक सहर) को चलचित्र विधाका सदस्य नगर हुन् । कान्सका मेयरले कार्यवाहक प्रमुख डङ्गोललाई पठाउनुभएको निमन्त्रणापत्रमा भनिएको छ, “फेस्टिभल रचनात्मक सहरलाई एकै ठाउँमा ल्याउने अवसर हो। फेस्टिभलमा ‘अन–एयर’ शीर्षकमा सञ्चालन हुने अडियो भिजुअल कन्टेन्ट चेनबारे बुझ्न यसले सहज बनाउनेछ ।” कार्यवाहक प्रमुख डङ्गोल फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ । त्यस क्रममा मेयर लिसनार्ड र...
प्राथमिक निर्वाचन गरेर स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार तय गर्ने घोषणा

प्राथमिक निर्वाचन गरेर स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार तय गर्ने घोषणा

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्राथमिक निर्वाचन गरेर स्थानीय तह, प्रदेश सभा सदस्य र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार तय गर्ने घोषणा गर्नुभएको छ । प्रजातान्त्रिक विचार समाजले ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ शीर्षकमा आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उम्मेदवार चयनको विधि र मापदण्ड तय गरिने बताउनुभएको हो । उहाँले सम्बन्धित कार्यसमितिले उम्मेदवार तय गर्ने अधिकार सुनिश्चित गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “उपसभापति पुष्पा भुसाल नेतृत्वको इलेक्सन ब्युरोमार्फत हामी पहिलो पटक प्राइमरी निर्वाचन गरेर पारदर्शी ढङ्गले उम्मेदवार छान्दै छौँ । अब काठमाडौँ महानगर प्रमुख को हुने भन्ने कुरा पार्टी सभापतिले खल्तीबाट झिकेर तोक्न नपाउने व्यवस्था गरिने छ । यसको एउटा प्रक्रिया हुन्छ ।” सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको नीति तथा अनुसन्धा...
मदन-आश्रितको ३३ औँ स्मृति दिवस मनाइँदै

मदन-आश्रितको ३३ औँ स्मृति दिवस मनाइँदै

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृतिसभासहित विविध कार्यक्रम गर्दैछ । मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठीको आयोजना हुँदैछ । अन्य स्थानमा मदन–आश्रितका योगदानको चर्चा, विचार गोष्ठीे, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम छ । जननेता भण्डारी र नेता आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा निधन भएको हो । नेता भण्डारीलाई एमालेले जनताको बहुदलीय जनवादका प्रणेताका रुपमा मान्दै आएको छ ।...