११ भाद्र २०८३, बिहीबार

राजनीति/समाज

प्रतिपक्ष दलको विरोधबीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित

प्रतिपक्ष दलको विरोधबीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित

नेपाल । प्रतिनिधि सभाको बैठकबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित भएको छ । बिहीबार प्रतिनिधिसभा बैठकबाट उक्त विधेयक बहुमतले पारित भएको हो । प्रतिनिधि सभाको बिहीबारको बैठकमा अर्थमन्त्री डा. वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रतिपक्ष दलको विरोधबीच सभामुख डोलप्रसाद अर्यालले निर्णायार्थ पेश भएको विधेयक बहुमतले पारित भएको घोषणा गर्नुभएको हो ।...
संबिधान संशोधनबारेको छलफल जारी

संबिधान संशोधनबारेको छलफल जारी

नेपाल । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक एवं प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहले संविधान संशोधनलाई राष्ट्रिय बहस र सहमतिका आधारमा अगाडि बढाइने स्पष्ट पार्नुभएको छ । विभिन्न राजनीतिक दलका नेताहरूसँग संविधान संशोधन बहसपत्र तयारीका विषयमा सुझाव सङ्कलन गर्ने क्रममा संयोजक शाहले सरकारले एकलौटी रूपमा संविधान संशोधन गर्न खोजेको नभई राष्ट्रिय सहमतिमा सबै राजनीतिक दललाई समेटेर साझा बिन्दु पहिल्याउनेमा सरकारको जोड रहेको बताउनुभयो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बिहीबार आयोजित कार्यदलको छलफलमा संयोजक शाहले संविधान जारी हुँदाको राजनीतिक सङ्घर्ष, जनआन्दोलन, मधेश आन्दोलन र सहिदहरूको बलिदानलाई स्मरण गर्दै संविधानका संवेदनशील पक्षमा सरकार गम्भीर रहेको बताउनुभयो । कार्यदलले विभिन्न विषयमा साझा सहमति कहाँ सम्भव छ तथा कहाँ मतभेद छन् भन्ने...
एमालेका नेताहरुको वरीयता निर्धारण, गुरुङले दान दिएको जग्गा फिर्ता गरिंदै

एमालेका नेताहरुको वरीयता निर्धारण, गुरुङले दान दिएको जग्गा फिर्ता गरिंदै

नेपाल । नेकपा (एमाले) मा पदाधिकारीको मर्यादाक्रम (वरीयता) निर्धारणको नयाँ प्रस्ताव अघि सारिएको छ । सोमबार बसेको एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेताहरूको जिम्मेवारी हेरफेरका साथै पदाधिकारीको वरीयतासम्बन्धी नयाँ खाकासमेत पेस गर्नुभएको हो । एमाले सचिव डा. राजन भट्टराईका अनुसार बैठकमा नाम पेस भएकामध्ये सचिवालय बैठकबाटै नाम थपघटको निर्णय हुने छ । प्रस्तावित नयाँ वरीयता अनुसार अध्यक्ष ओलीपछिको दोस्रो स्थान अर्थात् उपाध्यक्षहरूमध्ये पहिलो नम्बरमा रामबहादुर थापा ‘बादल’ लाई राखिएको छ । एमाले पदाधिकारीको प्रस्तावित वरीयतामा अध्यक्ष ओली, त्यसपछि उपाध्यक्षहरू बादल, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तको नाम सिफारिस गरिएको छ । त्यसपछि महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराईको नाम प्रस्ताव गरिएको छ । सचिवहरू छविलाल विश्...
सरकार र अधिकारकर्मी रूबी खानबीच ५ बुँदे सहमति, तोडियो अनशन

सरकार र अधिकारकर्मी रूबी खानबीच ५ बुँदे सहमति, तोडियो अनशन

नेपाल । बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगायतका माग राख्दै विगत २३ दिनदेखि अनशनरत रहनुभएकी अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच बुधबार ५ बुँदे सहमति भएको छ। सहमति भएसँगै उहाँले आफ्नो २३ औं दिनको अनशन अन्त्य गर्नुभएको छ। खानलाई प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले पानी खुवाएर अनशन तोडाउनु भएको हो। बाँकेको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज (नेपालगन्ज अस्पताल) मा अनशनरत खानसँग वार्ताका लागि सरकारका तर्फबाट विशेष टोली खटाइएको थियो। उक्त टोलीमा प्रहरी प्रधान कार्यालयबाट प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौर, गृह मन्त्रालयका सहसचिव एव प्रवक्ता आनन्द काफ्ले र प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहाल हुनुहुन्थ्यो। उक्त टोलीले सोमबारदेखि नै अधिकार...
हर्क साम्पाङसहित सांसदलाई संसदको मर्यादा पालना कायम राख्न सभामुखको चेतावनी

हर्क साम्पाङसहित सांसदलाई संसदको मर्यादा पालना कायम राख्न सभामुखको चेतावनी

नेपाल । सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका पार्टी अध्यक्ष हर्क साम्पाङसहित उनका पार्टीका सांसदलाई संसदको मर्यादा पालना कायम राख्न चेतावनी छन्। बुधबारको बैठक शुरु हुनेवित्तिकै उठेर पर्चासहित विरोध जनाएपछि सभामुखले राईलगायत उनका सांसदलाई चेतावनी दिएका हुन्। सभामुख अर्यालले बस्न अनुरोध गरे पनि साम्पाङसहितका सांसदले पालैपालो पर्चा पढ्दै संसद्को सर्वोच्चता कायम राख्न र सरकार संसद्प्रति उत्तरदायी बन्न आग्रह गरे। त्यसपछि सभामुखले संसद्को मर्यादा कायम राख्न आग्रह गरेका थिए ।...
सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल २० दिन लामो बिदामा

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल २० दिन लामो बिदामा

नेपाल । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदा बसेकी छन्। प्रधानन्यायाधीशमा मनोजकुमार शर्माको नियुक्तिसँगै मल्ल बिदा बसेकी हुन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मल्ल २० दिन बिदामा बसेको जानकारी दिए। यसअघिका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले अवकाश भएपछि बरिष्ठतम न्यायाधीश मल्लले २०८२ चैत १८ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। तर, संवैधानिक परिषदले आफूभन्दा जुनिएर शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि उनी असन्तुष्ट थिइन्। ...
दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्च अदालतको आदेश

दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्च अदालतको आदेश

नेपाल । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्च अदालतले प्रहरीलाई आदेश दिएको छ। बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश महेश शर्मा पौडेलको इजलासले बुधबार पक्राउको लिखित कारण पेश गर्न आदेश दिएको हो। यस्तै आदेशमा अनुसन्धानको फाइल पेश गर्न पनि भनिएको छ। प्रसाईँलाई सोमवार वीरगञ्ज प्रहरीले पक्राउ गरेको थियो। उनलाई विद्युतीय कारोबार ऐनको कसुरमा पक्राउ गरिएको हो।...
काँग्रेस प्रदेश तथा स्थानीय तह निर्वाचन केन्द्रित ब्युरोमा १७ जना मनोनित

काँग्रेस प्रदेश तथा स्थानीय तह निर्वाचन केन्द्रित ब्युरोमा १७ जना मनोनित

नेपाल । नेपाली कांग्रेसको ‘निर्वाचन ब्युरो’ मा १७ जना सदस्य मनोनित हुनुभएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार पार्टी सभापति गगनकुमार थापाले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठन भएको प्रदेश तथा स्थानीय तह निर्वाचन केन्द्रित ब्युरोमा सदस्य मनोनित गर्नुभएको हो । ब्युरोको सदस्यमा जीवन परियार, अब्दुल सत्तार, नानु बास्तोला, सन्दीप राना, वंशलाल तामाङ, प्रकाश तिवारी, महेश ढुङ्गेल, दीपक महतो, हरि पोखरेल, सुदर्शन आचार्य, रोहित पौडेल, डा. भूमिराज चापागाईँ, सिद्धार्थ थापा, नवराज त्रिपाठी, तेज विनोद पौडेल, जगन्नाथ लामिछाने र मिलनराज बर्तौला मनोनित हुनुभएको छ । उपसभापति भुसालको नेतृत्वमा गठित यस विशेष ब्युरोको मुख्य उद्देश्य पार्टीको देशव्यापी निर्वाचन डाटाबेस निर्माण गर्ने तथा आगामी निर्वाचनका तयारीहरूलाई तथ्याङ्क आधारित र वैज्ञानिक बनाउने रह...
सरकारले सुकुमवासीलाई मासिक १५ हजार उपलब्ध गराउने

सरकारले सुकुमवासीलाई मासिक १५ हजार उपलब्ध गराउने

नेपाल । सरकारले उपत्यकाका जोखिमयुक्त बस्तीबाट हटाएका सुकुमवासी परिवारलाई मासिक १५ हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले परिवारमा पाँच जनासम्म सदस्य भएमा १५ हजार र त्यो भन्दा बढी सदस्य भएमा थप दुई हजार उपलब्ध गराउने निर्णय गरेको हो। मन्त्रीपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्नुहुँदै शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले भन्नुभयो, ‘काठमाडौँ उपत्यकाका जोखिमयुक्त बस्तीबाट हटाएका पाँच जना सदस्य भएको परिवारलाई १५ हजार रुपियाँ र त्यो भन्दा बढी सदस्य भएको परिवारलाई दुई हजार थप गरेर हाललाई तीन महिनाका लागि बसोवास खर्च उपलब्ध गराउने निर्णय भएको छ ।’ त्यसैगरी सरकारले काठमाडौँ उपत्यकाका खोला किनाराका सुकुमवासीको विवरण रुजु गरी प्रतिपरिवार पुनर्स्थापनाका लागि २५ हजार रुपियाँ एकमुष्ट प्रदान गर्ने निर्णयसमेत गरेको छ। सँगै सरकारले पुनस्थापन...
दुर्गा प्रसाईंलाई तीन दिन म्याद थप गरेर अनुसन्धान गर्नका लागि पर्सा प्रहरीलाई अनुमति

दुर्गा प्रसाईंलाई तीन दिन म्याद थप गरेर अनुसन्धान गर्नका लागि पर्सा प्रहरीलाई अनुमति

नेपाल । पर्सा जिल्ला अदालतले मंगलबार मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका नेपालका संयोजक दुर्गाप्रसाद प्रसाईंलाई विद्युतीय कारोबार ऐन र राज्य विरुद्धको कसुरमा तीन दिन म्याद थप गरेर अनुसन्धान गर्नका लागि पर्सा प्रहरीलाई अनुमति दिएको छ। पर्सा प्रहरीले सोमवार राति संयोजक प्रसाईंलाई ‘जरुरी पक्राउ पुर्जी’ दिएर नियन्त्रणमा लिएको थियो। पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले संयोजक प्रसाईंले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत विभिन्न किसिमको अभिव्यक्तिहरू दिने क्रममा सार्वजनिक नैतिकता, शिष्टचारविरुद्ध कसैप्रति घृणा वा द्वेष फैलाउने र विभिन्न जातजाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्नेलगायत अभिव्यक्ति दिएकाले नियन्त्रणमा लिएको जानकारी दिए। ...