५ जेष्ठ २०८३, मंगलवार

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध १६ वटा उजुरी, मंगलबार संसदीय सुनुवाइ हुँदै

कोलोराडोखबर संवाददाता , May 19th, 2026

नेपाल । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध १६ वटा उजुरी परेको छ ।

गत वैशाख २६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको थियो ।

यसैबीच प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधीश डाक्ट मनोजकुमार शर्माको संसदीय सुनुवाइ मंगलबार हुँदैछ ।

संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले न्यायालयमा अन्योल बढेकाले शीघ्र सुनुवाइ हुन लागेको बताए ।

समितिले शर्माको कार्यकुशलता, कार्यदक्षता, कार्यसम्पादन, आचरणसँग जोडिएका विषयमा ४ जेठसम्म उजुरी आह्वान गरेको थियो।

संवैधानिक परिषद्ले २४ वैशाखमा शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेको थियो । अब सुनुवाइपछि अनुमादेन भए राष्ट्रपतिले शर्मालाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्