११ भाद्र २०८३, बिहीबार

राजनीति/समाज

नेपाली काँग्रेस विभाजनको संघारमा छः खड्का

नेपाली काँग्रेस विभाजनको संघारमा छः खड्का

नेपाल । नेपाली कांग्रेसका नेता एवं निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको संघारमा रहेको बताएका छन् । विशेष महाधिवेशनको नेतृत्वविरुद्व निर्वाचन आयोग र सर्वोच्च अदालतमा गएका खड्काले सर्वोच्चको फैसलापछि पनि पार्टी बृहत एकताका लागि सबै प्रदेशमा भेलागरि कार्यकर्ताको सुझाव लिएर अगाडि बढ्ने बताए । नेपाली कांग्रेस कर्णाली प्रदेश समितिले आयोजना गरेको विचार गोष्ठी नाम दिएको भेला उद्घाटन गर्दै खड्काले विशेष महाधिवेशनका कारण गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले हार व्यहोरेको बताए । हार व्यहोरे पनि नेतृत्व अझै पार्टी एकताको पक्षमा गम्भीर नभएको खड्काको आरोप छ । पार्टी एकताको पहल नेतृत्वबाट हुनुपर्नेमा नेतृत्व विभाजनतिर अग्रसर भएको उनको भनाइ छ । नेताहरूलाई घेराबन्दीमा पार्ने र बिशेषको नाममा पार्टी कब्जा गर्न उद्दत रहेको उनले बताए । क्रियाशील अध्यावधिकको नाममा सदस्य...
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सोमबार बस्दै

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सोमबार बस्दै

नेपाल । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सोमबारका लागि सरेको छ । शनिबार बस्ने तय भएको एमालेको केन्द्रीय सचिवालय बैठक आगामी सोमबारको लागि सारिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । आइतबार परेको मदन आश्रित दिवसको तयारी गर्नुपर्ने भएकोले बैठक स्थगित गरिएको सचिव अधिकारीले जानकारी दिए । ...
मलमास अर्थात् अधिकमास आइतबारदेखि सुरु, मलमासमा के गर्ने/के नगर्ने ?

मलमास अर्थात् अधिकमास आइतबारदेखि सुरु, मलमासमा के गर्ने/के नगर्ने ?

नेपाल । प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ । आगामी असार १ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ । एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिकमास भनिने भनेर विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वास्तुविद् शिवप्रसाद पोखरेलले बताउनुभयो । चान्द्र महिनामा दुई वटा सङ्क्रान्ति पर्‍यो भने क्षयमास भनिन्छ । ज्योतिषका विद्वान् भास्कराचार्यले आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणिमा मलमास र क्षयमासको स्पष्ट परिभाषा दिनुभएको छ । जसमा भनिएको छ– असङ्क्रान्तिमासोऽधिमासः स्फुटः स्याद् । द्विसङ्क्रान्तिमासः क्ष...
विश्व सम्पदा सूचीमा सूचीकृत गराउन ‘जनकपुरधाम सम्पदा यात्रा’ आयोजना

विश्व सम्पदा सूचीमा सूचीकृत गराउन ‘जनकपुरधाम सम्पदा यात्रा’ आयोजना

नेपाल । जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन ‘जनकपुरधाम सम्पदा यात्रा’ आयोजना गरिएको छ। शनिवार उक्त सम्पदा यात्राको आयोजना गरिएको हो। जानकी मन्दिर प्राङ्गणबाट शुरु भएको सम्पदा यात्रा जनकपुरधामका सम्पदाहरुको परिक्रमा गरी महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक भवनसम्म पुगेर सकिएको थियो। सम्पदा यात्रमा जानकी मन्दिर, पेठिया बजार, रंगभूमि मैदान, रामजानकी विवाह मण्डप, अरगज्जा पोखरी, राम मन्दिर, धनुष सागर, गंगासागर लगायतका सम्पदाहरुको बाजागाजासहित पद यात्रा गरिएको हो। जनकपुरधामको ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण गर्न तथा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सम्पदा यात्रा आयोजना गरिएको आयोजकले जनाएको छ। यात्रामा स्थानियवासी, युवा, विद्यार्थी, संस्कृति संरक्षणकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए।...
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत

नेपाल । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत हुनुभएको छ । कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति गगनकुमार थापाले केन्द्रीय कार्यसमितिका सदस्य श्रेष्ठलाई कोषाध्यक्ष पदमा शुक्रबार मनोनयन गर्नुभएको हो । १४ औँ महाधिवेशनपछि पनि उहाँ कोषाध्यक्षकै जिम्मेवारीमा हुनुहुन्थ्यो । ...
प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ

नेपाल । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्द प्रयोग गर्ने व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले शनिबार सुर्खेत घर भई काठमाडौँको शङ्खमुल बस्ने वर्ष २२ का प्रकाश खड्कालाई पक्राउ गरिएको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जनकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बोलेको भन्दै दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई फोनमार्फत उनले धम्की दिएको अडियो सार्वजनकि भएको थियो। उक्त अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी सुरक्षा तथा अनुसन्धान निकायलाई तत्काल कानुनी कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको थियो। ...
मन्त्रालयको सङ्ख्या १८ वटा कायम भएसँगै कार्यविभाजनसहित मन्त्रीपरिषद् गठन

मन्त्रालयको सङ्ख्या १८ वटा कायम भएसँगै कार्यविभाजनसहित मन्त्रीपरिषद् गठन

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रीको नियुक्ति र कार्यविभाजन गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बिहीबार विज्ञप्ति जारी गर्दै गत चैत १३ गते गठित मन्त्रीपरिषद्मा प्रधानमन्त्रीले कार्यविभाजन गरी मन्त्रीपरिषद् गठन गर्नुभएको हो । सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ वटा कायम गरिएको छ । प्रधानमन्त्री शाहले गृह, रक्षा र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय आफैँ राख्नुभएको छ । रक्षा मन्त्रालय प्रधानमन्त्रीले सुरुदेखि नै आफैँले राख्नुभएको छ भने गृहमन्त्रीबाट सुधन गुरुङले राजीनामा दिएपछि कसैलाई जिम्मेवारी दिनुभएको छैन । अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्रीमा शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा विराजभक्त श्रेष्ठ रहनुभएको छ । पूर्वाधार विकासमन्त्र...
सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङको छानबिन गर्न समिति बनायो

सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङको छानबिन गर्न समिति बनायो

नेपाल । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रीपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार उक्त समितिलाई प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका गुरुङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्यतथ्य अध्ययन तथा छानबिन गरी सरकारसमक्ष रायसुझावसहित १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।...
प्रतिपक्षीहरुको बिरोधका बीच दुबै सदनबाट सरकारको नीति तथा कार्यक्रम पारित

प्रतिपक्षीहरुको बिरोधका बीच दुबै सदनबाट सरकारको नीति तथा कार्यक्रम पारित

नेपाल । प्रतिनिधिसभाको बिहीबारको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सवालबारे प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले सो कार्यक्रम पारित भएको हो । अर्थमन्त्री वाग्लेको जवाफपछि उहाँसँग थप स्पष्टीकरण माग गर्न सभामुख डोलप्रसाद अर्यालडले समय दिँदा कुनै पनि सदस्यले स्पष्टीकरण दिन चाहनु भएन । विपक्षी दलका सांसदहरूले छलफलमाथिको जवाफ दिन प्रधानमन्त्री शाह नै उपस्थित हुनुपर्ने माग गर्दै विरोधमा उभिएकाले कुनै पनि सदस्यले स्पष्टीकरणको समयको उपयोग गर्नुभएन । कतिपय विपक्षीका सदस्य बैठकबाट बाहिरिनुभएको थियो । सभामुख अर्यालले संशोधनकर्ता विपक्षी दलका सांसदलाई आफ्नो प्रस्ताव फिर्ता लिन समय दिँदा पनि विपक्षी दलका सदस्यहरू ...
सरकार बेलगामको घोडा जस्तो भए उसकै लागि घातक हुनेछः सभापति थापा

सरकार बेलगामको घोडा जस्तो भए उसकै लागि घातक हुनेछः सभापति थापा

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार पाँच वर्षसम्म टिक्नुपर्ने बताउँदै संविधान, कानुन र विधिअनुसार सञ्चालन भएमा नेपाली कांग्रेसले सरकारलाई सहयोग गर्ने बताउनु भएको छ । पोखरामा बिहीबार आयोजित कांग्रेसको प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले सरकार विधिसम्मत नचले प्रमुख प्रतिपक्षका रूपमा कांग्रेसले खबरदारी गर्ने स्पष्ट पार्नुभयो । उहाँले वर्तमान सरकारलाई सहयोग गर्न कांग्रेस पछि नहट्ने बताउँदै वालेन्द्र शाह नेतृत्वको सरकार संविधानको मर्मअनुसार चल्नुपर्ने धारणा राख्दै भन्नुभयो, “सरकार बेलगामको घोडा जस्तो भए उसकै लागि घातक हुनेछ ।” उहाँले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा नेपाल–भारत सीमावर्ती क्षेत्रका नागरिकप्रति भएको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । ती समुदायको संरक्षणमा प्रदेश र स्थानीय तह सक्...