७ जेष्ठ २०८३, बिहीबार

हर्क साम्पाङसहित सांसदलाई संसदको मर्यादा पालना कायम राख्न सभामुखको चेतावनी

कोलोराडोखबर संवाददाता , May 21st, 2026

नेपाल । सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका पार्टी अध्यक्ष हर्क साम्पाङसहित उनका पार्टीका सांसदलाई संसदको मर्यादा पालना कायम राख्न चेतावनी छन्।

बुधबारको बैठक शुरु हुनेवित्तिकै उठेर पर्चासहित विरोध जनाएपछि सभामुखले राईलगायत उनका सांसदलाई चेतावनी दिएका हुन्।

सभामुख अर्यालले बस्न अनुरोध गरे पनि साम्पाङसहितका सांसदले पालैपालो पर्चा पढ्दै संसद्को सर्वोच्चता कायम राख्न र सरकार संसद्प्रति उत्तरदायी बन्न आग्रह गरे। त्यसपछि सभामुखले संसद्को मर्यादा कायम राख्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्