नेपाल । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदा बसेकी छन्। प्रधानन्यायाधीशमा मनोजकुमार शर्माको नियुक्तिसँगै मल्ल बिदा बसेकी हुन्।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मल्ल २० दिन बिदामा बसेको जानकारी दिए।
यसअघिका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले अवकाश भएपछि बरिष्ठतम न्यायाधीश मल्लले २०८२ चैत १८ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।
तर, संवैधानिक परिषदले आफूभन्दा जुनिएर शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि उनी असन्तुष्ट थिइन्।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्