११ भाद्र २०८३, बिहीबार

राजनीति/समाज

मंगलबार बिहान प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् एजेण्डा ?

मंगलबार बिहान प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् एजेण्डा ?

नेपाल । प्रतिनिधिसभाको बैठक मङ्गलबार बिहान ११ बजे बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । साथै बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । बैठकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३, तथा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफाबार छलफल तथा पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ ।...
इयुमा आबद्ध देशका गैरआवासीय राजदूतसँग प्रधानमन्त्री बालेनले भेटवार्ता गर्दै

इयुमा आबद्ध देशका गैरआवासीय राजदूतसँग प्रधानमन्त्री बालेनले भेटवार्ता गर्दै

नेपाल । प्रधानमन्त्री वालेन्द्र शाहले मङ्गलबार काठमाडौँस्थित युरोपेली सङ्घ (इयु) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्नुहुने भएको छ । प्रधानमन्त्री शाहले मङ्गलबार बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको हो । प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुने छ । यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गर्नुभएको थियो ।...
रास्वपाको महाधिवेशन कार्यतालिका सार्वजनिक

रास्वपाको महाधिवेशन कार्यतालिका सार्वजनिक

नेपाल । रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक भएको छ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले पार्टीको जेठ ६ गते बुधबार केन्द्रीय निर्वाचन आयोगको निर्णय अनुसार उक्त कार्यतालिका स्वीकृत भएको जानकारी दिनुभयो । उक्त कार्यतालिका अनुसार निर्वाचन समिति गठन, प्रतिनिधि नामावली पेस, अधिवेशन प्रतिवेदन सङ्कलन लगायतका सबै कार्यहरु जेठ ७ गते बिहीबार सुरु भइ निर्धारित समयभित्र सम्पन्न गरिने उहाँको भनाइ छ । उहाँका अनुसार जेठ ७ देखि १५ गतेसम्म ७७ जिल्ला तथा सात प्रदेशमा निर्वाचन समिति गठन, आधिकारिक परिपत्र तथा माइन्युट प्रतिनिधि पठाउने जेठ १० गतेसम्म, स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन सङ्कलन जेठ २० गतेसम्म, जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेस गर्ने समय जेठ ३० गतेसम्म निर्धारण भएको छ । यसैगरी, जेठ २५ गतेसम्म महाधिवेशन प्रतिनिधिको नामावली पे...
एमालेले नयाँ कार्यालय भवन मदननगर बल्खुमै निर्माण गर्ने निर्णय, गठन गर्यो विभिन्न कार्यदल

एमालेले नयाँ कार्यालय भवन मदननगर बल्खुमै निर्माण गर्ने निर्णय, गठन गर्यो विभिन्न कार्यदल

नेपाल । नेकपा (एमाले) को सचिवालय बैठकले निर्वाचनको आङ्कलन र पार्टीको समिक्षात्मक अध्ययनका लागि उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा कार्यदल गठन गरेको छ । एमाले उपमहासचिव लेखराज भट्टका अनुसार थापाको संयोजकत्वमा गठन भएको कार्यदलमा उपाध्यक्षहरु विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिवहरु पद्मा अर्याल, छविलाल विश्वकर्मा र आठ प्रदेशका ईन्चार्जहरु सदस्य रहनुभएको छ । समिक्षाको अवधि एक महिना रहेको उहाँको भनाइ छ । यसैगरी, बैठकले पदाधिकारीको वरियता निर्धारण गरेको छ । उहाँले भन्नुभयो, “अध्यक्ष, दोस्रोमा उपाध्यक्ष राम बहादुर थापा, तेस्रो उपाध्यक्ष विष्णु पौडेल, चौथो पृथ्वीसुब्बा गुरुङ, पाँचौं गोकर्ण विष्ट, छैटौं रघुजी पन्त, सातौं शंकर पोखरेल, आठौं लेखराज भट्ट, नवौं योगश भट्टराई, दशौं रघुवीर महासेठ हुनुहुन्छ ।” यसैगरी सचिवमा ११ औं छविलाल विश्वकर...
हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको घटना छानबिनका लागि टोली गठन

हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको घटना छानबिनका लागि टोली गठन

नेपाल । गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिनका लागि प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा टोली गठन गरेको छ । गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव आनन्द काफ्लेका अनुसार मन्त्रालयमा बसेको सबै सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधिसहित आइतबार बसेको आकस्मिक बैठकले सो छानबिन टोली गठन गरेको हो । उहाँका अनुसार टोलीलाई तुरुन्त कार्यस्थलमा खटिन र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । उहाँले सो घटनाको जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालय पूर्णरुपमा सक्रिय भइ तत्कालै हुम्ला र बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालको विशेष टोली घटनास्थलमा परिचालन गरिएको जानकारी दिनुभयो । सीमा क्षेत्रमा नागरिकको सुरक्षा सुनिश्चित गर्न र शान्ति सुव्यवस्थालाई थप मजबुत बनाउन मन्त्रालयले जिल्ला सुरक्षा समितिलाई निरन्तर उच्च सतर्कता अप्नाउन र भविष्य...
भदौ २३ र २४ गतेको घटनाको सत्य लुकाउने प्रयास लोकतन्त्रका लागि घातक हुन्छः सभापति थापा

भदौ २३ र २४ गतेको घटनाको सत्य लुकाउने प्रयास लोकतन्त्रका लागि घातक हुन्छः सभापति थापा

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्नुभएको छ । शनिबार विराटनगरस्थित ऐतिहासिक कोइराला निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन न्यायिक आयोग गठन गर्नुपर्नेमा समेत जोड दिनुभयो । सरकारले मानव अधिकार आयोगको प्रतिवेदन जानीजानी लुकाएको र आयोगमाथि ठुलो दबाब सिर्जना गरेको आरोप लगाउँदै थापाले भन्नुभयो, “प्रतिवेदनमा के छ, त्यो तत्काल सार्वजनिक हुनुपर्छ । सत्य लुकाउने प्रयास लोकतन्त्रका लागि घातक हुन्छ ।” ...
प्रदेश सरकारले प्रविधिसँगै गुणस्तरीय नैतिक शिक्षालाई जोड दिने नीति लिएको छः मुख्यमन्त्री बानियाँ

प्रदेश सरकारले प्रविधिसँगै गुणस्तरीय नैतिक शिक्षालाई जोड दिने नीति लिएको छः मुख्यमन्त्री बानियाँ

नेपाल । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले प्रविधिसँगै गुणस्तरीय नैतिक शिक्षालाई जोड दिने नीति लिएको बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) जिल्ला कार्य समिति ललितपुरद्वारा शनिबार आयोजित एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले आगामी बजेटमा प्रविधिसँगसँगै नैतिकता, अनुशासन र मर्यादासँग जोडिएको नैतिक शिक्षालाई अगाडि बढाउने तयारी गरिएको जानकारी दिनुभयो । “योग, ध्यान, प्राणायाम, साधना नैतिकताले जस्तोसुकै प्रतिकूल अवस्थामा पनि मनस्थिति अनुकूल बनाएर बाँच्न सक्छ र सिक्छ, हाम्रो परम्पराले दिएको संस्कार र संस्कृतिको अवलम्बनले कठिन समयमा बलियो र सरल मान्छे बन्छ,” उहाँले भन्नुभयो । मुख्यमन्त्री बानियाँले अबको शिक्षण पद्धति प्रविधिमैत्री हुँदै ...
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न म्याद थप नगर्न परमादेश जारी

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न म्याद थप नगर्न परमादेश जारी

नेपाल । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न म्याद थप नगर्न परमादेश जारी गरेको छ। न्यायाधीहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले शुक्रबार प्रसाईंले दायरले गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन खारेज गर्दै सरकारका नाममा उक्त परमादेश गरेको हो। जिल्ला अदालत पर्साले पछिल्लोपटक बिहीवार मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।...
रवि लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता गर्ने आदेश

रवि लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता गर्ने आदेश

नेपाल । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता गर्ने आदेश गरेको छ। न्यायाधीश हिमलाल बेलबासेको शुक्रबारको इजलासले सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर झिक्ने निर्णयलाई सदर गरेको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए। अब लामिछानेमाथि यहाँ सहकारी ठगीसम्बन्धी मुद्दा मात्रै कायम रहेको छ। तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीले स्वीकृति दिएपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत रविको दुईवटा कसुर झिक्ने र सहकारी ठगीसम्बन्धी कसुरलाई यथावत राख्ने भन्दै जिल्ला अदालतमा निवेदन परेको थियो। अदालतको पछिल्लो आदेशसँगै लामिछाने, सूर्यदर्शन सहकारी मुद्दामा जोडिएका जीबी राई (गितेन्द्रबाबु राई), पूर्वडीआईजी छविलाल जोशीलगायत प्रतिवादीहरूविरुद्ध अब सहकारी ठगीसम्बन्धी मुद्दामात्रै चल्ने छ । ...
अदालतमा बाह्य हस्तक्षेप हुन नदिन प्रधानन्यायाधीशलाई बारको आग्रह

अदालतमा बाह्य हस्तक्षेप हुन नदिन प्रधानन्यायाधीशलाई बारको आग्रह

नेपाल । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । बारका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रसहित टोलीले शुक्रबार प्रधान न्यायाधीश डा शर्मासमक्ष अदालतमा बाह्य हस्तक्षेप हुन नदिन आग्रह गरेको हो । भेटमा बारका अध्यक्ष तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले अदालत सुधारका लागि बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको छ । बारले दर्ता हुन आएका निवेदनहरू सोही दिन वा भोलिपल्टसम्ममा दर्ता वा दरपिठ अनिवार्य गर्नुपर्ने व्यवस्था मिलाउन बारले माग गरेको छ । ध्यानाकर्षण पत्रमा दरपिठ भएको निवेदन उपर सात दिनभित्रमा सुनुवाइको व्यवस्था गर्न आग्रह गरिएको छ ।...