नेपाल । रास्वपाको केन्द्रीय सदस्य पदका लागि डा. स्वर्णिम वाग्लेले सबैभन्दा बढी मत ल्याएका छन् ।
चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनको निर्वाचनमा वाग्ले सर्वाधिक लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । त्यस्तै कानुनमन्त्री समेत रहेकी सोबिता गौतमले दोस्रो धेरै मत पाएकी छन् ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार, डा. स्वर्णिम वाग्लेले खुलातर्फ २,६०७ मत प्राप्त गरेका थिए भने प्रवास (डायस्पोरा) का प्रतिनिधिहरूबाट थप ४९ मत प्राप्त गरे।
प्रवासतर्फको शतप्रतिशत मत पाउन सफल भएपछि वाग्लेको कुल मत संख्या २,६५६ पुगेको छ ।
यसअघि नै सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा बालेन्द्र शाह निर्विरोध चयन भइसकेका छन् ।
रास्वपाका ९९ केन्द्रीय सदस्य को को भए ?


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्