२८ बैशाख २०८१, शुक्रबार

ताजा समाचार

अनेसासको केन्द्रीय समिति चयन गर्न निर्वाचन समिति गठन

अनेसासको केन्द्रीय समिति चयन गर्न निर्वाचन समिति गठन

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को सन् २०२४-२०२६ को लागि नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न निर्वाचन समिति गठन भएको छ । गत अनेसासका अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा बसेको बैठकले पत्रकार तथा साहित्यकार गुणराज लुइटेलको संयोजकत्वमा डा. चूडामणि खनाल र डा. कविता घिमिरे सदस्य रहेको निर्वाचन समिति गठन गरेको हो । विश्वमा पाँचवटा महादेशमा फैलिएको अनेसासका २४ सय आजीवन सदस्य रहेका छन् । भानुजयन्तीको सन्दर्भ पारेर नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिने कार्ययोजनासहित निर्वाचन गरिने अध्यक्ष गोवर्द्धन पूजाले बताए । निर्वाचनले अध्यक्ष र वरिष्ठ उपाध्यक्ष, प्रत्येक महादेशबाट १–१ जना उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ५ जना सदस्य निर्वाचित गर्नेछ । दुई जना सदस्य केन्द्रीय समितिले मनोनयन गर्नेछ ।...
राजस्थान रोयल्स दिल्ली क्यापिटल्ससँग २० रनले पराजीत

राजस्थान रोयल्स दिल्ली क्यापिटल्ससँग २० रनले पराजीत

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबारको खेलमा राजस्थान रोयल्स दिल्ली क्यापिटल्ससँग २० रनले पराजीत भएको छ । दिल्लीले दिएको २२२ रनको लक्ष्य पछ्याएको राजस्थानले ८ विकेट गुमाएर २०१ रनमात्रै बनाउन सक्यो । यसअघि घरेलु मैदानमा पहिले ब्याटिङ गरेको दिल्लीले ८ विकेटको क्षतिमा २२१ रन बनाएको थियो ।...
बुधबार वैशाख कृष्ण औँसी, अर्थात् आमाको मुख हेर्ने दिन

बुधबार वैशाख कृष्ण औँसी, अर्थात् आमाको मुख हेर्ने दिन

नेपाल । बुधबार वैशाख कृष्ण औँसी, अर्थात् आमाको मुख हेर्ने दिन । नेपाली संस्कृतिमा यो दिन मातातीर्थ औँसीका नामले परिचित छ । दुःखकष्ट खेपेर ९ महिनासम्म कोखमा राख्ने, जन्मिसकेपछि अमृततुल्य दूध र वात्सल्य दिएर हुर्काउने आमाको सम्मानमा यो पर्व मनाइन्छ। छोराछोरीले आज बिहानै उठी स्नान गरी आमालाई मनपर्ने खानेकुरा खुवाउने, लुगाफाटोलगायत उपहार दिने र उनीसँग आशीर्वाद थाप्ने परम्परा छ। आमा नभएकाले भने तर्पण वा श्राद्ध गरेर उनको सम्झना गर्छन्। ...
कोलोराडोमा आयोजित अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रमको आर्थिक रिपोर्ट सार्वजनिक

कोलोराडोमा आयोजित अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रमको आर्थिक रिपोर्ट सार्वजनिक

मीन बोलखे (अमेरिका, कोलोराडो) । एनआरएनए एनसीसी अमेरिका र कोलोराडो च्याप्टरको आयोजनामा गत मार्च ९ तारिखका दिन आयोजित अन्तर्राष्ट्रिय महिला दिवसको आर्थिक रिपोर्ट सार्वजनिक गरिएको छ । उक्त कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन साथ, सहयोग र सहगागिता जनाउनु हुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै आर्थिक पारदर्शिताका लागि कार्यक्रमका सबै वित्तीय रिपोर्टहरु सार्वजनिक गरिएको एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेलले बताउनु भयो । उक्त कार्यक्रमका लागि १८ हजार २ सय १० डलर सहयोग संकलन भएको थियो । कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन विविध शीर्षकमा १२ हजार ७ सय ९२ डलर खर्च भएको छ । इभेन्ट डेकोरेशन, इभेन्ट इन्स्योरेन्स, इभेन्ट फोटोग्राफी, इभेन्ट सेक्युरिटी, इभेन्ट टेक्नोलोजी मिडिया साउन्ड, फुड पेमेन्ट(दरबार), सर्टिफिकेट प्रिन्टिङजस्ता शीर्षकमा खर्च भएको हो । संकलित सहयोग मध्ये खर्च भएर ५ हज...
सहकारी ठगी प्रकरणमा रवि लामिछानेको माथि छानबिन हुनुपर्ने कांग्रेसको अडान यथावत

सहकारी ठगी प्रकरणमा रवि लामिछानेको माथि छानबिन हुनुपर्ने कांग्रेसको अडान यथावत

नेपाल । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि छानबिन हुनुपर्नेमा कांग्रेसको अडान यथावत रहेको बताएका छन् । सहकारी ठगीका घटनाहरुको छानबिनका लागि संसदीय समिति गठनका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट सकारात्मक धारणा आएको बताउँदै उनले त्यसका लागि कांग्रेस पनि सकरात्मक रहेको बताए । सरकार सञ्चालनका लागि नभए पनि मुलुकलाई अस्थिरतातर्फ जान नदिन, संविधानको रक्षा गर्न र लोकतन्त्रको सुदृढीकरणका लागि पनि ठूला दलहरुबीच सहकार्य र छलफल आवश्यक हुने प्रमुख सचेतक लेखकको भनाइ छ ।...
एमालेमा फर्कने बामदेव गौतमको इच्छा  !

एमालेमा फर्कने बामदेव गौतमको इच्छा  !

नेपाल । नेकपा राष्ट्रिय एकता अभियानमा संयोजक वामदेव गौतमले आफू एमालेमा फर्कन तयार रहेको इच्छा व्यक्त गरेका छन् । सोमवार राजनीतिज्ञ सिद्धीनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचनका लागि अध्यक्ष केपी ओलीसँगै एमाले मुख्यालय च्यासल पुगेका उनले आफूलाई नमर्दासम्म काम गर्ने अवसर दिन आग्रह गरे । गौतमले आफूलाई छिटोभन्दा छिटो एमालेमा प्रवेश गराउनका लागि अध्यक्ष ओलीलाई दबाब दिन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गरे।...
अशोक राईको नेतृत्वमा नयाँ दल जनता समाजवादी पार्टी दर्ता

अशोक राईको नेतृत्वमा नयाँ दल जनता समाजवादी पार्टी दर्ता

नेपाल । उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी नेपाल औपचारिक रुपमा फुटेको छ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको हो । अशोक राईसहित ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिनुभएको थियो । आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर राई नेतृत्वमा जनता समाजवादी पार्टीलाई दर्ता गरेको हो । आयोगले दल दर्ता सम्बन्धी अध्यादेश खारेज भएको भएपनि अध्यादेशबाट बनेको राजनीतिक दल दर्ता सम्बन्धी नियमावलीमा टेकेर दल दर्ता गरेको बुझिएको छ । नियमावली अनुसार संघीय संसदमा रहेका दलका सांसदको २० प्रतिशत र केन्द्रीय समितिको २० प्रतिशतले हस्ताक्षर गरेर दल विभाजन तथा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएमा दल दर्ता गर्न सकिने व्यवस्था रहेको छ ।...
पार्टी फुटको हल्ला निराधारः नेकपा एस

पार्टी फुटको हल्ला निराधारः नेकपा एस

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले वैशाख २८ गतेबाट सुरु हुने वर्षे अधिवेशनमा पार्टीका सांसदहरूले प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । सोमबार बसेको सो पार्टीको संसदीय दलको बैठकले बजेट अधिवेशनमा पार्टीको भूमिका संसद्‌मा प्रभावकारी बनाउने निर्णय गरेको हो । अधिवेशनमा संसदीय भूमिका प्रभावकारी बनाउने र सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटका बारेमा सरकारलाई रचनात्मक सुझाव दिने निर्णय गरेको पनि बैठकले गरेको छ । एकीकृत समाजवादीले जसपा विभाजनपछि पार्टी फुटको हल्ला निराधार रहेको र सबै सांसदहरू कतै नगएको भन्दै पार्टी एक ढिक्का भएको ठहर गरेको छ ।...
बजेट अधिवेशनमा खेल्नुपर्ने भूमिकाबारे छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै

बजेट अधिवेशनमा खेल्नुपर्ने भूमिकाबारे छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै

नेपाल । नेपाली कांग्रेसले उठाइरहेको माग तथा संसद्को बजेट अधिवेशनमा खेल्नुपर्ने भूमिका लगायत विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक मंगलबार बस्दैछ । बैठक यही वैशाख २८ गते शुरु हुने संसद्को बजेट अधिवेशनमा केन्द्रित रहने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछाने सहकारी अनियमिततामा संलग्न रहेको आरोप लगाउँदै कांग्रेसले छानबिन गर्न संसदीय समितिको माग गर्दै आएको छ।...
मुम्बई इण्डियन्सद्वारा सनराइजर्स हैदराबाद ७ विकेटले

मुम्बई इण्डियन्सद्वारा सनराइजर्स हैदराबाद ७ विकेटले

नेपाल । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबारको खेलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको छ। हैदरावादले दिएको १७४ रनको लक्ष्य मुम्बईले १७ दबमलब २ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको हो । मुम्बईको जीतमा सूर्यकुमार यादवले शतकीय पारी खेल्दै १०२ रनको अविजित इनिङ खेले । टस हारेर पहिले ब्याटिङमा तानिएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको थियो । प्रतियोगितामा मंगलबार दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्ने छन् ।...