२८ श्रावण २०८३, बिहीबार

ताजा समाचार

एनआरएनए अमेरिका एकीककरण पछिको पहिलो संयुक्त एनसीसी बैठक सम्पन्न

एनआरएनए अमेरिका एकीककरण पछिको पहिलो संयुक्त एनसीसी बैठक सम्पन्न

अमेरिका । एनआरएनए अमेरिका एकीककरण पछिको पहिलो संयुक्त एनसीसी बैठक सम्पन्न भएको छ । अध्यक्षद्वय विकास उप्रेती र सत्येन्द्र शाहले अध्यक्षता गर्नु भएको उक्त बैठक २ घण्टासम्म चलेको थियो । बैठकको सञ्चालन महासचिवद्वय आरसी पन्त र मोहन न्यौपानेले गर्नु भएको थियो । प्रेस विज्ञप्तिः  
१७औँ एनआरएनए युरोप क्षेत्रीय सम्मेलन-संकल्प २०२६ (डब्लिन घोषणापत्र)

१७औँ एनआरएनए युरोप क्षेत्रीय सम्मेलन-संकल्प २०२६ (डब्लिन घोषणापत्र)

डब्लिन घोषणापत्र–२०२६ १७औँ एनआरएनए युरोप क्षेत्रीय सम्मेलन –संकल्प १०–११ अगस्ट २०२६ “पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता” United by Identity, Driven by Investment, Committed to Prosperity गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन १०–११ अगस्ट २०२६ मा आयरल्याण्डको राजधानी डब्लिनमा “पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता” भन्ने मूल नाराका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता तथा प्रतिनिधिसभा सदस्य माननीय गणेश पराजुलीको प्रमुख आतिथ्यमा सफलतापूर्वक सम्पन्न भयो। नेपाल सरकारका तर्फबाट माननीय परराष्ट्रमन्त्री शिशिर खनाल र एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो तथा भर्चुअल माध्यमबाट सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो। सम्मेलनमा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडी, परराष्ट्र मन्त्रालयअन्त...
एसियाडका लागि नेपाली क्रिकेट टोलीको घोषणा

एसियाडका लागि नेपाली क्रिकेट टोलीको घोषणा

नेपाल । जापानको आइची–नागोयामा असोज ३ गतेदेखि सुरु हुने २०औँ एसियाली खेलकुद (एसियाड) का लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) १५ सदस्यीय एसियाड क्रिकेट टोलीको घोषणा गरेको हो । टोलीमा दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल हुनुहुन्छ । एसियाडमा नेपालको पुरुष क्रिकेट टोलीले समूह ‘ए’ बाट प्रतिस्पर्धा गर्नेछ । यस समूहमा नेपालसहित आयोजक जापान र अफगानिस्तान रहेको छ । यस्तै समूह ‘बी’ मा हङकङ, मलेसिया र ओमान छन्। भारत, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान सोझै क्वार्टरफाइनलमा स्थान पाएका छन् । समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् । क्वार्टरफाइनलमा पुगेमा नेपालले भारत र पाकिस्तान जस्तो बलियो टोलीसँग खेल्...
सिरियाका पूर्वराष्ट्रपति असदलाई मृत्युदण्डको फैसला

सिरियाका पूर्वराष्ट्रपति असदलाई मृत्युदण्डको फैसला

अमेरिका । अदालतले पूर्वराष्ट्रपति बशर अल-असदलाई मृत्युदण्डको सजाय सुनाएको छ। दालतले मङ्गलवार असदको अनुपस्थितिमा सुनुवाइ गर्दै करिब १४ वर्ष लामो गृहयुद्धका क्रममा भएका अत्याचारमा दोषी ठहर गरेको हो। डिसेम्बर २०२४ मा उनी सत्ताच्युत भएपछि गठन भएको अन्तरिम सरकारअन्तर्गत असद शासनकालमा भएका अपराधका लागि सुनाइएको यो पहिलो ठूलो फैसला हो। अन्तरिम नेतृत्वले ती अपराधमा न्याय र जवाफदेहिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै आएको छ। इस्लामवादी नेतृत्वको विद्रोही समूहले तीव्र आक्रमण गर्दै दमास्कसतर्फ अघि बढेपछि असद सिरियाबाट भागेर रुस पुगेका थिए। दमास्कसस्थित अदालतका न्यायाधीश फखर अल–दिन अल–आर्यनको इजलासले असदलाई विभिन्न अपराधमा दोषी ठहर गरेको हो। ती अपराधमा पूर्वनियोजित हत्या, एकभन्दा बढी व्यक्तिको जानाजान हत्या, १५ वर्षमुनिका बालबालिकाको हत्या, यातना, यातनाका कारण मृत्यु तथा गैरकानुनी रूपमा पटक–पट...
कोलम्बिया भूकम्पमा मृत्यु हुनेको संख्या २५० नाघ्यो

कोलम्बिया भूकम्पमा मृत्यु हुनेको संख्या २५० नाघ्यो

अमेरिका । पश्चिम कोलम्बियाको चिया (कफी) उत्पादनका लागि प्रसिद्ध क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा २५४ जनाको मृत्यु भएको छ। भग्नावशेषमा थप मानिसहरू पुरिएको आशङ्कामा उद्धारकर्मीहरूले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्। सोमबार बिहान गएको ७.४ म्याग्निच्युडको यो भूकम्पलाई कोलम्बियामा यस शताब्दीकै सबैभन्दा विनाशकारी मानिएको छ। भूकम्पका कारण आवासीय भवन, विद्यालय, स्वास्थ्य संस्था तथा सडकहरूमा ठूलो क्षति पुगेको छ। २५४ जनाको मृत्यु भएको पुष्टि भएको छ। जसमध्ये पेरेरामा १०१ र देशको तेस्रो ठूलो सहर कालीमा ९५ जनाको ज्यान गएको छ। प्रशान्त महासागरीय क्षेत्र नजिकै रहेको आदिवासी बहुल 'चोको' (Chocó) क्षेत्रमा विद्युत र टेलिफोन सेवा पूर्ण रूपमा ठप्प भएकाले उद्धार कार्यमा बाधा पुगेको छ। क्षति पुगेका कारण पेरेरा, जनस्वास्थ्य नियन्त्रण क्षेत्र, मनिजालेस लगायत ६ वटा विम...
अमेरिकीद्वारा १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द

अमेरिकीद्वारा १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द

अमेरिका । अमेरिकी विदेश मन्त्रालयले सन् २०२५ जनवरीमा राष्ट्रपति डोनल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता १ लाख ७५ हजारभन्दा बढी प्रवेशाज्ञा (भिसा) रद्द गरिएको जानकारी दिएको छ। मन्त्रालयले सोमवार एक विज्ञप्ति जारी गर्दै विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको पाइएपछि ती भिसाहरू रद्ध गरिएको स्पष्ट पारेको हो। मन्त्रालयकाअनुसार कुटपिट, मादक पदार्थ सेवन गरी सवारी चलाएको (डीयूआई), चोरी र लागुऔषध सम्बन्धी अपराधहरू भिसा रद्ध हुनुका मुख्य कारण रहेका छन्। यसका साथै लापरवाहीपूर्ण ढङ्गले सवारी चलाएको, यौनजन्य हिंसा, बाल दुव्र्यवहार, जालसाजी र आर्थिक हिनामिना जस्ता गम्भीर अपराधमा संलग्न व्यक्तिहरूको भिसा पनि ठूलो संख्यामा रद्ध गरिएको विज्ञप्तिमा उल्लेख छ। विदेश मन्त्रालयले भिसालाई अधिकार नभई एक ‘विशेषाधिकार’ को रूपमा व्याख्या गर्दै भनेको छ, ‘अमेरिकी भिसा प्राप्त गर्नु एउटा विशेषाधिकार हो, अधिकार होइन...
‘मोडल हन्ट नेपाल २०२६’ को उपाधि परन्तप भण्डारी र लिजा श्रेष्ठलाई

‘मोडल हन्ट नेपाल २०२६’ को उपाधि परन्तप भण्डारी र लिजा श्रेष्ठलाई

नेपाल । ‘मोडल हन्ट नेपाल २०२६’ को उपाधि परन्तप भण्डारी र लिजा श्रेष्ठले जित्नुभएको छ । भण्डारी पुरुष र श्रेष्ठ महिलातर्फका विजेता घोषित हुनुभएको हो । दुवै विजेताले पाँच लाख रुपियाँ बराबरको पुरस्कारबाहेक आगामी डिसेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एन्ड मिस्टर सेलिब्रेटी इन्टरनेसनल’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् । विजेता भण्डारीले बेस्ट वाक, बेस्ट फिजिक्स र बेस्ट फिगरसहित तीन र श्रेष्ठले कमर्सियल मोडेलको उपाधिसमेत हात पार्नुभएको थियो । सो कार्यक्रममा पुरुषतर्फ प्रथम रनरअप अनुस्कृत न्यौपाने, सेकेन्ड रनरअप सुशान्त प्रजापति चुनिनुभयो । महिलातर्फ फस्ट रनरअप प्रियङ्का ओली र सेकेन्ड रनरअप खुसी बोहरा घोषित हुनुभयो । २६ महिला र १६ पुरुष गरी ४२ प्रतियोगी रहेको फाइनलमा मस्ट पपुलर मनिष ओली र काया थापा, मस्ट स्टाइलिस सुशील थापा मगर र काया थापा, बेस्ट पर्सनालिटी अनुष सक्सेना र...
साहित्यकार भवानी अधिकारी र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बा पुरस्कृत

साहित्यकार भवानी अधिकारी र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बा पुरस्कृत

नेपाल । साहित्यकार एवं सञ्चारकर्मी यज्ञनिधि दाहालको स्मृतिमा स्थापित ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ साहित्यकार भवानी अधिकारी (मणिपुर, भारत) र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बालाई प्रदान गरिएको छ। दाहालको आठौँ स्मृति दिवसका अवसरमा ‘दाहाल यज्ञनिधि सुधा सदन’ले आयोजना गरेको समारोहमा १ लाख ५० हजार रुपैयाँ राशिको उक्त पुरस्कार अधिकारी र सुब्बालाई संयुक्त रूपमा प्रदान गरिएको हो। पुरस्कार साहित्यकार एवं संविधान सभा सदस्य शान्ता मानवी, पूर्वमन्त्री गिरिराजमणि पोखरेल र सदनकी अध्यक्ष सुधा दाहालले हस्तान्तरण गर्नुभयो। दाहालका नाममा स्थापित ‘दाहाल यज्ञनिधि सुधा सदन’मा ५१ लाख रुपैयाँको अक्षयकोष छ। सोही कोषको ब्याजबाट हरेक वर्ष विशिष्ट व्यक्तित्वलाई पुरस्कार तथा बालप्रतिभा सम्मान प्रदान गरिन्छ। यस वर्षको ‘दाहाल यज्ञनिधि बालप्रतिभा पुरस्कार’ भानु माध्यमिक विद्यालय (दरबार हाइस्कुल) को कक्षा ८ उत्तीर्ण ...
पाकिस्तानको ‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव काठमाडौँ ल्याइँदै

पाकिस्तानको ‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव काठमाडौँ ल्याइँदै

नेपाल । पाकिस्तानको ‘ब्रोड पिक’मा यही साउन १४ गते हिमपहिरोमा परी निधन भएका तीन नेपाली नागरिकको शव मंगलबार काठमाडौँ ल्याइँदै छ। निधन भएकामध्ये किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत अपराह्न ४ः४५ बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उक्त दुर्घटनामा निधन भएका पुरबहादुर गुरुङ ‘युक्त’ को शव यही साउन २१ गते नेपाल ल्याइसकिएको छ। दुर्घटनास्थलबाट एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोही गरी तीन जनाको शव फिर्ता ल्याउन बाँकी रहेको बताइएको छ। निर्मल पुर्जाको शव भने बेलायत लगिएको छ। उक्त हिमपहिरोमा परेर ६ जना नेपाली आरोहीसहित १० जनाको ज्यान गएको थियो।...
कोलम्बियामा शक्तिशाली भूकम्पः १११ जनाको मृत्यु, ८७ भन्दा बढी घाइते

कोलम्बियामा शक्तिशाली भूकम्पः १११ जनाको मृत्यु, ८७ भन्दा बढी घाइते

नेपाल । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको ७ दशमलव ४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा १११ जनाको मृत्यु भएको छ। ८७ भन्दा बढी घाइते भएका छन्। कोलम्बियाका काली लगायत प्रमुख सहरहरूमा बहुतले भवनहरू भत्किँदा कैयौँ मानिस भग्नावशेषमा पुरिएको आशंका गरिएको छ। घटनालगत्तै नवनिर्वाचित राष्ट्रपति अबेलार्डो डि ला एस्प्रियालाले देशमा राष्ट्रिय संकटकाल घोषणा गर्दै उद्धार तथा राहत कार्यको नेतृत्व आफैँ सम्हाल्ने बताएका छन्। भूकम्पको केन्द्रविन्दु कोलम्बियाको प्रशान्त महासागरीय तटीय क्षेत्रमा रहेको चोको प्रान्तको पूर्वोत्तर सीमाना, तातामा राष्ट्रिय निकुञ्जनजिकै, जमिनको सतहबाट करिब १०७ किलोमिटर गहिराइमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पको शक्तिशाली धक्का छिमेकी मुलुक पानामा, इक्वेडर र भेनेजुएलासम्म महसुस गरिएको थियो। भूकम्पका कारण एक हजार ५७५ भन्दा बढी घरमा क्षति पुगेको छ । तीमध्...