७ जेष्ठ २०८१, सोमबार

कांग्रेस संसदीय दलको बैठक बस्दै, सत्ताधारी दलहरुप्रति कांग्रेस रुष्ट

कोलोराडोखबर संवाददाता , May 9th, 2024

नेपाल । नेपाली कांग्रेसको संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ । शुक्रबारदेखि शुरु हुने बजेट अधिवेशनबारे छलफल गर्न बिहीबार दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको हो ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने छ । यसअघि कांग्रेसको वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ ।

सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बारेमा अनुसन्धान गर्न संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको कांग्रेसप्रति सत्ताधारी दलहरु सकारात्मक नदेखिएपछि कांग्रेस रुष्ट भएको छ ।

सरकारले विपक्ष दलको माग सम्बोधन गर्नुको सट्टा पेलेर जाने योजना बनाएपछि कांग्रेस पनि थप कठोर बन्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्