७ जेष्ठ २०८१, सोमबार

सनराइजर्स हैदरावादद्वारा लखनउ सुपर जायन्ट्स पराजीत

कोलोराडोखबर संवाददाता , May 9th, 2024

नेपाल । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको जित निकालेको छ।

बुधबार राति भएको खेलमा हैदरावादले १० ओभरमा एक विकेट नगुमाई १६६ रनको लक्ष्य पछ्याउँदै दुई अंक जोड्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।

आईपीएलमा बिहीबार पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने ८ बजे एचपिसए स्टेडियममा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्