७ जेष्ठ २०८१, सोमबार

सहकारी ठगी प्रकरणमा रवि लामिछानेको माथि छानबिन हुनुपर्ने कांग्रेसको अडान यथावत

कोलोराडोखबर संवाददाता , May 7th, 2024

नेपाल । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि छानबिन हुनुपर्नेमा कांग्रेसको अडान यथावत रहेको बताएका छन् ।

सहकारी ठगीका घटनाहरुको छानबिनका लागि संसदीय समिति गठनका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट सकारात्मक धारणा आएको बताउँदै उनले त्यसका लागि कांग्रेस पनि सकरात्मक रहेको बताए ।

सरकार सञ्चालनका लागि नभए पनि मुलुकलाई अस्थिरतातर्फ जान नदिन, संविधानको रक्षा गर्न र लोकतन्त्रको सुदृढीकरणका लागि पनि ठूला दलहरुबीच सहकार्य र छलफल आवश्यक हुने प्रमुख सचेतक लेखकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्