७ जेष्ठ २०८१, सोमबार

कोलोराडोमा आयोजित अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रमको आर्थिक रिपोर्ट सार्वजनिक

कोलोराडोखबर संवाददाता , May 8th, 2024

मीन बोलखे (अमेरिका, कोलोराडो) । एनआरएनए एनसीसी अमेरिका र कोलोराडो च्याप्टरको आयोजनामा गत मार्च ९ तारिखका दिन आयोजित अन्तर्राष्ट्रिय महिला दिवसको आर्थिक रिपोर्ट सार्वजनिक गरिएको छ ।

उक्त कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन साथ, सहयोग र सहगागिता जनाउनु हुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै आर्थिक पारदर्शिताका लागि कार्यक्रमका सबै वित्तीय रिपोर्टहरु सार्वजनिक गरिएको एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेलले बताउनु भयो ।

उक्त कार्यक्रमका लागि १८ हजार २ सय १० डलर सहयोग संकलन भएको थियो । कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन विविध शीर्षकमा १२ हजार ७ सय ९२ डलर खर्च भएको छ ।

इभेन्ट डेकोरेशन, इभेन्ट इन्स्योरेन्स, इभेन्ट फोटोग्राफी, इभेन्ट सेक्युरिटी, इभेन्ट टेक्नोलोजी मिडिया साउन्ड, फुड पेमेन्ट(दरबार), सर्टिफिकेट प्रिन्टिङजस्ता शीर्षकमा खर्च भएको हो ।

संकलित सहयोग मध्ये खर्च भएर ५ हजार ४ सय १८ डलर बाँकी रहेको छ । जसमध्ये १ हजार ८ सय डलर संकलन हुन बाँकी छ । यसरी हेर्दा उक्त कार्यक्रम सम्पन्न पछि संकलित सहयोगबाट ३ हजार ६ सय १८ डलर बचत भएको छ ।

एनआरएनए एनसीसीबाट पनि कार्यक्रमका लागि भनेर केही सहयोग रकम आउने आश्वासन प्राप्त भएको छ । कार्यक्रम गरी बाँकी रहेको कूल रकम केही समयपछि एक समारोहका बीच कोलोराडो स्थित नेपाली सांस्कृतिक केन्द्र (नेपाली घर) लाई हस्तान्तरण गर्ने एनआरएनए कोलोराडोका अध्यक्ष प्रकाश पौडेलले बताउनु भयो ।

कार्यक्रमको सम्बन्धी यसअघिका समाचारहरु तलको लिंक क्लिक गरेर पढ्न सकिने छ ।

४० तस्बिरमा हेरौं कोलोराडोमा सम्पन्न अन्तराष्ट्रिय नारी दिवस कार्यक्रमका झलकहरु (फोटो फिचर)

अमेरिकाको कोलोराडोमा भव्यताका साथ मनाइयो अन्तराष्ट्रिय नारी दिवस

अमेरिकाको कोलोराडोमा शनिबार हुने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रमको तयारी पूरा

अन्तर्राष्ट्रिय नारी दिवस मनाउन पाहुनाहरु कोलोराडो आउनेक्रम शुरु, शुक्रबार एनआरएनए नाइट

एनआरएनए अमेरिकाको आयोजनामा नारी दिवस मनाईँदै, तयारीमा जुट्यो कोलोराडो च्याप्टर

कोलोराडोमा हुने अन्तराष्ट्रिय नारी दिवस कार्यक्रमलाई भव्य बनाउने संघसंस्थाको प्रतिबद्धता

अन्तराष्ट्रिय नारी दिवसमा कोलोराडो आउने पाहुनाहरुलाई छुटसहितको होटल व्यवस्थापन

कोलोराडोमा हुने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रमको तयारीका लागि विभिन्न समितिहरु गठन

कोलोराडोमा नारी दिवस कार्यक्रमः स्थानीयस्तरमा निमा शेर्पाको नेतृत्वमा भव्य तयारी हुँदै

अन्तर्राष्ट्रिय नारी दिवसमा सहभागी पाहुनाहरुको स्वागतमा कोलोराडोमा ‘एनआरएनए नाईट’ हुँदै

कोलोराडोमा आगामी शनिबार हुने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रमको तयारी अन्तिम चरणमा

कोलोराडोमा हुने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा नायिका रेखा थापा पनि सहभागी हुने

 

प्रतिक्रिया दिनुहोस्