७ जेष्ठ २०८१, सोमबार

मैले पार्टी फुटाउन लागेको हल्ला निराधारः झलनाथ

कोलोराडोखबर संवाददाता , May 9th, 2024

नेपाल । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफूले पार्टी फुटाउन लागेको हल्ला निराधार भएको बताएका छन् ।

बुधबार विज्ञप्ति प्रकाशित गरी नेकपा एस पनि विभाजित हुँदैछ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला निराधार रहेको उल्लेख गरेका हुन् ।

पार्टी विरोधी छुद्रतापूर्ण प्रचारबाट होसियार बन्न र पार्टीको नीतिनिष्ठ एकतालाई खदिलो बनाउन आग्रह विज्ञप्ति मार्फत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्